दसैँमा खाने होइन त ककटेल ?
मधुशालाका पारखीका लागि ककटेल चिरपरिचित नाम हो । नेपालमा पार्टी कल्चर भित्रिएसँगै विभिन्न प्रकारका ककटेल, मकटेल भित्रिए ।
साथीभाइसँगको जमघट, भेटघाट, चाडबाडमा मानिसहरुले रमाइलो गर्ने उद्देश्यसहित ककटेल मकटेलको सेवन गर्ने गर्छन् । त्यसमाथि दसैँ, मेलमिलापको चाड हो । यतिबेला मानिसहरु सँगै बसेर खानपिन गर्ने, रमाइलो गर्ने, तास खेल्ने भनेर दिन नै गनेर कुरेर बसेका हुन्छन् ।
दसैँका बेला मासुको मात्रै होइन, रक्सीको पनि राम्रै व्यापार हुन्छ । आफ्नो पेय पदार्थमा केही सामग्री थपेर वा प्रयोग गरेर स्वादमा फरकपन पाउने उद्देश्यसहित ककटेल बनाइन्छ । ककटेल घरमै पनि निकै सजिलै बनाउन सकिन्छ । के के सामग्री, कति मात्रामा, कतिबेला र कसरी हाल्ने भनेर थाहा भए, हामीले आफ्नै हातले उत्कृष्ट ककटेल बनाउन सक्छौं ।

कुमारीपाटीस्थित आर एण्ड बी स्टेप इन लाउन्जका बारटेन्डर टाइसन मोक्तानले हामीलाई निकै सजिलै ककटेल बनाउने विधि सिकाएका छन् ।
ककटेलको नामः मोहितो
चाहिने सामग्रीः
– भोड्का

– सुगर सिरप
– पुदिनाको पात
– चार÷पाँचवटा कागती
बनाउने विधिः
– पुदिनाको पातलाई हात्केलामा राखेर अर्को हातले हिर्काउने । यसो गरे पुदिनाको गन्ध सबैतिर फैलिन्छ ।
– त्यसलाई खाली गिलासमा हाल्ने
– चारदेखि ६ पिस कागती हाल्ने । पुदिना र कागतीलाई ‘मडल’ गर्ने

– त्यसपछि ६० मिलिलिटर भोड्का हाल्ने, त्यसपछि सुगर सिरप वा चिनी हाल्ने ।
– त्यसपछि आफ्नो इच्छा अनुसार आइस हाल्ने ।
– अन्त्यमा स्प्राइट वा सोडा हाल्ने र राम्रोसँग चलाएपछि रेडी हुन्छ मोइतो ।

ककटेलको नामः फिडेल क्यास्ट्रो

चाहिने सामग्रीः
६० मिलि लिटर डार्क खुकुरी रम
जिन्जर एली
१५ मिलि लिटर कागतीको रस
बनाउने विधिः
– ६० मिलि लिटर खुकुरी रम एउटा गिलासमा हाल्ने
– त्यसपछि १५ मिलि लिटर कागतीको रस हाल्ने
– त्यसपछि हाल्ने आइस क्युब (आफ्नो इच्छानुसार)
– अन्तिममा फिनिसिङ दिन जिन्जर एले हालेर राम्रोसँग चलाउने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण