माधव नेपालले भने– पार्टीभित्र समस्या छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीभित्र समस्या रहेको स्वीकार गरेका छन् ।
यद्यपि उनले समस्या समाधान हुने भन्दै नआत्तिन कार्यकर्तालाई अनुरोध गरे ।
बिहीबार राजधानीमा आयोजित पार्टीको बागमतीस्तरीय प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै नेपालले पार्टीलाई विघटनको दिशामा जान नदिन सबै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘यो पार्टी हामीले विघटनको दिशामा जान दिँदैनौं भनेर प्रतिज्ञा गर्नु पर्छ । हामीले यो आन्दोलनलाई विचलित हुन दिनु हुँदैन’, पार्टीमा देखिएको समस्याप्रति लक्षित गर्दै नेता नेपालले भने, ‘कार्यकर्ता आतिनु पर्दैन । अहिले समस्या छ । त्यो समाधान हुन्छ ।’
नीति र विधान पालनाबाट मात्रै पार्टी बलियो हुने पनि नेता नेपालले बताए । पार्टीमा एकता, संघर्ष र विवाद सधै जारी रहने तर त्यो संघर्ष र विवाद पार्टीमा सीमित रहनुपर्ने पनि नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’