चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध जोडेपछि नेकपालाई के फाइदा होला ?
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध विस्तारका विषयमा सम्झौतापत्रमा हस्तक्षर भएको छ । दुई पार्टी एकतापछि नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच औपचारिक रुपमा भाइचारा सम्बन्ध विकास गर्ने गरी लिखित सम्झौता भएको पहिलोपटक हो । तत्कालीन एमाले र माओवादीसँग चिनियाँ कम्युनिष्ट पार्टीको भिन्दाभिन्दै सम्बन्ध थियो ।
६ बुँदे सम्झौतापत्रमा उच्चस्तरीय भ्रमण, कार्यकर्ता तहको अध्ययन भ्रमण बृद्धि, पार्टी–पार्टी अनुभव आधारित सहयोग आदान–प्रदान, युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान–प्रदान, जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि र विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालनजस्ता विषय छन् ।
यद्यपि पार्टी एकतापछि दुवै देशका कम्युनिष्ट पार्टीका नेताहरुका भ्रमण आदानप्रदान भैरहेका छन् । गएको डेढ बर्षमा नेकपाका धेरै नेता–कार्यकर्ताले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमण गरेका छन् । र, यस्तो भ्रमण गर्नेमा शीर्ष नेता पनि छन् । अहिले पनि नेकपाका २९ जना मेयर–उपमेयर चीनको अध्ययन भ्रमणमा छन् ।पछिल्लोपटक शीर्ष तहमा पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले चार दिने चीन भ्रमण गरेका थिए ।
यस्तो सम्झौताले नेकपालाई के फाइदा हुन्छ ? नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, ‘पार्टी एकतापछि पहिलो पटक औपचारिक रुपमा भाईचारा सम्बन्ध विकसित भएको छ । यसले भ्रमण बढाउने छ र एक अर्काका पार्टीका अनुभव साट्न मद्धत पुर्राउनेछ ।’
अर्का एक नेताको प्रतिक्रिया छ, ‘यो औपचारिकता मात्र हो । सम्झौता भयो भन्दैमा सवै बदलिन्छ भन्ने होइन । पहिलाजस्तै दुई पार्टीवीचको सम्बन्ध रहन्छ । यसले केही मात्रामा विश्वास चाहिँ बढाउँछ ।’ सम्झौतापत्रमा हस्ताक्षर पछि चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख साङ ताओ उत्साही थिए ।
स्रोतका अनुसार ताओलेदुई पार्टी र दुई देशवीचको सम्बन्धवारे चारवटा विषयमा बोलेका थिए । सम्झौता पत्रमा हस्ताक्षर हुँदा त्यहीँ रहेका नेकपाका एक नेताका अनुसार ताओले नेपालले तिव्वतबारे लिएको नीतिको प्रंशसा गरेका थिए ।
चिनियाँ नेता ताओको भनाई उद्धृत गर्दै नेकपाका ती नेताले भने, ‘हाम्रो सम्बन्ध छिमेकीको रुपमा थप प्रगाढ हुन्छ । तपाईंहरुले तिब्बतकोबारेमा जुन अडान राख्नुभएको छ, त्यसको हामी प्रसंशा गर्छौँ । र, तपाईंहरुको सार्वभौमसत्ताको पक्षमा पनि हामी छौं । विकास साभेदारीमा हामी तपाईंहरुसँगै रहन्छौँ । तपाईंहरुसँग कमरेडी सम्बन्ध पनि कायम राख्न चाहन्छौं ।’
सोही अवसरमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालले चीनको विकास र समृद्धिबाट सबै उत्साहित भएको बताएका थिए । उनले चीनको विकासबाट नेपाल पनि लाभान्वित हुन चाहेको पनि बताएका थिए ।
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त आयोजनामा दुईदिने विचारधारात्मक प्रशिक्षणको दोस्रो दिन भाईचारा सम्बन्ध विस्तार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उद्घाटन सत्रमा पुगेका नेकपाका अध्यक्षद्धयले चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रशंशा गरेका थिए ।
सम्झौतापत्रमा हस्ताक्षर हुँदा पनि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति थियो । तर, नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीवीचको निकटतालाई विपक्षी दल कांग्रेसले शंकाको दृष्टिले हेरेको छ । काँग्रेसले त नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भाृत संस्थाजस्तो भएको भनेर टिप्पणी गरेको छ ।
यो पनि पढ्नुहोसः
के नेकपा उत्तरतिर ढल्केकै हो ?
यस्ता छन् नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको ६ बुँदे समझदारी
प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुख ताओबीच भेटवार्ता
नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्झौतामा हस्ताक्षर
नेपाल–चीनबीचको सम्बन्ध हिमाल झैं उच्च र अटल छ : प्रधानमन्त्री ओली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास