बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाले फेरि राख्न थाल्यो कार्ल मार्क्स र लेनिनका तस्बिर

बिहीबार, १५ फागुन २०७६, १२ : ५५
बिहीबार, १५ फागुन २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले औपचारिक कार्यक्रममा कार्ल मार्क्स, लेनिनका तस्वीर राख्न थालेको छ ।

पार्टी एकतायता पार्टीको औपचारिक कार्यक्रममा उनीहरुको तस्वीर राखिएको थिएन ।

बिहीबार राजधानीमा आयोजित वागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपाले अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताहरुको तस्वीर राखेको हो ।

यसअघि औपचारिक कार्यक्रममा पार्टीका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको तस्वीर राखिदैँ आएको थियो ।

गत माघमा बसेको केन्द्रीय समिति बैठकमा पुष्पलाल श्रेष्ठ, मदन भण्डारीका अतिरिक्त अध्यक्षद्वयको तस्वीर ब्यानरमा राखिएकोप्रति सदस्यहरुले प्रश्न उठाएका थिए । बैठकमा उठाइएका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले अबदेखि यस्ता कार्यक्रममा अध्यक्षद्वयको तस्वीर नराखिने जानकारी दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप