प्रहरीलाई गाली गरेको आस्था राउतको भिडियो भाइरल, छानबिन समिति गठन
काठमाडौँ । गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । ‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो ?’ भन्दै आस्थाले प्रश्न गरेकी छिन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले आरोप लगाएकी हुन् ।
भद्रपुर विमानस्थलमा रमिता नामक महिला प्रहरीले आफूमाथि असभ्य व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै आक्रोश पोखेकी छिन् ।
यतिबेला राउतले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ । भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन ।
भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि फुलिस’ जस्ता अपशब्द पनि प्रयोग गरेकी छन् । प्रहरी हाम्रो साथी भन्ने स्लोगन समेत हटाउन राउतले बताएकी छन् ।
यता, प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियो आफूले नि हेरेको र छानविन प्रक्रिया सुरु भइसकेको बताए । उनले भने, ‘प्रहरीलाई गालीगलौज गरेको भिडियो देखेपछि छानबिन समिति गठन भइसकेको छ ।’
सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गायिका राउतले माफी मागेकी छन् । ‘रिसको आवेगमा वेद पढिदैँन्, मलाई पनि त्यस्तै भयो,’ गायिका राउतले माफी माग्दै भनेकी छन्, ‘शब्दहरुको लागि क्षमा चाहन्छु ।’

हेर्नुहोस् भिडियो :-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
७ प्रतिक्रिया
भर्खरै
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण