माधव नेपालले भने– पार्टीभित्र समस्या छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीभित्र समस्या रहेको स्वीकार गरेका छन् ।
यद्यपि उनले समस्या समाधान हुने भन्दै नआत्तिन कार्यकर्तालाई अनुरोध गरे ।
बिहीबार राजधानीमा आयोजित पार्टीको बागमतीस्तरीय प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै नेपालले पार्टीलाई विघटनको दिशामा जान नदिन सबै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘यो पार्टी हामीले विघटनको दिशामा जान दिँदैनौं भनेर प्रतिज्ञा गर्नु पर्छ । हामीले यो आन्दोलनलाई विचलित हुन दिनु हुँदैन’, पार्टीमा देखिएको समस्याप्रति लक्षित गर्दै नेता नेपालले भने, ‘कार्यकर्ता आतिनु पर्दैन । अहिले समस्या छ । त्यो समाधान हुन्छ ।’
नीति र विधान पालनाबाट मात्रै पार्टी बलियो हुने पनि नेता नेपालले बताए । पार्टीमा एकता, संघर्ष र विवाद सधै जारी रहने तर त्यो संघर्ष र विवाद पार्टीमा सीमित रहनुपर्ने पनि नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण