काँग्रेसको वार्ता टोलीबीच चाक्सीबारीमा छलफल

काठमाडौं । नेपाली काँग्रेसमा उत्पन्न आन्तरिक विवाद समाधानका लागि वार्ता टोलीबीच छलफल सुरु भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको वार्ता टोलीबीच छलफल सुरु भएको सिंहका प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार देउवा पक्षबाट उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट पूर्वमहामन्त्री सिंह, नेताद्वय दिलेन्द्र बडू र हृदयराम थानी छलफलमा सहभागी छन् । शुक्रबार बस्ने केन्द्रीय समिति बैठका एजेण्डामा सहमतिको जुटाउन वार्ता टोली छलफलमा जुटेको हो । मंसिर २६ गते बिहीबारबाट जारी केन्द्रीय समिति बैठकमा छलफलको एजेण्डाबारे देउवा र पौडेल पक्षबीच विवाद जारी छ ।
पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, विभाग गठन, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको विषयमा सहमतिको प्रयासमा छन् । चार वटै विषयमा प्याकेजमा सहमतिको माग गर्दै पौडेल पक्षले केन्द्रीय समिति बैठक निरन्तर बहिष्कार गर्दै आएको छ ।
सहमतिका लागि दुई पटक स्थगित गरी केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको छ । वार्ता टोलीले आज पनि सहमति जुटाउन नसके सभापति देउवाले भोलिको बैठकबाट विधान र लोकतान्त्रिक प्रक्रिया अनुरुप बहुमतका आधारमा निर्णय लिने तयारी गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ग्वालियरस्थित होटलमा देह व्यापार, नेपाली महिला पक्राउ
-
पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण
-
केटी पेरीसहित महिलाहरूको समूह अन्तरिक्ष यात्रामा जाँदै
-
कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
-
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’