केन्द्रीय संस्करण
कोरोनाभाइरस

विश्वलाई आतङ्कित बनाइरहेकाे कोरोनाभाइरसले संक्रमण कसरी गर्छ ?

कसलाई सबैभन्दा बढी खतरा : के काेभिड–१९ बाट संक्रमित सबै मर्छन् ?

person explore access_timeचैत २१, २०७६ chat_bubble_outline0

अहिले पूरै विश्व कोरोनाको संत्रासमा छ । किनकि, विश्वमा भएका सबै २ सय ३ वटा मुलुक तथा शासित क्षेत्रहरुमा कोरोना भाइरस फैलिसकेको छ । यसको अर्थ पूरै पृथ्वी अहिले कोरोनाको आक्रमण वा  शासनमा छ । यो लेख प्रकाशित हुँदासम्म (चैत्र २१ बिहान १०:१० बजे) विश्वभर १० लाख १५ हजार ८ सय ८७ मानिसहरु कोरोनाबाट संक्रमित भइसके भने ५३ हजार २ सय १७ जनाले ज्यान गुमाइसके । संक्रमितमध्ये २ लाख १२ हजार ९ सय ९२ मानिसहरु भने निको भई अस्पतालबाट घर फर्किसकेको अवस्था छ । (स्रोत:वर्ल्डोमिटर्स)

सुरुमै कोरोनाको आक्रमणमा परेको चीनबाट अहिले नयाँ संक्रमित र मृत्यु हुनेहरुको समाचार आउन छोडेको छ । चीनले आफूकहाँ अब कोरोनाको आक्रमण नियन्त्रित भएको घोषणा गर्दै कोरोनाबाट पहिलो र सबभन्दा बढी आक्रमणमा परेको शहर ऊहानमा गरिएको लकडाउन दुई महिनापछाडि खुकुलो पार्दै लगेको छ । तर, चीनपछि कोरोनाको दोश्रो केन्द्र बनेको यूरोपका इटाली, स्पेन, बेलायत, फ्रान्सलगायत अन्य मुलुकहरुमा भयावह स्थिति अझै कायमै छ । चीन र युरोपमा कोरोनाको आक्रमण तीव्र भइरहेको समयमा अलिअलि मात्र संक्रमित तथा मर्नेहरु देखिरहेको संयुक्त राज्य अमेरिकामा अहिले भने विश्वकै सबभन्दा भयानक, दर्दनाक र तीव्र संक्रमण फैलिरहेको छ । यो लेख प्रकाशित हुँदासम्म (चैत्र २१ बिहान १०:१० बजे) २ लाख ४५ हजार १ सय ९३ जना संक्रमित भएका छन् भने ६ हजार  ८८ जनाको मृत्यु भइसकेको छ । जबकि, पहिलो कोरोना केन्द्र बनेको चीनमा नै पूर्ण संक्रमितको सङ्ख्या ८१ हजार ६ सय २० रहेको छ भने मृत्यु हुनेहरु ३ हजार ३ सय २२ मात्र छन् । त्यसै गरी इटालीमा संक्रमितहरु १ लाख १५ हजार २ सय ४२ र मृत्यु हुनेहरु १३ हजार ९ सय १५ पुगेको छ । स्पेनमा यो सङ्ख्या १ लाख १२ हजार  ६५ र १० हजार ३ सय ४८ रहेको छ । त्यसकारण पछिल्लो समयमा कोरोना आक्रमणको केन्द्र अमेरिका हुन आएको प्रष्ट छ ।

अहिले अमेरिका भयावह स्थितिमा छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा मर्नेहरु २ लाखसम्म पुग्न सक्ने घोषणा गर्दै आउँदो दुई हप्ता अमेरिकाको लागि निकै नै कष्टप्रद समय हुने बताएका छन् । (स्रोत : बिबिसि)


नेपालमा चीन, यूरोपका देशहरु र अमेरिकामा जस्तो भयावह स्थिति आइसकेको छैन । यहाँ चैत्र १९ सम्म जम्मा ५ जना संक्रमित भएको आँकडा आइरहेकोमा चैत्र २० गते एकजना थपिँदा अब संक्रमितको सङ्ख्या ६ हुन पुगेको छ । तीमध्ये एकजना निको भई घर गइसकेको स्थिति हो भने यसअघि नै अस्पतालमा उपचार गराइरहेका  ४ जना छन् । बाँकी एकजना पछिल्लो पटक संक्रमित देखिएकी वाग्लुङका ६५ वर्षीय महिला हुन् । उनलाई वागलुङ अस्पतालमा ल्याई आइसोलेसनमा राखी उपचार सुरु गरिसकिएको छ । नेपालमा अन्यत्रजस्तै भयावह स्थिति नआओस् भनेर नेपाल सरकारले अहिले मुलुकभर ‘लकडाउन’ जारी गरिरहेको स्थिति छ ।

कोरोनाले कसरी संक्रमण गर्दछ?

कोरोनाभाइरसबारे जानकार डाक्टर तथा वैज्ञानिकहरुले कोरोनाको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने तथा पटकपटक साबुन पानीले हात धुने कुराहरु बाहिर ल्याइरहेका छन् । यस्तो किन भनियो त ?

डाक्टरहरुका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको थुक तथा सिंगानमा कोरोनाभाइरस रहेको हुन्छ । किनकि, त्यस भाइरसले संक्रमण गर्ने मुख्य अङ्ग फोक्सो हो र त्यहाँबाट नै तिनीहरु त्यससँग जोडिएका अङ्गहरुमा फैलिएका हुन्छन् । भाइरसहरु फोक्सोबाट श्वासनली भई मुख तथा नाकमा आई जम्मा भएका हुन्छन् । त्यसैले संक्रमितले खोक्दा वा हाछ्यूँ गर्दा निस्कने थुक तथा सिंगानका मसिना थोपाहरुमा असङ्ख्य भाइरसहरु रहेका हुन्छन् ।


डाक्टरहरुका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको थुक तथा सिंगानमा कोरोनाभाइरस रहेको हुन्छ । किनकि, त्यस भाइरसले संक्रमण गर्ने मुख्य अङ्ग फोक्सो हो र त्यहाँबाट नै तिनीहरु त्यससँग जोडिएका अङ्गहरुमा फैलिएका हुन्छन् । भाइरसहरु फोक्सोबाट श्वासनली भई मुख तथा नाकमा आई जम्मा भएका हुन्छन् । त्यसैले संक्रमितले खोक्दा वा हाछ्यूँ गर्दा निस्कने थुक तथा सिंगानका मसिना थोपाहरुमा असङ्ख्य भाइरसहरु रहेका हुन्छन् । खोक्दा वा हाछ्यूँ गर्दा ती मसिना थोपाहरु उड्ने भएकाले केहीबेरसम्म हावामा नै पनि रहेका हुन्छन् भने तिनीहरु संक्रमित व्यक्तिको हात तथा जीउमा पनि फैलिएर टाँसिन पुगेका हुन्छन्, जुन सामान्यतः नाङ्गो आँखाले देखिँदैन ।

कोरोनाभाइरसको बाहिरी आवरण च्यासच्यास्ती लाग्ने चिल्लोपदार्थको तहले बनेको हुन्छ । त्यसैले संक्रमितले हाछ्यूँ वा खोक्दा भाइरसहरु संक्रमितका हातलगायत जीउको कुनै पनि बाहिरी भागमा टाँसिएर बस्न पुगेका हुन्छन् । पहिलो कुरो त संक्रमितले हाछ्यूँ वा खोक्दा थुक र सिंगानका मसिना थोपाहरु बढीमा एक मिटर परसम्म उछिट्टिने सम्भावना हुन्छ । यसो हुँदा १ मिटर दूरीभित्र रहेका जो कोहीलाई पनि थुक र सिंगानका मसिना थोपाहरु पर्न सक्छन् ।  त्यस्ता थोपाहरु सिधै अर्को व्यक्तिको मुख, नाक वा आँखामा परे भने भाइरसहरु तुरुन्तै ती अङ्गहरु भई फोक्सोमा जान सक्छन् । यही कारणले सुरक्षाका लागि मुखमा मास्क राख्नुपर्ने भएको हो । अर्को कुरा, मास्कले मुख छोपे पनि थुक र सिंगानका मसिना थोपाहरु हाम्रो हातमा पर्न सक्छन् । यही कारणले गर्दा हामीले आफ्नो हातलाई अनुहारका भागहरुमा चलाई राख्नु जोखिमपूर्ण हुन्छ । त्यस्तै गरी कम्तिमा १ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने कारण पनि यही नै हो, ता कि संक्रमितसँग सिधै सम्पर्क नहोस् या उसले खोक्दा वा हाछ्यूँ गर्दा निस्कने मसिना तरल थोपाहरु अर्कोको शरीरमा नपरोस् । तर, जान्नुपर्ने कुरा के छ भने शरीरको बाहिरी छालामा कोरोनाभाइरस पर्दैमा संक्रमण हुने चाहिँ होइन । बरु, कोरोनाभाइरस परेको कुनै भागमा हातले छोएर मुख, नाक वा आँखामा त्यो हात लगिएमा त्यहाँबाट कोरोनाभाइरस शरीरभित्र प्रवेश गर्ने खतरा हुन्छ ।

हातमा कोरोनाभाइरस टाँसिएर रहेको छ भने साबुन पानीले धोएर हटाउन सकिन्छ । किन ? किनकि, पहिलो कुरो त साबुनमा भएको डिटरजेन्ट पदार्थले भाइरसको बाहिरी आवरणमा रहेको च्यासच्यास्ती लाग्ने चिल्लोलाई हाम्रो हातको छालाबाट छुट्याइदिन्छ । (जस्तो कि देखिने तेलीय पदार्थलाई पनि साबुनले हातबाट छुटाइदिन्छ ।) र, दोश्रो कुरो डिटरजेन्टका सूक्ष्म कण अथवा अणुले कोरोनाभाइरसको बाहिरी आवरणलाई भत्काइदिन्छ । जब, बाहिरी आवरण भत्किन्छ तब कोरोनाभाइरसको भित्र रहेको आरएनए बाहिर छताछुल्ल हुन्छ, जुन निश्क्रिय भई काम न काजको बन्न जान्छ । अर्को भाषामा भन्दा कोरोनाभाइरस मर्छ । सायद मर्छ नभनी विखण्डित भई प्रभावहीन बन्न पुग्छ भन्नु उपयुक्त होला । किनकि, भाइरस जीव भन्न लायक छैन । यसमा जीव कहलिनका लागि हुनुपर्ने न्यूनतम गुण छैन ।


कोरोनाभाइरसले संक्रमण कसरी गर्छ?

भाइरसहरु लाखौं प्रकारका छन् । भाइरसको भिन्नता त्यसभित्र रहने आरएनए वा डिएनएको संरचनाले निर्धारण गरेको हुन्छ । तर, कुनै पनि भाइरसले जीवकोषमा प्रवेश नगरी क्रियाशीलता देखाउँदैन । कोरोनाभाइरसको हकमा पनि यो लागु हुन्छ ।

संक्रमितको सम्पर्कमा कोही आउँछ र त्यसको थुक वा सिंगानको मसिनो थोपा उसको मुख, नाक वा आँखामा पर्दछ, तब कोरोनाभाइरस उल्लेखित अङ्गको बाटोबाट फोक्सोसम्म पुग्दछ । फोक्सोको संरचना कस्तो छ भने त्यहाँ हावाले भरिने खाली भाग भएका कोषहरु रहेका हुन्छन् । ती कोषहरुलाई अल्भिओलाइ कोष (alveoli cells) भनिन्छ । जब अल्भिओलाइ कोषसम्म कोरोनाभाइरस पुग्दछ, तब संक्रमणको प्रक्रिया आरम्भ हुन्छ ।


जब संक्रमितको सम्पर्कमा कोही आउँछ र त्यसको थुक वा सिंगानको मसिनो थोपा उसको मुख, नाक वा आँखामा पर्दछ, तब कोरोनाभाइरस उल्लेखित अङ्गको बाटोबाट फोक्सोसम्म पुग्दछ । फोक्सोको संरचना कस्तो छ भने त्यहाँ हावाले भरिने खाली भाग भएका कोषहरु रहेका हुन्छन् । ती कोषहरुलाई अल्भिओलाइ कोष (alveoli cells) भनिन्छ । फोक्सोमा ती कोषहरु शरीर बाहिरबाट भित्रिएको हावामा भएको अक्सिजन लिई रक्तकोषमा मिसाउन र रक्तकोषले छोडेको कार्वनडाइअक्साइडलाई बाहिर पठाउनका लागि प्रयोग हुन्छ । किनकि, अल्भिओलाइ कोषसम्म मुटुबाट आएका र मुटुमा जाने मसिना रक्तबाहिनी केशिका नलीहरु पुगेका हुन्छन् । जब अल्भिओलाइ कोषसम्म कोरोनाभाइरस पुग्दछ, तब संक्रमणको प्रक्रिया आरम्भ हुन्छ ।

फोक्सोको अल्भिओलाइ कोषमा एस २ (Ace 2) नामको रिसेप्टर (receptor) अङ्ग हुन्छ । रिसेप्टरले फोक्सोको जीवकोषमा चोटपटक लाग्दा मर्मत गर्ने गर्दछ । तर, कोरोनाभाइरसबाट हुने संक्रमणमा यही रिसेप्टर नै मुख्य कमजोरीको रुपमा देखिन आउँछ । खासमा के हुन्छ भने जब कोरोनाभाइरस फोक्सोमा पुग्छ, तब त्यसको स्पाइक अङ्गले अल्भिओलाइ कोषको एस २ रिसेप्टरलाई अपरहण गर्छ र भाइरसले कोषभित्र प्रवेश गर्न यसै अङ्गलाई द्वारको रुपमा प्रयोग गर्दछ ।


कोरोनाभाइरसको बाहिरी आवरणमा श्रीपेज (crown) आकारको काँडाजस्तो घोच्ने स्पाइक (spike)  नामक अङ्ग हुन्छ । वास्तवमा यसैको नामबाट भाइरसको नामाकरण कोरोना राखिएको हो । अर्को, फोक्सोको अल्भिओलाइ कोषमा एस २ (Ace 2) नामको रिसेप्टर (receptor) अङ्ग हुन्छ । रिसेप्टरले फोक्सोको जीवकोषमा चोटपटक लाग्दा मर्मत गर्ने गर्दछ । तर, कोरोनाभाइरसबाट हुने संक्रमणमा यही रिसेप्टर नै मुख्य कमजोरीको रुपमा देखिन आउँछ । खासमा के हुन्छ भने जब कोरोनाभाइरस फोक्सोमा पुग्छ, तब त्यसको स्पाइक अङ्गले अल्भिओलाइ कोषको एस २ रिसेप्टरलाई अपरहण गर्छ र भाइरसले कोषभित्र प्रवेश गर्न यसै अङ्गलाई द्वारको रुपमा प्रयोग गर्दछ । र, यसरी कोरोनाभाइरसले अल्भिओलाइ कोषभित्र सजिलै प्रवेश गर्दछ । यो प्रवेश नै कोरोनाभाइरसको संक्रमण हो ।

गोल्गी एपारेटस नै कोरोनाभाइरसको प्रतिलिपि अर्थात् नयाँ कोरोनाभाइरस निर्माण गर्ने कारखानाको रुपमा परिणत हुन्छ । छिनभरमै गोल्गी एपारेटसले कोरोनाभाइरसको आरएनए हजारौं लाखौं सङ्ख्यामा पुनर्उत्पादन गर्छ । त्यसपछि त्यही अङ्गले ती प्रतिलिपि आरएनएहरुलाई पुनः आवरणमा बन्द (repackaging) गरी पूर्ण रुपका नयाँ कोरोनाभाइरसहरु बनाइदिन्छ । जब त्यस्ता नयाँ कोरोनाभाइरसको सङ्ख्या अत्यधिक हुन पुग्दछ, तब तिनीहरुले अल्भिओलाइ कोषको कोषझिल्ली (cell membrane) फुटाएर बाहिर निस्कन्छन् ।


चिनियाँ मूलका दक्षिण अफ्रिकी–अमेरिकी प्रसिद्ध वैज्ञानिक डा. पाट्रिक सून शियोङका अनुसार अल्भिओलाइ कोषभित्र प्रवेश गरेपछि कोरोनाभाइरस फुट्दछ र त्यसभित्रको आरएनए अणुहरु कोषभित्रको गोल्गी एपारेटस (golgi apparatus) मा पोखिन जान्छन् । त्यसपछि त्यो गोल्गी एपारेटस नै कोरोनाभाइरसको प्रतिलिपि अर्थात् नयाँ कोरोनाभाइरस निर्माण गर्ने कारखानाको रुपमा परिणत हुन्छ । छिनभरमै गोल्गी एपारेटसले कोरोनाभाइरसको आरएनए हजारौं लाखौं सङ्ख्यामा पुनर्उत्पादन गर्छ । त्यसपछि त्यही अङ्गले ती प्रतिलिपि आरएनएहरुलाई पुनः आवरणमा बन्द (repackaging) गरी पूर्ण रुपका नयाँ कोरोनाभाइरसहरु बनाइदिन्छ । जब त्यस्ता नयाँ कोरोनाभाइरसको सङ्ख्या अत्यधिक हुन पुग्दछ, तब तिनीहरुले अल्भिओलाइ कोषको कोषझिल्ली (cell membrane) फुटाएर बाहिर निस्कन्छन् । र, ती नवनिर्मित कोरोनाभाइरसहरु अन्य अल्भिओलाइ कोषहरुमा पनि छिरेर त्यही प्रक्रिया दोहर्याउँछन् । (हेर्नुहोस् : Dr. Patrick Soon-Shiong, Los Angeles Times)

नवनिर्मित कोरोनाभाइरसहरुले कोषझिल्ली फुटाएर बाहिर निस्केपछि अल्भिओलाइ कोष चिराचिरा परी खोलिएको अवस्थामा परिणत हुन्छ । त्यसरी खोलिएको कोषमा शरीर बाहिरबाट आएका अन्य व्याक्टेरियाहरुले पनि थप संक्रमण गर्छन् । जब असङ्ख्य कोरोनाभाइरसले फोक्सोका असङ्ख्य कोषहरुलाई खोलेर व्याक्टेरियाहरुबाट अर्को संक्रमण गराउने गर्छन्, तब हाम्रो शरीरभित्रको रोगप्रतिरोधी प्रणाली अनुसार ती व्याक्टेरियाहरुलाई मार्नका लागि सेता रक्तकोषहरु संक्रमित कोषहरुमा पुग्छन् । ती सेता रक्तकोषहरु र व्याक्टेरियाहरुका बीच लडाईं हुन्छ । त्यो लडाईंका कारण नै हामीलाई ज्वरो आउँछ । ज्वरो आएपछि नै संक्रमणको लक्षण देखिने गरी प्रकट हुन्छ । नत्र भित्र संक्रमण भएपनि बाहिर कुनै लक्षण देखा नपरेको हुन सक्छ र त्यही कारणले हामीलाई केही थाहा नहुने सम्भावना हुन्छ । तर, त्यस्तो अवस्थामा पनि यदि खकार, सिंगान वा रगत परीक्षण गर्ने हो भने भित्र रहेको संक्रमणलाई थाहा पाउन सकिन्छ । किनकि, भाइरस र व्याक्टेरियाहरुको उपस्थिति स्पष्ट रुपले त्यहाँ देख्न सकिन्छ ।


फोक्सोभित्र व्याक्टेरियाको संक्रमण भएपछि तिनीहरुसँग शरीरभित्रका सेता रक्तकोषहरुले लडाईं गर्दा कैयौं व्याक्टेरियाहरु मर्छन्, साथै फोक्सोभित्रका जीवकोष तथा स्वयं सेता रक्तकोषहरु पनि मर्छन् । ती मरेकाजति जम्मैबाट एक प्रकारको बाक्लो तरल पदार्थ बन्छ । त्यसलाई हामी पीप (pus) भन्छौं । त्यसैले कोरोनाभाइरसको कारणले व्याक्टेरियाको समेत संक्रमण हुन थालेपछि ज्वरो आउनुका साथै  फोक्सोभित्र पीप जम्मा भई त्यहाँ रहेका वायु थैलीहरु टालिन थाल्छन् ।


फोक्सोभित्रका वायु थैलीहरु टालिनु भनेको न्युमोनिया रोगको लक्षण हो । त्यसैले कोरोनाभाइरसको संक्रमण भएपछि न्युमोनिया भई श्वासप्रश्वासमा समस्या भएर बिरामी गम्भीर हालतमा पुग्छ । यो स्थितिको रोगलाई सार्स अर्थात् सेभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम भनिन्छ । सन् २००३ देखि २००५ सम्म चीनबाटै सुरु भई पूर्वी एशिया, अमेरिका, युरोपलगायत विश्वका थुपै्र मुलुकहरुमा फैलिएको महामारी रोग सार्स थियो । त्यो सार्स रोग पनि कोरोनाभाइरसकै कारणले भएको थियो । अहिले त्यही भाइरसको दोश्रो संस्करणको रुपमा नोवल कोरोनाभाइरस आएको हो र यो नयाँ कोरोनाभाइरस अथवा नोवल कोरोनाभाइरससँग संक्रमण गर्ने क्षमता पहिलेको कोरोनाभाइरससँग भन्दा हजारौं गुणा बढी हुने वैज्ञानिकहरु बताउँछन् ।


फोक्सोभित्रका वायु थैलीहरु टालिनु भनेको न्युमोनिया रोगको लक्षण हो । त्यसैले कोरोनाभाइरसको संक्रमण भएपछि न्युमोनिया भई श्वासप्रश्वासमा समस्या भएर बिरामी गम्भीर हालतमा पुग्छ । यो स्थितिको रोगलाई सार्स अर्थात् सेभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम भनिन्छ । सन् २००३ देखि २००५ सम्म चीनबाटै सुरु भई पूर्वी एशिया, अमेरिका, युरोपलगायत विश्वका थुपै्र मुलुकहरुमा फैलिएको महामारी रोग सार्स थियो । त्यो सार्स रोग पनि कोरोनाभाइरसकै कारणले भएको थियो । अहिले त्यही भाइरसको दोश्रो संस्करणको रुपमा नोवल कोरोनाभाइरस आएको हो र यो नयाँ कोरोनाभाइरस अथवा नोवल कोरोनाभाइरससँग संक्रमण गर्ने क्षमता पहिलेको कोरोनाभाइरससँग भन्दा हजारौं गुणा बढी हुने वैज्ञानिकहरु बताउँछन् । सार्स रोगको कोरोनाभाइरसकै दोश्रो संस्करण भएकोले अहिलेको भाइरसलाई सार्स–कोभ–२ (SARS-CoV-2) भनी विश्व स्वास्थ्य सङ्गठनले नामकरण गरेको छ । र, यसले ल्याएको सार्स रोगलाई कोभिड–१९ (COVID-19)  भनियो ।


कोरोनाभाइरसको कारणबाट श्वासप्रश्वासमा समस्या हुनु भनेको फोक्सोले बाहिरबाट अक्सिजन लिई भित्रको कार्वनडाइअक्साइड बाहिर फाल्ने प्रणाली बिग्रनु भनेको हो । यस्तो हुँदा शरीरभित्रका अरबौं कोषहरुमा निरन्तर भइरहने जैवरसायन अन्तर्क्रिया (metabolism) मा गम्भीर नकारात्मक असर पर्न जान्छ । किनकि, कोषहरु सञ्चालन हुन अथवा जीवित रहन तिनीहरुमा अक्सिजनको प्रवाह निरन्तर भइरहनुपर्छ । अक्सिजनको उपस्थितिमा मात्र कोषभित्र मेटाबोलिज्मको प्रतिक्रियाबाट शक्ति उत्सर्जन हुने हो । शक्ति बिना कोष धेरै बेर जीवित रहन सक्दैन । अर्को, मेटाबोलिज्मबाट कोषभित्र उत्पन्न हुने कार्वडाइअक्साइड पनि निरन्तर शरीरबाहिर निश्कासन भइरहनुपर्छ । त्यसैले फोक्सोमा पीप जम्मा हुन थालेपछि शरीरका बिभिन्न भित्री अङ्गहरु कमजोर बनी बिस्तारै काम नलाग्ने हुँदै जान्छन् । र, मुख्य भित्री अङ्गहरु जस्तो कि मृगौला, कलेजो, प्याङ्क्रियाज र मुटु समेत पनि काम नलाग्ने हुन पुग्छन् । यसले बिरामीलाई मृत्युको मुखमा पुर्याउँछ ।

के संक्रमित सबै मर्छन्?

अहँ, मर्दैन । यस सवालमा डाक्टर पाट्रिकले चीनको आँकडालाई अगाडि सारेका छन् । चीनमा कोरोनाभाइरसको उद्गमको रुपमा मानिएको हुबेई प्रान्तको ऊहान शहरमा गत फेबु्रअरी २० मा गरिएको अध्ययनमा जम्मा ४४ हजार संक्रमितहरुमध्ये हल्का र मध्यम रुपमा रोगबाट ग्रसित हुनेहरु ८०.९ प्रतिशत, गम्भीर बिरामी हुनेहरु १३.८ प्रतिशत र अति गम्भीर बिरामी हुनेहरु ४.७ प्रतिशत रहेका थिए ।


कोरोना भाइरसको आक्रमणले मुख्य रुपमा शरीरमा रोग प्रतिरोधी क्षमता कम भएकालाई बढी गम्भीर पार्दो रहेछ । रोग प्रतिरोधी क्षमता कमी हुनुमा बढी उमेर र विद्यमान गम्भीर रोगहरु कारणको रुपमा रहेको देखियो । मान्छे स्वस्थ छ, तर उमेर बढी छ भने उमेरकै कारणले रोग प्रतिरोधी क्षमता कम हुन गई कोरोनाभाइरसको आक्रमणबाट गम्भीर बिरामी भएर मृत्यु हुने सम्भावना ज्यादा रहन गएको देखियो । त्यस्तै गरी उमेर कम त छ, तर यसअघि नै गम्भीर रोगबाट ग्रसित छ भने त्यस्तो मान्छे पनि कोरोना संक्रमणबाट गम्भीर बिरामी भई मृत्युको मुखमा पर्ने सम्भावना ज्यादा रहन्छ । उमेर पनि बढी छ, अन्य गम्भीर रोग पनि छ भने त्यस्तो मान्छे कोरोनाबाट संक्रमित हुँदा गम्भीर बिरामी भई मृत्यु हुने सम्भावना सबभन्दा बढी रहन्छ ।


बिरामी कतिको गम्भीर हुन्छ भन्ने कुरो उसको उमेर र उसमा विद्यमान रोगको प्रकृतिले निर्धारण गर्ने कुरा अध्ययनले बतायो । अध्ययन अनुसार ८० र त्योभन्दा बढी उमेरका कुल बिरामीहरुमध्ये १५ प्रतिशतभन्दा बढी बिरामीहरु गम्भीर बिरामी भई मृत्युको मुखमा परे भने ७० देखि ७९ वर्षसम्मको उमेरका कुल बिरामीहरुमध्ये १० प्रतिशतभन्दा कम मात्र गम्भीर बिरामी भई मृत्यु भए । गम्भीर बिरामी भई मृत्यु हुनेहरुको सङ्ख्या उमेर कम हुँदै गए अनुसार नै तल झर्दै गयो । युवा र केटाकेटीहरुमा धेरै कम मात्र संक्रमणबाट गम्भीर बिरामी भएर मृत्युको मुखमा गए । उनीहरुमा गम्भीर बिरामी हुने संक्रमितहरु १ प्रतिशत पनि रहेनन् । तर, उमेर कम भएपनि यसअघि नै मुटुसम्बन्धी रोग भएका, मधुमेहका रोगीहरु, श्वासप्रश्वास सम्बन्धका रोगीहरु, अस्वभाविक उच्च रक्तचापका रोगीहरु र क्यान्सर पीडितहरु गम्भीर बिरामी भई मृत्यु समेत हुन पुगे ।

यसले के देखायो भने कोरोना भाइरसको आक्रमणले मुख्य रुपमा शरीरमा रोग प्रतिरोधी क्षमता कम भएकालाई बढी गम्भीर पार्दो रहेछ । रोग प्रतिरोधी क्षमता कमी हुनुमा बढी उमेर र विद्यमान गम्भीर रोगहरु कारणको रुपमा रहेको देखियो । मान्छे स्वस्थ छ, तर उमेर बढी छ भने उमेरकै कारणले रोग प्रतिरोधी क्षमता कम हुन गई कोरोनाभाइरसको आक्रमणबाट गम्भीर बिरामी भएर मृत्यु हुने सम्भावना ज्यादा रहन गएको देखियो । त्यस्तै गरी उमेर कम त छ, तर यसअघि नै गम्भीर रोगबाट ग्रसित छ भने त्यस्तो मान्छे पनि कोरोना संक्रमणबाट गम्भीर बिरामी भई मृत्युको मुखमा पर्ने सम्भावना ज्यादा रहन्छ । उमेर पनि बढी छ, अन्य गम्भीर रोग पनि छ भने त्यस्तो मान्छे कोरोनाबाट संक्रमित हुँदा गम्भीर बिरामी भई मृत्यु हुने सम्भावना सबभन्दा बढी रहन्छ ।

Pictures source: https://www.youtube.com


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.