शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा–पौडेल पक्षबीच सहमतिको ‘भगीरथ प्रयास’ कहाँ पुग्यो ?

बुधबार, ०२ पुस २०७६, १२ : ३५
बुधबार, ०२ पुस २०७६

काठमाडौंँ । नेपाली काँग्रेसमा संस्थापन र इतर पक्षबीच १४ औँ महाधिवेशन कार्यतालिका, विभाग र नेविसंघको गठनका साथै तरुण दलको विस्तारका लागि सहमतिको ‘भगीरथ प्रयास’ भइरहेको छ । 

मंसिर २६ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा उक्त विषयमा दुई पक्षबीच कुरा नमिल्दा बैठकले सार्थकता पाउन सकेको छैन । 

पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अनुपस्थितमा पनि गत  बिहीबार र आइतबारको बैठक सञ्चालन गरेका थिए । 

यद्यपि, उक्त बैठकले पार्टीको आन्तरिक विषयमा कुनै निर्णय लिएन ।  बरु यो बीचमा पौडेल पक्षलाई मनाउन पार्टी सभापति देउवा र उपसभापति विमलेन्द्र निधिले निकै दौडधूप गरे । 

पौडेल पक्षले बिहीबारको बैठक बहिस्कार गरेपछि देउवा पक्ष वरिष्ठ नेता पौडेल, महामन्त्री शंशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निरन्तर संवाद गर्दै आएको छ । हिजो (मंगलबार) पनि सिंह निवासमा निधि, सिंह केन्द्रीय सदस्यद्वय दिलेन्द्र बडु र हृदयराम थानीबीच दुई घण्टाको वार्ता भएको थियो । 

उक्त वार्ता सहमतिनजिक पुगेको उपसभापति निधिले रातोपाटीलाई बताए । 

उनले भने, ‘महाधिवेशनको कार्यतालिका र विभाग गठनमा करिब सहमति भएको छ । नेविसंघ गठन र तरुण दल विस्तारको मोडलबारे सहमति हुन सकेको छैन । तर, सहमतिको नजिक छौँ ।’ 

देउवाले २८ वटा विभागलाई बढाएर ४१ पुर्याउने प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा राखेका छन् । पौडल पक्षले विभाग बढाउने प्रस्तावप्रति नै विमति राख्दै आएको छ ।

संगठन, प्रचार, जनसम्पर्क र विदेश विभाग आफूले राखेर अन्य विभागमा ४० प्रतिशत पौडेल पक्षलाई दिन देउवाले  पौडेल पक्षले आन्तरिक प्रस्तावप्रति पनि पौडेल राजी देखिँदैन । 

महत्त्वपूर्ण चारमध्ये एउटा विभागको नेतृत्व पाउनुपर्ने पौडले पक्षको अडान छ । 

निधिका अनुसार संघ गठनमा कस्तो मोडल अपनाउने भन्नेमा दुवै पक्षबीच आ–आफ्ना प्रस्ताव अघि सारेका छन् । देउवा पक्षले नेविसंघमा चार महामन्त्री प्रस्ताव गरेको छ । तर पौडेल पक्षले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्षसहित १ सय १ कार्यसमितिको प्रस्ताव गरेका छ । 

यस्तै तरुण दलमा वर्तमान अध्यक्ष जितजंग बस्नेत नेतृत्वको दललाई महाधिवेशन गराउन थप ६ महिनाको समय दिने प्रस्ताव केन्द्रीय कार्यसमितिमा प्रस्ताव गरेका सभापति देउवाले पौडेल पक्षसँगको वार्तामा पनि त्यही अडान राखेका छन् । 

तर,  पौडेल पक्षले तरुण दलको ६ महिना म्याद थप्नुभन्दा पोखरा महाधिवेशनको भावनाअनुसार ९५ सदस्यीय कार्यसमिति बनाउनुपर्ने प्रस्ताव राखेको छ । साथै नेविसंघ र तरण दलमध्ये एकको नेतृत्व पाउनुपर्ने पौडेल पक्षको अडान छ ।

नेविसंघ र तरुण दलकामा देउवा पौडेलले आफ्नो अडान राखेपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहमतिका लागि मध्यस्थकर्ताको भूमिका देखिएका छन् ।

मंगलबार पौडेल पक्षीय वार्ता समितिका सदस्यहरूसँग छलफल सिटौलाले छलफल गरेका थिए । 

बैठकमा सहभागी नेता थानीका अनुसार नेविसंघ र तरुण दलबारे निर्णय लिँदा सबैलाई समेट्ने खालको मोडल हुनुपर्नेमा सिटौलाको थियो । 

त्यसो गर्दा तीन महामन्त्रीमा सहमति जुट्न सक्ने सिटौलाको भनाइ छ । सभापति पक्षले अध्यक्षसहित बहुमत सदस्य लिएर सबै पक्षलाई मिलाउनु पर्ने सिटौलाको भनाइ छ ।

पार्टीका नेताहरुबीच नेविसंघ तरुण दलमा भागबण्डाको जोडघटाउ चलिरहँदा पौडेल संघ र दलका नेताहरुबीच मंगलबारमा छलफल भएको थियो । 

तरुण दलको पार्टी महामन्त्री शशांक कोइराला निवासमा र नेविसंघको मध्यबानेश्वरस्थित एक पार्टी प्यालेसमा भेला भएको थियो । 

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीको संयोजनमा भएको  भेलामा केन्द्रीय सदस्यद्वय रामकृष्ण यादव, सरिता प्रसाईं र तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ सहभागी थिए । नेविसंका नेता मनोजमणि आचार्यको संयोजनमा भएको भेलामा केन्द्रीय सदस्यहरू नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, बद्री पाण्डे र कल्याण गुरुङको उपस्थिति थियो ।

दुवै भेलाले दल र संघमध्ये एउटाको नेतृत्व आफूहरुलाई पाउनु पर्ने निष्कर्ष निकालेका थियो । साथै उनीहरुले त्यसो नगरी समानान्तर समिति बनाउने पार्टी नेतृत्वलाई चेतावनी समेत दिएका छन् । 

यता सहमति नभएको विषयमा बैठकअघि सहमति गरेर आजको बैठक सञ्चालन हुने प्रवक्ता शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप