गायिका आस्था राउतलाई अस्पताल लगियो
काठमाडौ । प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको छ । बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको हो । राउतलाई अस्पतालको चौथो तल्लाको ४२३ नम्बर बेडमा राखेर उपचार भैरहेको अस्पताल प्रशासनले जनाएको छ । राउतको उपचारमा डा. सुभाषचन्द्र यादवको टोली खटिएको छ । तर, गायिका राउतलाई के भएको भन्ने कुरा खुलाइएको छैन ।
राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।
सोमबार साँझ ८ बजेसम्म काठमाडौ परिसरमा रहेकी राउतले आफू हिरासतमा नबस्ने भनेपछि अस्पताल लगिएको स्रोतले जनाएको छ । गायिका राउतमाथि त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् ।
त्रिभुवन विमानस्थलमा माघको पहिलो साता राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौज गरेकी थिइन् ।
राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण