पार्टी एकताले अप्ठ्यारो स्थिति सिर्जना भएको छ: ईश्वर पोखरेल
बिहीबार, १५ फागुन २०७६, १४ : ०३
काठमाडौं । उपप्रधानमन्त्री एवम् नेकपाका नेता ईश्वर पोखरेलले पार्टी एकताले अप्ठ्यारो स्थिति सिर्जना भएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको आचरणले वर्तमानमा समस्या ल्याएको दाबी गरे । उनले भने, ‘विगतले केही दिनेवाला छैन । विगतले शिक्षा मात्र दिने हो । पार्टी एकताबाट मत मिल्यो तर मन मिलेन । एकतामा एताउता गर्ने कुरा स्वीकार्य छैन ।’
पोखरेलले सही विचारबाट निर्देशित नभएको पंक्ति दिशाविहीन हुने बताउँदै दुवै पार्टीको विचार अङ्गाल्दा समस्या आएको बताए । उनले भने, ‘त्यसैले पार्टी एकताले अलि अलि अप्ठ्यारो भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले कृषि विकासका लागि २ अर्ब बजेट छुट्ट्यायो
-
प्रधानमन्त्री देशको भन्दा छिमेकीको पक्षमा उभिए : शंकर पोखरेल
-
बागमती प्रदेशले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने
-
‘करको दर हेरफेर गर्ने अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ’
-
बागमती सरकारले विपन्न परिवारलाई आवास उपलब्ध गराउने
-
सुरु भयो कर्णालीको बजेट भाषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण