केन्द्रीय संस्करण
कोरोनाभाइरस

विज्ञानको आँखाबाट नियाल्दा यस्तो पो रहेछ कोरोनाभाइरसको नालीबेली !

कोरोनाभाइरस के हो : यो किन र कसरी जन्मियो ?

person explore access_timeचैत १७, २०७६ chat_bubble_outline0

ओहो ! आजको मितिसम्ममा विश्वमा कोरोनाबाट संक्रमितको सङ्ख्या झण्डै ७ लाख पुग्न लागिसक्यो । हताहती पनि अब ३० हजार नाघिसक्यो । नेपालमा अहिलेसम्म कसैको पनि हताहती नभए पनि ५ जना बिदेशबाट फर्किएका नेपालीहरु संक्रमित भएकाले कहिँ चीन, युरोप र अमेरिकामा जस्तै निकट दिनहरुमा नेपाल पनि त्यस्तै त हुने होइन भनी हामी त्राहिमाम भएको स्थिति हो अहिले । सरकारले संक्रमण नफैलियोस् भनी जारी गरेको लकडाउनको आह्वानलाई मानेर हरेक नेपाली आफ्नै घरमा कैदीजसरी बन्दी भई बसेको अवस्था हो यो । यतिविघ्न महामारी ल्याउने कोरोनाभाइरस यसअघि त देखिएको थिएन । एक्कासी यो कसरी देखापर्यो ? यो पहिलो पटक चीनको उहान शहरमा देखियो भन्ने कुरो त भयो, तर त्यहाँ यो कहाँबाट आयो ? यसका बाउमाउ को होलान् । यस्तो विध्वंशकारी सन्तान कसरी जन्मियो ? यी प्रश्नहरु आम मानिसको मनमा उब्जिने प्रश्न हुन् ।

कोरोना के हो?

अहिले प्रत्येक मानिसको मुखमुखमा कोरोना शब्द झुण्डिएर रहेको छ । त्यसैले कोरोना के हो ? भन्ने प्रश्न गर्दा यस्तो पनि प्रश्न हुन्छ भन्ने कसैलाई लाग्दो हो । त्यसैले यहाँ यो प्रश्न गरिनुको आशय कसैलाई कोरोनाबारे सुनेको छ छैन भनी सोधेको होइन । सबैलाई अहिले थाहा भएकै कुरो हो कोरोना एक अत्यन्तै खराब, बदमास र हजारौं मान्छे मार्ने जीवाणु हो–हामीलाई रोग ल्याउने व्याक्टेरिया, अमिवा तथा अन्य जीवाणुहरुजस्तै । अर्थात् यो पनि एक प्रकारको सूक्ष्म जीव नै हो । तर, यो कुरो आधा मात्र सही हो, शतप्रतिशत होइन । किन ?


हामीले अहिलेसम्म बुझेको मान्यताअनुसार सामान्यतः जीव हुनलाई कम्तिमा श्वासप्रश्वास (अक्सिजन लिने र कार्वनडाइअक्साइड शरीरबाहिर फाल्ने) गरेको हुनुपर्छ, खाना खाएको हुनुपर्छ, निश्कासन गरेको हुनुपर्छ र सन्तान उत्पादन गरेको हुनुपर्छ । तर भाइरसले कुनै जीवको जीवकोषभित्र प्रवेश नगर्दासम्म यी कुनै क्रियाकलाप गर्दैन । जीवकोषभित्र प्रवेश गरेपछि पनि यसले आफैंलाई फोटोकपी गरेजस्तै गरी संख्याबृद्धि गर्नेबाहेक गर्नेबाहेक माथि उल्लेखित अन्य कुनै क्रियाकलाप गर्दैन । अनि यसलाई कसरी जीव भन्ने त ?


किनकि, कोरोना एक प्रकारको भाइरस हो । भाइरसलाई हामी जीव नै मान्छौं । तर, यसले जीवजस्तो रुप र व्यवहार तब मात्र देखाउँदछ, जब यसले कुनै जीवको जीवकोषभित्र प्रवेश पाउँछ । होइन भने यसको रुप न जीवजस्तो देखिन्छ न त यसले जीवको व्यवहार नै देखाउँछ । हामीले अहिलेसम्म बुझेको मान्यताअनुसार सामान्यतः जीव हुनलाई कम्तिमा श्वासप्रश्वास (अक्सिजन लिने र कार्वनडाइअक्साइड शरीरबाहिर फाल्ने) गरेको हुनुपर्छ, खाना खाएको हुनुपर्छ, निश्कासन गरेको हुनुपर्छ र सन्तान उत्पादन गरेको हुनुपर्छ । तर भाइरसले कुनै जीवको जीवकोषभित्र प्रवेश नगर्दासम्म यी कुनै क्रियाकलाप गर्दैन । जीवकोषभित्र प्रवेश गरेपछि पनि यसले आफैंलाई फोटोकपी गरेजस्तै गरी संख्याबृद्धि गर्नेबाहेक गर्नेबाहेक माथि उल्लेखित अन्य कुनै क्रियाकलाप गर्दैन । अनि यसलाई कसरी जीव भन्ने त ? तर, यसले जीवकोषभित्र आफैंलाई बृद्धि गर्ने भएकोले जीव नभन्न पनि मिलेन । निर्जीव भए त संख्या बृद्धि गर्दैनथ्यो । यी कुराहरुले गर्दा भाइरसलाई निर्जीव र जीवबिचको वस्तुको रुपमा लिनु नै सही हुनेछ ।

कोरोनाभाइरसबारे बुझ्नका लागि सबभन्दा पहिले भाइरसका बारेमा विज्ञानले पत्ता लगाएका केही तथ्यहरु उल्लेख गर्नु उपयुक्त हुन्छ ।

वैज्ञानिकहरुले पृथ्वीमा अरवौं वर्षपहिले जीवनको उत्पत्ति अर्थात् उद्विकास हुँदा सुरुमा एमिनो एसिड, त्यसपछि न्युक्लिक एसिड र त्यसपछि प्रोटिन यौगिक बनेको तथ्य प्रमाणित गरेका छन् । त्यतिखेरको पृथ्वीको वातावरणमा विद्यमान तत्वहरुका परमाणुहरु मिली बिभिन्न यौगिकका अणुहरु बन्ने र थरिथरिका यौगिकहरु पनि रासायनिक रुपमा संयोजन भई नयाँ थरिथरिका वस्तुहरु बन्ने क्रममा यी सबै प्रक्रियाहरु भएका थिए । न्युक्लिक एसिडमा यस्तो खालको गुण रह्यो कि त्यसले आफूजस्तो छ त्यस्तै प्रकारको अर्को प्रतिलिपि बनाउन सक्थ्यो । पछि त्यही न्युक्लिक एसिडका अणुहरुले सिक्रीजस्तोमा बाँधिएर आरएनए र डिएनएजस्ता ठूला अणुहरु बनाए । त्यही आरएनए र डिएनएका अणुहरु नै जीवन उत्पत्तिको आधार बन्यो । किनकि, तिनीहरुले आफूजस्तै अर्को प्रतिलिपि वस्तु स्वक्रियामा बनाउँन थाले । तर, त्यही नै भने जीवन थिएन । जीवन त पछि मात्र विकास भयो ।


पृथ्वीको वातावरण बद्लिँदै गएबाट पछि आरएनए र डिएनएका सिक्रीहरुबाट जीवकोषहरु बने । जीवकोषमा  आरएनए र डिएनए सिक्रीहरु बिचको न्यूक्लेसभित्र सुरक्षित रहे । त्यस्तो जीव अहिलेका व्याक्टेरियाहरुजस्तै एककोषीय जीवको रुपमा विकास भयो । त्यही व्याक्टेरिया रुपी प्रारम्भिक एककोषीय जीवबाट उद्विकास भएर नै क्रमशः सरल वहुकोषीय जीवहरु र समयको अन्तरालमा तिनीहरुबाट पछि जटिल खालका वहुकोषीय जीवहरु उद्विकास हुँदै पछिल्लो समयमा मानवसम्म उद्विकास भएको वैज्ञानिकहरुले तथ्य फेला पारेका छन् ।


पृथ्वीको वातावरण बद्लिँदै गएबाट पछि आरएनए र डिएनएका सिक्रीहरुबाट जीवकोषहरु बने । जीवकोषमा  आरएनए र डिएनए सिक्रीहरु बिचको न्यूक्लेसभित्र सुरक्षित रहे । त्यस्तो जीव अहिलेका व्याक्टेरियाहरुजस्तै एककोषीय जीवको रुपमा विकास भयो । त्यही व्याक्टेरिया रुपी प्रारम्भिक एककोषीय जीवबाट उद्विकास भएर नै क्रमशः सरल वहुकोषीय जीवहरु र समयको अन्तरालमा तिनीहरुबाट पछि जटिल खालका वहुकोषीय जीवहरु उद्विकास हुँदै पछिल्लो समयमा मानवसम्म उद्विकास भएको वैज्ञानिकहरुले तथ्य फेला पारेका छन् ।

सन् १८५९ मा महान् वैज्ञानिक चाल्र्स डार्विनले जीवहरुमा निरन्तर परिवर्तन भइरहन्छ र त्यो परिवर्तन पुर्खाबाट सन्तानमा सर्दै जाने क्रममा वातावरण र परिवेशसँग अनुकूलित भएका जीवहरुले निरन्तरता पाउने र अनुकूलित नभएकाहरु लोप हुने प्राकृतिक प्रणालीबाट नै सरल र सूक्ष्म जीवहरुबाट थरिथरिका जीवहरु उद्विकसित भए भने । उनको यो बिचारलाई विकासवाद भनियो र यही सत्यताको आधारमा नै सरल जीवबाट क्रमशः जटिल एवं ठूला प्रकारका जीवहरुको उद्विकास भएको बिचार नै अहिले सबैले मान्ने वैज्ञानिक बिचार भएको छ । त्यसरी जीवहरुमा निरन्तर सूक्ष्म परिवर्तन भइरहनुमा अचानक वंशाणु संरचनामा परिवर्तन आउनु अर्थात् उत्परिवर्तन (mutation)  हुनु कारणको रुपमा रहेको नेडरल्यान्डका अर्का वैज्ञानिक हुगो डि भ्रिजले (सन् १९०१–३ मा) बताए । उनको सिद्धान्तलाई उत्परिवर्तनको सिद्धान्त (mutation theory) भनियो ।

पृथ्वीमा जीवन उत्पत्तिको सुरु चरणमा उत्परिवर्तनले नै भाइरसलाई वास्तविक जीवनसम्म उद्विकास गर्न बाटो खोलेको हो । वास्तवमा जीवनको लागि जीवकोष बन्नुपूर्वको आरएनए वा डिएनए मात्र भएका जीवनको प्रारम्भिक रुप नै भाइरस हो । यही नै भाइरसको वास्तविकता हो । अहिले पनि भाइरसमा आरएनए वा डिएनए र अन्य प्रोटिन अणुहरु भएका अङ्गहरु मात्र रहन्छन् । त्यसैले पृथ्वीमा जीवनको सुरुवात हुँदादेखिको जीवन र जीवनरहित कणबिचको सूक्ष्म वस्तु नै भाइरस हो । यो वस्तु कुनै जीवकोषभित्र प्रवेश हुनासाथ यसका प्रतिलिपिहरु बन्न सुरु हुन्छ, किनकि यसभित्र आरएनए वा डिएनए सिक्रीहरु रहेका हुन्छन् । ती सिक्रीहरु भनेका वंशाणु अर्थात् प्रतिलिपि उत्पादन गर्ने गुण तथा क्षमता भएका अणुहरु मिली बनेका मालाहरु हुन् ।


कोरोना अर्थात् कोरोनाभाइरस पनि त्यस्ता भाइरसहरुमध्येको एक हो । यो भाइरसको बाहिरी आवरणमा काँडाजस्ता अङ्गहरु हुन्छन् । तिनीहरुलाई स्पाइक भनिन्छ । ती स्पाइकहरु क्राउन अर्थात् ताज आकारका हुन्छन् । त्यसैले यो भाइरसलाई क्राउनको नामबाट कोरोना भनी नामाकरण गरिएको हो । कोरोनाभाइरस पहिलो पटक सन् २००२ को नोभेम्वरमा चीनको ग्वाङ्डङ प्रोभिन्समा देखा परेको हो ।


कोरोना अर्थात् कोरोनाभाइरस पनि त्यस्ता भाइरसहरुमध्येको एक हो । यो भाइरसको बाहिरी आवरणमा काँडाजस्ता अङ्गहरु हुन्छन् । तिनीहरुलाई स्पाइक भनिन्छ । ती स्पाइकहरु क्राउन अर्थात् ताज आकारका हुन्छन् । त्यसैले यो भाइरसलाई क्राउनको नामबाट कोरोना भनी नामाकरण गरिएको हो । कोरोनाभाइरस पहिलो पटक सन् २००२ को नोभेम्वरमा चीनको ग्वाङ्डङ प्रोभिन्समा देखा परेको हो । जनावरको शरीरमा विकसित भई मानवमा सरेको भनिएको यो भाइरस कुन जनावरबाट सर्यो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । तर, धेरैले यो चमेरोमा विकसित भई अन्य कुनै जनावरको माध्यमबाट मानवमा सरेको हो भनी विश्वास गर्छन् । यो भाइरसबाट मानिसहरु संक्रमण हुने क्रम सन् २००४ र २००५ सम्म पनि भयो । यस भाइरसको संक्रमणले मानिसको श्वासप्रश्वास प्रणालीमा गम्भीर असर गरी ज्यान समेत लिने भएकोले त्यस संक्रमणको रोगलाई सार्स (SARS)  अर्थात् सिभिएर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम (Severe Acute Respiratory Syndrome) भनियो । र, त्यस भाइरसलाई सार्स कोरोनाभाइरस अर्थात् छोटकरीमा सार्स–कोभ (SARS-CoV) भनियो । सार्स–कोभले मुख्य भूमि चीन, चीनको हङकङ, भियतनाम, टाइवान, थाइल्यान्ड, सिंगापुर, क्यानडा आदि गरी २६ वटा राष्ट्रका ८ हजार मानिसहरुको ज्यान लियो । (हेर्नुहोस् : http://who.int/)

सार्स–कोभजस्तैको अर्को कोरोनाभाइरस सन् २०१२ मा पश्चिम एशियाको देश साउदी अरबमा देखापर्यो । पश्चिम एशियालाई युरोपेलीहरु मध्यपूर्व (Middle East) भन्छन् । त्यसैले त्यो भाइरसलाई मिडल इष्ट रेस्पिरेटोरी सिन्ड्रोम  (Middle East Respiratory Syndrome) अर्थात् मर्स–कोभ (MERS-CoV)  भनी नामाकरण गरियो ।

मर्स–कोभबाट अल्जेरिया, अष्ट्रिया, बहराइन, चीन, इजिप्ट, फ्रान्स, जर्मनी, ग्रीस, इरान, इटाली, अमेरिकालगायत विश्वका २७ राष्ट्रहरुका २ हजार ५ सय १९ मानिसहरु संक्रमित भए भने संक्रमितहरुमध्ये ३५ प्रतिशत अर्थात् ८६६ जनाको ज्यान गएको थियो ।) (हेर्नुहोस् : http://who.int)


वैज्ञानिक तथा डाक्टरहरुको भनाइ अनुसार अहिले चीनको उहानमा सर्वप्रथम देखापरेको नयाँ कोरोनाभाइरस अर्थात् नोवल कोरोनाभाइरस सार्स–कोभबाट उत्परिवर्तन (mutation)  भई उद्विकास भएको हो । नयाँ कोरोनाभाइरस भएकोले सुरुमा यसलाई नोबल कोरोनाभाइरस भनियो । नोबलको अर्थ नयाँ हो । सन् २०१९ मा देखापरेको कारणले यसलाई पछि कोभिड–१९ (COVID-19) भनी नामाकरण गरियो ।


वैज्ञानिक तथा डाक्टरहरुको भनाइ अनुसार अहिले चीनको उहानमा सर्वप्रथम देखापरेको नयाँ कोरोनाभाइरस अर्थात् नोवल कोरोनाभाइरस सार्स–कोभबाट उत्परिवर्तन (mutation)  भई उद्विकास भएको हो । नयाँ कोरोनाभाइरस भएकोले सुरुमा यसलाई नोबल कोरोनाभाइरस भनियो । नोबलको अर्थ नयाँ हो । सन् २०१९ मा देखापरेको कारणले यसलाई पछि कोभिड–१९ (COVID-19) भनी नामाकरण गरियो । को (Co) को अर्थ कोरोना, भि (Vi)  को अर्थ भाइरस र ड (D) को अर्थ डिजिज (रोग) हो । हाल यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो पटक ‘सार्स कोभ–२’ भनी नामाकरण गरेको छ । यो सन् २००३ मा देखापरेको सार्स रोग ल्याउने नयाँ भाइरसकै दोश्रो पुस्ता भएकोले यसलाई सो नाम दिइएको हो ।

नयाँ भाइरसको उद्विकास कसरी हुन्छ?

उत्परिवर्तन र प्राकृतिक छनौटको सिद्धान्तबारे माथि चर्चा गरिसकियो । वैज्ञानिकहरु भन्छन्, जब जीवहरुमा वंशाणुगत भिन्नता देखापर्दछ, तब प्राकृतिक छनौट हुन थाल्दछ । वंशाणुगत भिन्नताको अर्थ जीवसङ्ख्याको कुनै हिस्सामा वंशाणुगत फरकपना आउनु हो । भाइरसमा मुख्य दुई स्रोतबाट वंशाणुगत फरकपना आउँदछ : १. पुनर्संयोजन (Recombination), र २. अनियमित उत्परिवर्तन (Random mutation) ।

१. पुनर्संयोजन (Recombination) :

वंशाणुगत पदार्थ भनेको डिएनए वा आरएनए हो । पुनर्संयोजनमा यही वंशाणुगत पदार्थ नै अदलबलद हुन्छ । स्मरणीय छ वंशाणुगत पदार्थ अथवा वंशाणुले नै भाइरसको गुणलाई निर्धारण गर्दछ । माथि भनिसकियो कि भाइरस जब कुनै जीवकोषमा पस्दछ तब मात्र यसले आफ्नो गुण अनुसारको कार्य गर्न थाल्दछ, जसलाई हामी संक्रमण भन्दछौं । वैज्ञानिकहरुका अनुसार जब दुई फरक भाइरसहरुले एउटै जीवकोषलाई संक्रमण गर्दछ, तब पुनर्संयोजनको सम्भावना रहन्छ । एउटै जीवकोषभित्र छिरेका दुई फरक भाइरसहरु त्यस होस्ट (host) कोषभित्र समिश्रणमा जान्छन् । त्यसरी समिश्रणमा जाँदा फरकफरक डिएनए वा आरएनएका हिस्साहरु (segments) चुँडिएर एउटाबाट अर्कोमा संयोजन हुन पुग्दछन् । यसले नयाँ खालका डिएनए वा आरएनएका मालाहरु निर्मित हुन पुग्छन् । नयाँ खालका डिएनए वा आरएनए भनेको नयाँ गुण बोकेको वंशाणुमाला हो । त्यसरी नयाँ वंशाणुमाला बन्ने प्रक्रिया नै पुनर्संरचना हो । नयाँ वंशाणु संरचनाले नयाँ गुण भएको भाइरस निर्माण गरेको हुन्छ । त्यस्तो नयाँ भाइरसले जीवकोषभित्रको जैविक पदार्थलाई प्रयोग गरी थुप्रै प्रतिलिपि भाइरसहरु उत्पादन गर्दछ र ती नयाँ भाइरसहरु जीवकोषलाई चर्काएर वा ध्वस्त पार्दै बाहिर निस्कन्छन् । त्यस्ता नयाँ भाइरसहरुलाई पुनोत्तरदायी भाइरस (reassortant virus) भनिन्छ ।

पुनर्संयोजन र इन्फ्लूयन्जा (फ्लू) :

जब दुई फरक इन्फ्लूयन्जा भाइरसहरुले एउटै जीवकोषलाई संक्रमण गर्न पुग्छन्, तब जीवकोषभित्र केही नयाँ भाइरसहरुको निर्माण हुन पुग्छन् । त्यसरी निर्मित नयाँ भाइरसहरुमा आरएनए अंशहरु समिश्रित भइसकेका हुन्छन् । जस्तो कि यदि मानव इन्फ्लूयन्जा भाइरस (human influenza virus) र चरा इन्फ्लूयन्जा भाइरस (bird influenza virus) ले एकसाथ सुंगुरको जीवकोषलाई संक्रमण गर्न पुग्दछ भने त्यस सुंगुरको जीवकोषमा ती दुई भाइरसहरुका आरएनएहरु समिश्रित हुन पुगी नयाँ खालका भाइरसहरु बन्न सक्छन् ।


वैज्ञानिकहरुका अनुसार फ्लू अर्थात् रुघाखोकीका भाइरसहरु पुनत्तोरदायीका मास्टरहरु हुन् । अर्थात् उनीहरु पुनत्तोरदायी प्रक्रियामा पोख्त हुन्छन् । उनीहरुमा एक वा केही वंशाणु कणहरु बोकेका आठवटा आरएनए अंशहरु हुन्छन् । जब दुई फरक इन्फ्लूयन्जा भाइरसहरुले एउटै जीवकोषलाई संक्रमण गर्न पुग्छन्, तब जीवकोषभित्र केही नयाँ भाइरसहरुको निर्माण हुन पुग्छन् । त्यसरी निर्मित नयाँ भाइरसहरुमा आरएनए अंशहरु समिश्रित भइसकेका हुन्छन् । जस्तो कि यदि मानव इन्फ्लूयन्जा भाइरस (human influenza virus) र चरा इन्फ्लूयन्जा भाइरस (bird influenza virus) ले एकसाथ सुंगुरको जीवकोषलाई संक्रमण गर्न पुग्दछ भने त्यस सुंगुरको जीवकोषमा ती दुई भाइरसहरुका आरएनएहरु समिश्रित हुन पुगी नयाँ खालका भाइरसहरु बन्न सक्छन् । र, त्यो नयाँ भाइरसबाट थुप्रै प्रतिलिपि भाइरसहरु निर्मित भई तिनीहरु जीवकोषलाई भत्काई बाहिर निस्कन्छन् । यस्तो प्रकारले नयाँ भाइरसहरुको उद्विकास प्रकृतिमा सामान्य रुपले हुन्छ । सन् २००९ मा महामारीको रुपमा फैलिएको स्वाइन फ्लूको भाइरस एचवानएनवान (H1N1) त्यसरी नै उद्विकास भएको वैज्ञानिकहरु बताउँदछन् । (हेर्नुहोस्ः www.khanacademy.org)

२. अनियमित उत्परिवर्तन(random mutation) :

भाइरसमा उत्परिवर्तन भनेको त्यसको वंशाणुगत पदार्थ (अर्थात् डिएनए वा आरएनए) मा स्थायी परिवर्तन आउनु हो । स्मरणीय छ भाइरसको प्रतिलिपि त्यसमा भएको डिएनए वा आरएनएले गर्दछ । त्यसैले यदि प्रतिलिपि बनाउने क्रममा दुर्घटनावश डिएनए वा आरएनएको संरचनामा परिवर्तन हुन पुग्छ भने नयाँ प्रतिलिपि भाइरस फरक खालको बन्छ र त्यसले बनाउने सबै प्रतिलिपिहरु त्यसको माउ भाइरसभन्दा भिन्न हुन्छन् । ती नयाँ खाले भाइरसहरु गुण र संक्रमणको हिसाबले नयाँ चरित्र बोेकेका हुन्छन् । यस्तो खालको उत्परिवर्तन डिएनए भाइरसमा भन्दा बढी तीव्र आरएनए भाइरसमा हुन्छ ।


सार्स भाइरस आरएनए भाइरस हो । वैज्ञानिकहरुले सन् २००३ मा देखापरेको सार्स भाइरसमा उत्परिवर्तन भएर नै अहिलेको कोभिड–१९ अर्थात् सार्स कोभ–२ उद्विकास भएको बताएका छन् । तर, यो भाइरस कुन जनावरमा उत्परिवर्तन भई मानिसमा सरेको हो अहिलेसम्म एकिन भन्न सकिएको छैन । अहिले जति पनि यसबारे सूचनाहरु आएका छन्, ती सबै अनुमानमा गरिएका कुराहरु मात्र हुन् ।


स्मरणीय छ, सार्स भाइरस आरएनए भाइरस हो । वैज्ञानिकहरुले सन् २००३ मा देखापरेको सार्स भाइरसमा उत्परिवर्तन भएर नै अहिलेको कोभिड–१९ अर्थात् सार्स कोभ–२ उद्विकास भएको बताएका छन् । तर, यो भाइरस कुन जनावरमा उत्परिवर्तन भई मानिसमा सरेको हो अहिलेसम्म एकिन भन्न सकिएको छैन । अहिले जति पनि यसबारे सूचनाहरु आएका छन्, ती सबै अनुमानमा गरिएका कुराहरु मात्र हुन् । कसैले यो चमेरोमा उत्परिवर्तन भई मानिसमा सरेको हो भने । कसैले यो सर्पमा उत्परिवर्तन भई मानिसमा सरेको भने । तर, जुनैमा उत्परिवर्तन भएर मानिसमा सरेको भएपनि एउटा कुरामा धेरैको मत के मिलेको छ भने यो भाइरस कुनै न कुनै जनावरको शरीरमा पुरानै भाइरसबाट उत्परिवर्तन भई मानिसमा सरेको हो । यो वैज्ञानिक हुगो डि भ्रिजको उत्परिवर्तनको सिद्धान्त र वैज्ञानिक चाल्र्स डार्विनको प्रकृतिको छनौटको सिद्धान्त मुताविक नै उत्पत्ति भएको एक घातक जीवाणु पक्कै हो ।

Homepage photo source: http://www.thailandmedical.news

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.