रिहा भएपछि मिडियामा आस्था राउत : मलाई खाने बाघले तपाईंहरुलाई पनि खान्छ (भिडियो)
काठमाडौँ । गायिका आस्था राउत मिडियाविरुद्ध खनिएकी छिन् । मङ्गलबार धरौटीमा रिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै राउत उल्टै मिडियाविरुद्ध खनिएकी हुन् ।
सोमबार बिहान काठमाडौँ परिसर टेकुमा आफै पुगेर आत्मसमपर्ण गरेको समाचारको विषयमा मिडियाहरुले शीर्षक बङ्ग्याएर जथाभावी समाचार बनाएको अरोप समेत राउतले लगाएकी छन् ।
आफ्नो गिरफ्तारीबाट प्रहरी सङ्गठन र आफू दुवैलाई राम्रो नभएको चर्चा गरेकी राउतले आफ्नो गिरफ्तारीलाई व्यवसायीक रुपमा नहेरिदिन आग्रह गरिन् ।
सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनिन्, ‘मलाई खाने बाघले तपाईंहरुलाई पनि खान्छ ।’
आक्रोशित मुद्रामा प्रस्तुत भएकी राउतले सञ्चारकर्मीलाई लक्षित गर्दै थपिन्, ‘द्याट्स नो द वे’ तपाईहरुको पनि एउटा इथिक्स हुन्छ । जे हो सत्य बोलिदिनु । म सत्यमा हिँडिरहेको छु भने तपाई मिडियाकर्मीहरु झन सत्यमा हिँड्नुपर्छ ।’
‘सोझासाझा मान्छेहरुले १०० प्रतिशत तपाईंहरुलाई आँखा चिम्लिएर विश्वास गर्छन् । तपाईहरुले त्यसको कदर गरिदिनुस्,’ उनले अगाडि भनिन्, ‘तपाई मिडियाहरुले एकदमै ध्यान दिनु जरुरी छ ।’

चार हजार धरौटी बुझाएपछि हस्ताक्षर गर्न लाग्दै आस्था राउत ।
अनावश्यक शीषर्क राखेर समाचार लेख्ने मिडियाहरुलाई कारबाही हुनुपर्ने उनको माग थियो । उनले पत्रकारलाई सिकाइन्, ‘शीर्षक बङ्ग्याएर लेख्नेहरुलाई ढिलोचाँडो कारबाही हुन्छ नै । आफ्नो पत्रकारिताको इथिक्स नबिर्सिदिनुहोला ।’
आफू सर्वप्रथम सर्वसाधारण र त्यसपछि गायिका रहेको बताएकी राउतले गल्ती गरेको कारण सार्वजनिक रुपमै माफी मागेको समेत बताइन् । यसलाई ध्यान दिएर समाचार सम्प्रेषण गर्न उनले सुझाइन् ।
‘आफूले आक्रोशमा भिडियोमार्फत बोलेको शब्दले प्रहरी सङ्गठनप्रति नराम्रो छाप परेपनि आफूलाई प्रहरी संगठनले धेरै सहयोग गरेको छ,’ उनले भनिन्, ‘म गलत रहेछु । प्रहरी हाम्रो साथी ‘स्लोगन’ मात्र होइन खासमा साथी नै रहेछ ।’
राउतले कानुनभन्दा माथि कोही नरहेको पनि बताइन् । उनले भनेकी छन्, ‘कलाकार, प्रशासन पत्रकार जो कोही पनि कानुनभन्दा माथि छैन् ।’
राउत जिल्ला प्रशासन कार्यालयको आदेशमा ४ हजार धरौटीमा रिहा भएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण




