शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

हरारी महाेदय, महाव्याधिसँग लड्न सक्षम छ 'मानवीय पुँजीवाद' ?

कोरोनाले विश्वव्यापी पुँजीवादी मन्दीका कारणलाई ढाक्ने काम पनि गरिदिएको छ
सोमबार, १७ चैत २०७६, १० : ३७
सोमबार, १७ चैत २०७६

कोरानोले गर्दा मानिसहरु बिमार भएका र मरिरहेका खबर विश्वभरिबाट आइरहेका छन् । तर जब कोराना भारत पुग्यो, यसलाई रोक्नका लागि गरिएको ‘लकडाउन’बाट मर्नेहरुको खबर झनै भयावह बनेर अगाडि आउन थालेका छन् । यस भयावहतालाई बेवास्ता गर्दै मानिसहरु भनिरहेका छन्, ‘लकडाउन जरुरी थियो, सरकारले के गरोस् !’

विभिन्न देशले यस महाव्याधिसँग लड्नका लागि के गरे, यसबारे पढ्दै जाँदा भेनेजुयलाबारे एउटा लेख फेला पर्यो । भेनेजुयला त्यो देश हो, जो साम्राज्यवादी देश अमेरिकाको लागि आँखाको कसिंगर हो । किनभने यो समाजवादी विचारधारा नजिकको ‘लोककल्याणकारी’ देश हो । यही कारण अमेरिकाले उसमाथि थरिथरि तरिकाले आर्थिक प्रतिबन्ध लगाएको छ । यस देशमा खालि ८६ जना मानिस कोरोना पोजेटिभ फेला परेका छन् र एक जनाको पनि मृत्यु भएको छैन । किनभने सरकारले मानिसहरुलाई केन्द्रबिन्दुमा राखेको छ, नाफालाई होइन । यो समय अमेरिकी साम्राज्यवादी मिडियाको प्रभावमा चीनलाई धेरै गाली गरिएको छ र उसैलाई यस विपतको कारण मानिएको छ । जबकि उसले आफ्नो देशमा यस महाव्याधिमाथि विजय हासिल गरेको छ ।

यहाँ के कुरा पनि भन्नु जरुरी छ भने भेनेजुयलाले चीनलाई गाली गर्नुको साटो उससँग मद्दत माग्यो र चीनले पनि उसलाई तत्कालै कोभिड डाइनोस्टिक किटहरु उपलब्ध गराइदियो, जसबाट ३ लाख २० हजार जनाको जाँच गर्न सकिन्थ्यो । त्यस बाहेक चीनले केही मेडिकल एक्सपर्ट र सामान पनि पठाइदियो ।

समाजवादी क्युबाका मानवीय डाक्टर यतिखेर पूरै विश्वमा चर्चाको विषय बनेको छ । उसको टीम हरेक देशमा गइरहेको छ । भेजेजुयलाको अनुरोधमा त्यहाँ पनि १३० जना डाक्टरहरुकोे टीम र कोभिड–१९ सँग लड्ने औषधीका १० हजार परिमाणमा सामग्री पठाएको छ । मार्चमा पहिलो केस देखापर्ने बित्तिकै सार्वजनिक स्थल बन्द गर्ने प्रक्रिया शुरु गरियो । तर यति मात्रैले केही हुँदैन । अगाडि सुन्नुहोस्, उसले के गर्यो ।


समाजवादी क्युबाका मानवीय डाक्टर यतिखेर पूरै विश्वमा चर्चाको विषय बनेको छ । उसको टीम हरेक देशमा गइरहेको छ । भेजेजुयलाको अनुरोधमा त्यहाँ पनि १३० जना डाक्टरहरुकोे टीम र कोभिड–१९ सँग लड्ने औषधीका १० हजार परिमाणमा सामग्री पठाएको छ । मार्चमा पहिलो केस देखापर्ने बित्तिकै सार्वजनिक स्थल बन्द गर्ने प्रक्रिया शुरु गरियो । तर यति मात्रैले केही हुँदैन । अगाडि सुन्नुहोस्, उसले के गर्यो ।


एउटा वेबसाइटमार्फत् नागरिकहरुबीच सर्वे गर्दै आफ्ना नागरिकलाई वर्तमान समयमा हुनसक्ने रोगहरुको जानकारी जुटाइयो । तीमध्येबाट कोरोनाजस्तो लक्षण देखिएका केही हजार मानिसको पहिचान गरेर उनीहरुलाई कोरोना जाँच गर्न सुझाव दिइयो । मेडिकल टीमले तिनीहरुको घरघरमा पुगेर परीक्षण गरे र पोजेटिभ पाइएकाहरुलाई तत्कालै उपचार शुरु गरियो ।

भारतमा धेरैजसो डाक्टर छुट्टीमा छन्, तर भेनेजुयलामा दुई वर्ष पूरा गरिसकेका मेडिकल छात्रहरुलाई कोरोनासँग लड्ने प्रशिक्षण दिएर मैदानमा खटाइयो । यस तरिकाले त्यहाँ कोरोनाका बिरामी ८६ मै रोकिएका छन् र आजसम्म एक जनाको पनि मृत्यु भएको छैन । * लकडाउनको बेलामा मानिसहरुलाई भोजन र आवश्यक सामान उपलब्ध गराउने व्यवस्था गरियो, घरभाडाहरु मिनाहा गरियो र सबैलाई तलब उपलब्ध गराउने व्यवस्था गरियो ।

यी सब के कारणले सम्भव भयो त ? त्यहाँ एउटा यस्तो सरकार छ, जो मानव–केन्द्रित समाजवादी व्यवस्थाको नजिक–नजिक नै सही, लोककल्याणकारी व्यवस्थामा विश्वास राख्छ र मुनाफाखोर साम्राज्यवादसँग लगातार लडिरहेको छ । भेनेजुयला मात्रै होइन, क्युबा पनि एउटा उदाहरण हो । क्युबाले उदाहरण देखाएको छ– कुनै पनि महाव्याधिसँग सबैभन्दा राम्रो तरिकाले त्यही व्यवस्था लड्नसक्छ, जो पुँजीवाद–विरोधी छ, मानव–केन्द्रित छ ।

अर्को दृश्य पनि हेर्नुहोस्– स्वयं पुँजीवादको बाटोमा हिँड्ने सरकारहरु पनि यो समय त्यही तरिका अँगाल्न बाध्य भइरहेका छन्, जुन लोककल्याणकारी वा समाजवादी व्यवस्थाको बाटो हो । उदाहरणका लागि, स्पेन, आयरल्याण्ड, दक्षिण अफ्रिकाले यो महाव्याधिसँग लड्न आफ्नो देशका सबै अस्पताललाई राष्ट्रियकरण गरेका छन् । चीनलाई समाजवादी मानेर गाली गर्नुको सट्टा नेटमा खोजेर केही लेख अवश्य पढ्नुहोस् । ती लेखबाट थाहा पाइन्छ, चीनले कति शानदार तरिकाले बेजिङमा लकडाउन गर्यो, जसले गर्दा त्यहाँका जनताले कमभन्दा अति कम असुविधा भोग्नुपर्यो ।

कोरोना र विश्व आर्थिक मन्दी दुवैले पुँजीवादी व्यवस्थामा मानिसका समस्याको समाधान बचेको छैन भन्ने दिशातिर लगातार इशारा गरिरहेका छन् । तर मानिसहरु त्यस निष्कर्षमा नपुगून् भनेर यो बेला थुप्रै लेख लेखिएका छन् ।

https://www.ynharari.com

हरारी वास्तवमा त्यही दर्शनको विद्वान हुन्, जो प्रविधि र श्रमको सम्बन्धलाई बेवास्ता गर्दै प्रविधिमा अत्यधिक जोड दिन्छन् । हरारीले प्रविधिको प्रयोग वर्ग–व्यवस्थासँग जोडिएको छ भन्ने कुरातर्फ मानिसहरुको ध्यान नै जान दिँदैनन् । उनी प्रविधिको पुँजीवादी प्रयोगबाट मानिसहरुलाई अचम्मित र आतंकित बनाइदिन्छन्, तर सरकारहरुले आफ्ना नागरिकका अधिकार समाप्त गर्न प्रविधिको प्रयोग कहाँ गरेका छन् भनेर चाहिँ बताउँदैनन् । उनी प्रविधिको वर्गीय पक्षलाई उजागर गर्नुको साटो ‘नागरिक अधिकार’ र बिमारीबाट बचाउन ‘निगरानीका प्रविधि’लाई आमने–सामने खडा गरेर बीचको बाटो निकाल्छन् ।


हालै मात्रै विश्वप्रसिद्ध इतिहासकार र विद्वान् युवल नोआ हरारीको एउटा लेख ‘कोरोनापछिको विश्व’ अत्यन्तै पढिएको छ । त्यो लेख ‘फाइनेन्सियल टाइम्स’मा छापिएपछि हिन्दीमा पनि अनुवाद भएको छ । हाम्रा केही मित्रहरुले पनि त्यस लेखबाट अत्यधिक प्रभावित भएर त्यसलाई सबबीच साझेदारी गरिरहेका छन् ।

लेख वास्तवमै बाँध्ने खालको छ, तर त्यसमा गम्भीर गडबडी छ । त्यो गडबडी के भने लेखले मानिसहरुको ध्यान ती उपायतिर केन्द्रित गर्नबाट रोक्छ, जसबाट यस्ता महाव्याधिलाई रोक्न सकिने मात्रै होइन, बरु यस समयमा मानिसहरुलाई भोकमरीजस्तो हालतबाट पनि बचाउन सकिन्छ ।

वास्तवमा यो लेख घोडाका आँखामा बाँधिएको पट्टीजस्तो छ, जसले गर्दा मानिसहरु यो व्यवस्थाभन्दा बाहिर गएर सोच्न पनि नसकोस् । र, यही भइरहेको पनि छ । लेख पढिसकेपछि मानिसहरु कि त पुँजीवादी व्यवस्थाको प्रविधि विकासको प्रभावमा आइरहेका छन्, कि त डराइरहेका छन् । हरारी वास्तवमा त्यही दर्शनको विद्वान हुन्, जो प्रविधि र श्रमको सम्बन्धलाई बेवास्ता गर्दै प्रविधिमा अत्यधिक जोड दिन्छन् । हरारीले प्रविधिको प्रयोग वर्ग–व्यवस्थासँग जोडिएको छ भन्ने कुरातर्फ मानिसहरुको ध्यान नै जान दिँदैनन् । उनी प्रविधिको पुँजीवादी प्रयोगबाट मानिसहरुलाई अचम्मित र आतंकित बनाइदिन्छन्, तर सरकारहरुले आफ्ना नागरिकका अधिकार समाप्त गर्न प्रविधिको प्रयोग कहाँ गरेका छन् भनेर चाहिँ बताउँदैनन् । उनी प्रविधिको वर्गीय पक्षलाई उजागर गर्नुको साटो ‘नागरिक अधिकार’ र बिमारीबाट बचाउन ‘निगरानीका प्रविधि’लाई आमने–सामने खडा गरेर बीचको बाटो निकाल्छन् ।

उनी भन्छन्, ‘म (सरकारद्वारा निगरानीका प्रविधिको माध्यमबाट) आफ्नो शरीरको तापक्रम नाप्ने कुराको पक्षमा छु, तर त्यसको प्रयोग सरकारलाई सर्वशक्तिमान बनाउनका लागि होस्– म त्यसको पक्षमा छुइनँ ।’ यसो भनेर उनी मिहिन र चलाखीपूर्वक अरुको निगरानी गर्ने ‘सर्भिलेन्स राज्य’लाई समर्थन गर्छन् ।


हरारीको लेख वास्तवमा मानवीय पुँजीवादको समर्थन गर्ने खालको छ । यसको अर्थ– मुनाफा–केन्द्रित पुँजीवाद कायम रहोस्, तर मानिसहरुका लागि त्यो मानवीय पनि होस् । के यी दुवै एकैसाथ हुन सम्भव छ ? समाजवादलाई खारेज गर्दै, मानवीय पुँजीवादलाई स्थापित गर्नका लागि लेखमा हरारीले अत्यन्तै चलाखीपूर्वक जनतामाथि निगरानी राख्ने राज्यको रुपमा समाजवादी रहेका देशहरुतिरै संकेत गरेका छन्, अमेरिका र इजरायलजस्ता खतरनाक देशहरुतिर होइन, जो यो मामिलामा सबैभन्दा अगाडि छन् ।


हरारीको लेख वास्तवमा मानवीय पुँजीवादको समर्थन गर्ने खालको छ । यसको अर्थ– मुनाफा–केन्द्रित पुँजीवाद कायम रहोस्, तर मानिसहरुका लागि त्यो मानवीय पनि होस् । के यी दुवै एकैसाथ हुन सम्भव छ ? समाजवादलाई खारेज गर्दै, मानवीय पुँजीवादलाई स्थापित गर्नका लागि लेखमा हरारीले अत्यन्तै चलाखीपूर्वक जनतामाथि निगरानी राख्ने राज्यको रुपमा समाजवादी रहेका देशहरुतिरै संकेत गरेका छन्, अमेरिका र इजरायलजस्ता खतरनाक देशहरुतिर होइन, जो यो मामिलामा सबैभन्दा अगाडि छन् ।

वास्तवमा, विश्व पुँजीवाद आफ्नो एकाधिकारी चरणमा पुगेदेखि नै उदार र मानवीय पुँजीवादको कुरा गर्ने थुप्रै विद्वान् पैदा हुन लागेका छन्, ताकि बारम्बार मन्दीको शिकार भइरहने पुँजीवादबाट मानिसहरुको विश्वास नहल्लियोस् । हरारी त्यस्तै विद्वान् हुन् । उनका लेख ध्यानपूर्वक पढिनुपर्छ । कोरोनाजस्ता बिमारीसँग लड्ने तथा भोकमरी र गरिबी खत्तम गर्ने बाटो मार्क्सवादबाटै भएर जान्छ । सत्य के पनि हो भने कोरोनाले विश्वव्यापी पुँजीवादी मन्दीका कारणलाई ढाक्ने काम पनि गरिदिएको छ । सरकारहरुलाई अब के भन्ने मौका मिलेको छ भने जे जस्तो भयानक अवस्था आइलागेको छ वा आउने समयमा जे हुनेवाला छ, त्यो कोरोनाकै कारणले हो । जबकि वास्तविकता के हो भने पुँजीवाद र त्यसको मन्दीले कुनै पनि महाव्याधिसँग लड्नका लागि सरकारको क्षमता नै नष्ट गरिदिएका छन् । कोरोनाको लकडाउनसँग जुझ्दै गरेको यो समयमा यो कुरामा विचार गरिनु अति जरुरी छ ।

(लेखक भारतका मानवाधिकारवादी कार्यकर्ता, साहित्यकार र पत्रकार हुन् ।) स्रोत : हस्तक्षेप डट कम

(* यो लेखिएयता २०७६ चैत्र १७ गते १० बजेसम्ममा भेनेजुयलामा ११९ जना संक्रमित छन् र ३ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ३९ जना निको भइसकेका छन् भने ६ जनाको अवस्था गम्भीर छ ।– रातोपाटी)

Title photo: https://image.stern.de

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीमा आज़ाद
सीमा आज़ाद
लेखकबाट थप