गायिका आस्था राउत सरकारी वकिलको कार्यालयमा
मङ्गलबार, १४ माघ २०७६, १३ : ५५

काठमाडौं । प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ । गायिका राउतलाई केहीबेरअघि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।
राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।
सोमबार साँझ ८ बजेसम्म काठमाडौ परिसरमा रहेकी राउतले आफू हिरासतमा नबस्ने भनेपछि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ केजी ४७५ ग्राम सुनसहित विमानस्थलबाट ४ जना पक्राउ
-
कर्णाली सरकारले ल्यायो ‘घर बीमा’ कार्यक्रम
-
ट्रम्पको क्याबिनेट बैठकको कभरेज गर्नबाट प्रमुख समाचार संगठनमाथि रोक
-
सामाजिक अधिकार एक सेन्टिमिटर पनि तलमाथि हुँदैन : प्रधानमन्त्री
-
नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा, वायु गुणस्तर ‘अत्यन्तै अस्वस्थकर’
-
स्याङ्जामा मगर दिवस मनाइँदै