हामी बेलाबेला लडिरहन्छौं, संघर्ष सधैं चलिरहन्छ : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीमा दुई लाइन संघर्ष हुनु सामान्य भएको बताएका छन् ।
पछिल्लो पटक पार्टीभित्र गम्भीर खालको समस्या देखा परेको टिकाटिप्पणीका बीच प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने धारणा राखे ।
बिहीबार नेकपा बागमती प्रदेशको प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेको भन्दै ढुक्क रहन नेता कार्यकर्तालाई आग्रह गरे ।
उनले पार्टीभित्रको विवादबारे मिडियामा आएको कुरालाई विश्वास नगर्न समेत अनुरोध गरे । पछिल्लो समय नेकपा सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले आनाकानी गरेको बताइएको बेला प्रचण्डले यस्तो बताएका हुन् ।
बुधबारको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएकोमा त्यसलाई कार्यान्वयन नगर्ने ओलीले बताएपछि पार्टीभित्र चर्को विवाद भएको प्रकाशमा आएको छ । ओली वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् ।
प्रचण्डले पार्टीमा कुनै विवाद नरहेको आस्वस्त पार्न खोज्दै भने, ‘हामी दुई जना बेलाबेला लडउरहन्छौ । यो पार्टी रहेसम्म चलिरहन्छ । पार्टी विवादरहित भएको दिन कम्युनिस्ट पार्टी नै सकिन्छ ।’
उनले नेकपा पोखरीको पानी होइन भन्दै पार्टीभित्र छलफल र बहस निरन्तर भइरहने बताए । उनले पार्टीलाई विघटन र विभाजित हुन कुनै पनि हालतमा नदिने भन्दै ढुक्क हुन समेत कार्यकर्तालाई अनुरोध गरे ।
प्रचण्डले एमसीसी राष्ट्रको हितमा हुनेगरी अगाडि बढाइने समेत सो क्रममा स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट
-
समाजसेवी र कलाकारलाई माईजोगमाई सेवा समाजको सम्मान
-
कर्णालीको उद्योग, पर्यटन मन्त्रालयका लागि २ अर्ब ४६ करोड विनियोजन : पर्यटन दशक घोषणा
-
बागमतीले ५४ करोड ४० लाख रुपैयाँले घटायो बजेट (पूर्णपाठ)
-
शिक्षकलाई अन्तरजिल्ला र स्थानीय तहमा सरुवा गरी पदपूर्ति नगर्ने विषय के हो ?
-
कर्णालीमा भौतिक पूर्वाधारको बजेट पनि घट्यो, १० अर्ब ९३ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



