शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लक्षण नै नदेखिइकन पनि कोरोनाको संक्रमण सर्न सक्छ !

चीन र इटालीका घटनाबाट सिक्नैपर्ने पाठ !
सोमबार, १७ चैत २०७६, ०९ : ३१
सोमबार, १७ चैत २०७६

ख्याल गर्नैपर्ने कुरा के हो भने कोरोनाको लक्षण नै नदेखिइकन वा सामान्य लक्षण देखिएका मानिसहरुबाट पनि कोरोना भाइरस सर्न सक्छ । वास्तवमा, त्यस्ता मानिसहरुको माथिल्लो स्वासप्रस्वास नलीमा कोरोनाभाइरसको लोड धेरै बढी हुन सक्छ । उनीहरुले हाँच्छिउँ गर्दा, खोक्दा, थुक्दा, आफ्ना मुख वा नाकहरु छोएर कुनै पनि बस्तुको सतह छुँदा पनि भाइरस सारिरहेको हुन सक्छ । कतिसम्म भने उनीहरुले माथिका केही कुरा नगरिकन मानिसहरुसँग कुराकानी गरिरहँदा पनि अन्य मानिसमा भाइरसको संक्रमण सारिहेको पनि हुन सक्छ ।

कोरोनाको लक्षण नै नदेखिइकन वा सामान्य लक्षण देखिएका मानिसहरुबाट पनि कोरोना भाइरस सर्न सक्छ । कतिसम्म भने उनीहरुले माथिका केही कुरा नगरिकन मानिसहरुसँग कुराकानी गरिरहँदा पनि अन्य मानिसमा भाइरसको संक्रमण सारिहेको पनि हुन सक्छ ।


अहिलेसम्मको मान्यताअनुसार कोभिड–१९ (SARS-CoV-19) को लक्षण नै नदेखाइकन हुर्कने र बृद्धि हुने समय (incubation period)२ देखि १४ दिनसम्म हुने कुरा रहेको छ । यो भाइरसको संक्रमणले भेट्याएको मानिसहरुमध्ये आधाजसोमा ६ दिनभित्र वा त्योभन्दा अघि नै लक्षणहरु देखापर्न थाल्छन् । तर बाँकीलाई धेरैलाई अत्यन्तै सामान्य खालका वा लक्षण नै नदेखिने पनि हुन सक्छन् ।

चीनमा गरिएका अध्ययनले देखाएअनुसार यो भाइरसको संक्रमणका असरहरु २.५ दिनमा देखापर्न थाल्छ । त्यो अवधिमा संक्रमणका लक्षणहरु देखापर्नुभन्दा १५ घण्टा पहिले नै चरम अवस्थामा पुग्छ । तीमध्ये पनि विरामी पर्ने धेरैमा संक्रमणका लक्षणहरु सामान्य नै देखिन्छन् र त्यो विस्तारै विकसित हुँदै जान्छ ।

अध्ययनहरुले लक्षण नै नदेखिएका संक्रमणका केसहरु कस्ता हुन्छन्  र तिनले कहिले मानिसहरुले सबैभन्दा बढी भाइरसलाई फैलाउँछ  भन्ने कुरा देखाउन थालेका छन् । जब संक्रमितमा भाइरसका लक्षणहरु देखापरेको हुँदैन, त्यस अवस्थामा कतिपय संक्रमितमा देखिने वा थाहा पाउने गरी कुनै विरामी देखापर्दैन ।


अध्ययनहरुले लक्षण नै नदेखिएका संक्रमणका केसहरु कस्ता हुन्छन्  र तिनले कहिले मानिसहरुले सबैभन्दा बढी भाइरसलाई फैलाउँछ  भन्ने कुरा देखाउन थालेका छन् । जब संक्रमितमा भाइरसका लक्षणहरु देखापरेको हुँदैन, त्यस अवस्थामा कतिपय संक्रमितमा देखिने वा थाहा पाउने गरी कुनै विरामी देखापर्दैन । त्यस्तो विरामी सबैभन्दा पहिले चीनमा जनवरीमा देखापरेको थियो तर तिनीहरु कतिको धेरै छन् भन्ने थाहा लागेको थिएन । कोलम्बिया विश्वविद्यालयमा गरिएको एक अध्ययनमा जनवरीको अन्त्यसम्मा चीनका ३७५ सहरहरुमा यो महामारीको विकास भएको बारे विश्लेषण गरिएको थियो । त्यो अध्ययनमा ८६ प्रतिशत केसहरु दर्ता (डकुमेन्टेड) नै नभएको पाइएको थियो । अर्को शब्दमा भन्दा तिनीहरुमा संक्रमणको लक्षण नै देखापरेका थिएनन् वा अत्यन्तै सामान्य खालका लक्षणहरु मात्रै देखापरेका थिए । अनुसन्धानकर्ताहरुले चीनको ऊहानबाट उद्दार गरिएका विदेशी नागरिकहरुका पनि केसको तथ्यांकहरु विश्लेषण गरेका थिए ।  उनीहरुले तिनमा पनि लक्षण नै नदेखिएको वा अत्यन्तै सामान्य खालका लक्षण देखापरेकाहरु उत्तिनै मात्रामा रहेको फेला पारेका थिए ।

लक्षण नै देखानपरेका वा सामान्य लक्षण देखापरेकाहरुबाट पनि कोभिड–१९ को संक्रमण सर्ने खतरा उत्तिकै रहने गर्छ । वास्तवमा भन्ने हो भने चीनमा व्यापक मात्रामा नोबेल कोरोनाभाइरस फैलिनुको मुख्य स्रोत नै  तिनीहरु थिए ।


त्यसरी लक्षण नै देखानपरेका वा सामान्य लक्षण देखापरेकाहरुबाट पनि कोभिड–१९ को संक्रमण सर्ने खतरा उत्तिकै रहने गर्छ । वास्तवमा भन्ने हो भने चीनमा व्यापक मात्रामा नोबेल कोरोनाभाइरस फैलिनुको मुख्य स्रोत नै  तिनीहरु थिए । लक्षण देखिएका तुलनामा यस्ता लक्षण नदेखिएका मानिसहरु ५५ प्रतिशत मात्रै संक्रमण फैलाउन सक्ने खालका थिए तर तिनीहरु नै ७९ प्रतिशत संक्रमण फैलाउनमा स्रोत बनेका थिए । खासमा यस्ता लक्षण नदेखिएका मानिसहरु आफूलाई स्वस्थ ठानेर शंकारहित अवस्थामा यताउता आवातजावात गरिरहेका थिए । र, त्यसो गरेर उनीहरुले ननजानिकनै धेरै मानिसहरुलाई संक्रमित तुल्याइरहेका पनि थिए ।

इटालीमा गरिएको एउटा अध्ययनमा पनि थुप्रै लक्षण नदेखिएका केसहरु फेला परेका थिए । त्यहाँको भो ९ख्य० नाम गरेको शहरमा करिब करिब सबैजनामा कोरोनाभाइरसको परीक्षण गरिएको थियो । उक्त शहर इटालीको सबैभन्दा बढी प्रभावित शहरहरुमध्येका एक हुन् । संक्रमण फेला परेका ६० प्रतिशत मानिसहरुमा कुनै कोभिड–१९ को कुनै लक्षण नै देखिएको थिएन ।

स्रोत : हासेम अल घाइली, साइन्स नेचर पेज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप