नेकपाले फेरि राख्न थाल्यो कार्ल मार्क्स र लेनिनका तस्बिर
बिहीबार, १५ फागुन २०७६, १२ : ५५
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले औपचारिक कार्यक्रममा कार्ल मार्क्स, लेनिनका तस्वीर राख्न थालेको छ ।
पार्टी एकतायता पार्टीको औपचारिक कार्यक्रममा उनीहरुको तस्वीर राखिएको थिएन ।
बिहीबार राजधानीमा आयोजित वागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपाले अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताहरुको तस्वीर राखेको हो ।
यसअघि औपचारिक कार्यक्रममा पार्टीका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको तस्वीर राखिदैँ आएको थियो ।
गत माघमा बसेको केन्द्रीय समिति बैठकमा पुष्पलाल श्रेष्ठ, मदन भण्डारीका अतिरिक्त अध्यक्षद्वयको तस्वीर ब्यानरमा राखिएकोप्रति सदस्यहरुले प्रश्न उठाएका थिए । बैठकमा उठाइएका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले अबदेखि यस्ता कार्यक्रममा अध्यक्षद्वयको तस्वीर नराखिने जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा नेता कमल थापा रास्वपामा प्रवेश
-
सुनचाँदी व्यवसायी मञ्चले गर्यो अन्तरसंघ फुटसल प्रतियोगिता
-
बागमतीको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम
-
३५ अर्ब ३९ करोड बजेटः हराए अर्गानिक नारा, असफल पुराना समेटिए योजना (पूर्णपाठ)
-
बागमतीले ३० अर्ब राजस्व उठाउने, डिजिटल राजस्व प्रणाली स्थापना गर्ने
-
५६ करोड भ्रष्टाचार मुद्दामा बागमतीका निलम्बित मेयर थापासहित ८ जनाको सुनुवाइ सर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण