पार्टी एकताले अप्ठ्यारो स्थिति सिर्जना भएको छ: ईश्वर पोखरेल
बिहीबार, १५ फागुन २०७६, १४ : ०३
काठमाडौं । उपप्रधानमन्त्री एवम् नेकपाका नेता ईश्वर पोखरेलले पार्टी एकताले अप्ठ्यारो स्थिति सिर्जना भएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको आचरणले वर्तमानमा समस्या ल्याएको दाबी गरे । उनले भने, ‘विगतले केही दिनेवाला छैन । विगतले शिक्षा मात्र दिने हो । पार्टी एकताबाट मत मिल्यो तर मन मिलेन । एकतामा एताउता गर्ने कुरा स्वीकार्य छैन ।’
पोखरेलले सही विचारबाट निर्देशित नभएको पंक्ति दिशाविहीन हुने बताउँदै दुवै पार्टीको विचार अङ्गाल्दा समस्या आएको बताए । उनले भने, ‘त्यसैले पार्टी एकताले अलि अलि अप्ठ्यारो भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा