गल्ती गर्ने बाइक, क्षतिपूर्ति तिर्ने गाडी ?
काठमाडौँ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण र दुर्घटनाबाट हुने जनधनको क्षति कम गर्नु अहिलेको अवस्थामा चुनौतीपूर्ण बन्दै गएको छ । सीमित सडकमा बढ्दो सवारी साधन व्यवस्थित गर्न चानचुने प्रयासमात्र सम्भव हुँदैन । यसका लागि सडक अनुशासन कडाइका साथ पालना गर्नुका साथै ट्राफिक नियम र सडक अनुशासन उल्लङ्घन गर्ने जो कोहीलाई दण्ड र जरिवानाको दायरामा ल्याउन अति आवश्यक हुन्छ ।
सडकमा सबैका लागि समान नियम–कानुन लागू हुनुपर्छ । यस्तो व्यवस्थाले सबैलाई नियम–कानुन पालनामा जिम्मेवार बनाउँछ । सवारी सम्बन्धी नियम–कानुनले पनि सबैका लागि समान व्यवस्था गरेको छ । यद्यपि व्यवहारमा साना र ठूला सवारी साधनबीच विभेद देखिदैँ आएको छ ।
केही उदाहरण
१. भक्तपुरको गठ्ठाघरमा सडक छेउ रोकेको एउटा ट्रकमा मोटरसाइकल ठोक्कियो । मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा ट्रक मुनी मोटरसाइकल छि-यो । दुर्घटनापछि ट्रक चालकको खोजी भयो, होटलमा खाना खाइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइयो । सडकको छेउमा पार्किङ गरेर खाना खान जानु नै उनको दोष थियो । ६ लाख रुपैयाँ क्षतिपूर्ति तिरेपछि उनलाई रिहा गरियो ।
२. काठमाडौँ उपत्यकामै ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल विपरीत दिशाबाट आएको एउटा कारमा ठोक्कियो । लेन क्रस गरेर विपरीत दिशाबाट आउँदै गरेको कारमा मोटरसाइकल ठोक्किएको अवस्थामा पनि कार चालकलाई नियन्त्रणमा लिइयो । आफ्नो गल्ती र लापरवाही नहुँदा नहुँदै पनि उनले मोटरसाइकल चालकको लापरवाहीको सजाय भोगे– क्षतिपूर्ति तिरेर । उक्त दुर्घटनामा उनको आफ्नै कारमा समेत क्षति भएको थियो ।
३. सुन्धारादेखि भद्रकालीसम्मको एकतर्फी बाटोमा मोटर साइकल प्रवेश ग¥यो । भद्रकालीतर्फबाट सुनधारातिर आउनमात्र पाउने उक्त सडकमा मोटरसाइकल चालकले ट्राफिक नियम उल्लंघन गर्दै सुनधारातिरबाट भद्रकालीतर्फ प्रवेश गरे । विपरीत दिशाबाट आएको बसमा उनी ठोक्किए । उनको निधन भयो । दुर्घटनामा संलग्न बसका तर्फबाट क्षतिपूर्ति तिराइयो ।
यी प्रतिनिधिमुलक केही घटना हुन् । यस प्रकारका घटना कहीँ न कहीँ भइरहेका हुन्छन् । साना सवारी साधनको गल्तीका कारण दुर्घटना हुने तर ठूलाले क्षतिपूर्ति तिर्नुपर्ने विडम्बनाका कारण साना सवारी साधनका चालकलाई सडक अनुशासन र ट्राफिक नियम पालनमा जिम्मेवार बनाउन सकिएको छैन ।
लेन क्रस गरेर विपरीत दिशाको सवारी लेनमा साना सवारी साधन आएको अवस्थामा ठूला सवारीका चालक आत्तिनुपर्ने अवस्था आउँछ । लेन क्रस गरेर विपरीत दिशाका सवारीको लेनमा आएर पनि साना सवारी साधनले ठूला सवारी साधनलाई ठक्कर दिएमा क्षतिपूर्ति ठूला सवारी साधनबाटै भराइन्छ । परिणामतः साना सवारी साधनका चालक सडकमा गैरजिम्मेवार भइरहन्छन् ।
सडकमा जसको कसुर हुन्छ, उसैलाई दण्ड र सजायको भागिदार बनाउनु पर्छ । उदाहरणका लागि, एकतर्फी बाटोमा नियम उल्लंघन गरी प्रवेश गरेको मोटरसाइकल, कार लगायतका साना सवारी साधनले ठूला सवारी साधनलाई ठक्कर दिएको अवस्थामा ठूला सवारी साधनलाई दण्ड र जरिवानाको दायरामा किन ल्याउने ?
लेन नियम उल्लंघनमा ठाउँको ठाउँ कारवाही गर्न हाम्रो जनशक्ति, स्रोत र साधनले सम्भव हुँदैन । केहीलाई सिसिटिभी फुटेजको आधारमा कारवाही गर्ने गरिए पनि त्यो सबैतिर पर्याप्त हुन सकेको छैन ।
के गर्नुपर्छ ?
सडकमा जसको कसुर हुन्छ, उसैलाई दण्ड र सजायको भागिदार बनाउनु पर्छ । उदाहरणका लागि, एकतर्फी बाटोमा नियम उल्लंघन गरी प्रवेश गरेको मोटरसाइकल, कार लगायतका साना सवारी साधनले ठूला सवारी साधनलाई ठक्कर दिएको अवस्थामा ठूला सवारी साधनलाई दण्ड र जरिवानाको दायरामा किन ल्याउने ? ठूला सवारी साधनको पछिल्तिर आएर साना सवारी साधन ठोक्किएको अवस्थामा ठूला सवारी साधनलाई किन कसुरदार मान्ने ? नियममा यस प्रकारको विभेद नभए पनि व्यवहारमा ठूला सवारी साधनका चालकले यस्तो विभेदको महसुस गर्दै आएका छन् । साना सवारी साधनका चालकले यसरी नै उन्मुक्ति पाउने हो भने उनीहरु कसरी जिम्मेवार बन्न सक्छन् ?
दुर्घटनामा पैदल यात्रीको मृत्यु भएमा हमेसा सवारी साधनलाई नै दोषी ठह-याइन्छ । आकाशेपुल कै मुनी बाटो काटिरहेको अवस्थामा होस्, सवारी साधनको ताँती आइरहेको अवस्थामा जथाभावी बाटो काटेको अवस्थामा होस्, सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु वा घाइते भएको अवस्थामा सवारी चालककै गल्ती मानिन्छ ।
हाम्रा यी अनुभव र अभ्यासले अहिलेको समयमा ट्राफिक नियम पालना, दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम राख्न सघाउ पुग्दैन । सडक प्रयोगकर्ता सबैका लागि समान नियम हुनुपर्छ । कसको कति कसुर छ भन्ने निर्धारण गरेरमात्र दुर्घटनामा संलग्न सवारी साधनलाई कारवाही र क्षतिपूर्तिको दायरामा ल्याउन आवश्यक छ । हरेक प्रकारका दुर्घटनामा सवारी साधनको आकार र प्रकृति हेरेर दण्ड र जरिवानाको व्यवस्था गर्नु वैज्ञानिक र व्यवहारिक हुन सक्दैन ।
पैदल यात्रीलाई पनि जिम्मेवार बनाऔँ
सडकमा पैदल यात्रीलाई पनि जिम्मेवार बनाउन जरुरी छ । दुर्घटनामा सबैभन्दा बढी क्षति पैदलयात्रीलाई हुने गरेको छ भने अधिकांश दुर्घटना पैदल यात्री कै कारण हुने गरेको पाइन्छ ।
दुर्घटनामा पैदल यात्रीको मृत्यु भएमा हमेसा सवारी साधनलाई नै दोषी ठह-याइन्छ । आकाशेपुल कै मुनी बाटो काटिरहेको अवस्थामा होस्, सवारी साधनको ताँती आइरहेको अवस्थामा जथाभावी बाटो काटेको अवस्थामा होस्, सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु वा घाइते भएको अवस्थामा सवारी चालककै गल्ती मानिन्छ ।
जहाँ आकाशे पुल छ, त्यसको आसपास सवारी चालकले सडकमा पैदलयात्री प्रवेश गर्दैन भन्ने मानसिकताका साथ सवारी चलाएको हुन्छ । आकाशे पुल प्रयोग नगरी सडकमा जथाभावी प्रवेश गर्ने पैदलयात्रीको लापरवाहीलाई पनि नियम कानुनको दायरामा ल्याउन जरुरी हुन्छ ।
पैदलयात्रीले निश्चित स्थानमा मात्र बाटो काट्ने व्यवस्था हुनु पर्छ । जेब्रा क्रसभन्दा बाहेक बाटो काट्न निशेष गर्नुपर्छ । जेब्रा क्रसभन्दा बाहेक बाटो काटेको अवस्थामा दुर्घटना भएमा पैदलयात्रीको उपचार खर्च लगायतमा सम्बन्धित सवारी चालकलाई ५० प्रतिशतमात्र जरिवानाको व्यवस्था गर्नुपर्छ । अन्यथा पैदल यात्रुलाई सडक अनुशासनमा जिम्मेवार तुल्याउन कठिन हुन्छ ।
सडक सबैको साझा हो, सडक प्रयोगकर्ता सबैलाई साझा नियममा समेट्न जरुरी छ । सानालाई छुट र ठूलालाई मात्र कारवाही तथा क्षतिपूर्ति तिराउने दायरामा ल्याउँदा सडक नियम पालना भनेको हमेसा ठूला सवारी साधनले मात्र गर्नुपर्ने हो भन्ने सन्देश जान्छ । जबकि अधिकांश दुर्घटना साना सवारी साधनको लापरवाहीबाट हुन्छ ।