प्रहरीलाई गाली गरेको आस्था राउतको भिडियो भाइरल, छानबिन समिति गठन

काठमाडौँ । गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । ‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो ?’ भन्दै आस्थाले प्रश्न गरेकी छिन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले आरोप लगाएकी हुन् ।
भद्रपुर विमानस्थलमा रमिता नामक महिला प्रहरीले आफूमाथि असभ्य व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै आक्रोश पोखेकी छिन् ।
यतिबेला राउतले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ । भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन ।
भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि फुलिस’ जस्ता अपशब्द पनि प्रयोग गरेकी छन् । प्रहरी हाम्रो साथी भन्ने स्लोगन समेत हटाउन राउतले बताएकी छन् ।
यता, प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियो आफूले नि हेरेको र छानविन प्रक्रिया सुरु भइसकेको बताए । उनले भने, ‘प्रहरीलाई गालीगलौज गरेको भिडियो देखेपछि छानबिन समिति गठन भइसकेको छ ।’
सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गायिका राउतले माफी मागेकी छन् । ‘रिसको आवेगमा वेद पढिदैँन्, मलाई पनि त्यस्तै भयो,’ गायिका राउतले माफी माग्दै भनेकी छन्, ‘शब्दहरुको लागि क्षमा चाहन्छु ।’
हेर्नुहोस् भिडियो :-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
७ प्रतिक्रिया
भर्खरै
-
तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन
-
रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुख निखिल पक्राउ
-
सांसदहरूले भने– नागरिकता विधेयकले विभेदको अन्त्य गर्नुपर्छ
-
अनेरास्ववियुको नेतृत्वमा सहमति जुटाउने जिम्मा ७ नेतालाई, कसको सम्भावना बढी ?
-
१० महिनामा २१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार
-
मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा