नेपाल–चीनबीचको सम्बन्ध हिमाल झैं उच्च र अटल छ : प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीनबीचको सम्बन्ध हिमाल झैं उच्च र अटल रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित दुई पार्टीबीचको विचारधारात्मक छलफल कार्यक्रममा दुई मुलुकबीचको सम्बन्धलाई हिम नदीझैं स्वच्छ र अविछिन्न रहेको पनि बताए ।
प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको मित्रता खुला, स्वतन्त्र र अटल रहेको पनि स्पष्ट पारे । दुई मुलुकबीचको मित्रता स्वार्थहरुको लेनदेन भन्दामाथि तथा आपसी सम्मान, शान र सहयोगमा आधारित रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘हाम्रा मित्रता खुला छ, स्वतन्त्र र अटल छ । हामी एक अर्काका सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछौं,’ प्रधानमन्त्री ओलीको भने, ‘हाम्रो मित्रता स्वार्थहरुको लेनदेनभन्दा धेरै माथि छ । आपसी शान, सम्मान अनि सहयोगमा आधारित छ । हाम्रो दुई देशबीच समस्यारहित सम्बन्ध छ । हामीले हाम्रो मित्रतालाई पारस्परिक लाभ र सहयोगको भावनामा अघि बढाईरहेका छौं ।’
प्रधानमन्त्री ओलीले समयक्रममा दुई देशबीच आई पर्ने समस्याहरुलाई मैत्रीपूर्ण आपसी संवादको माध्यामबाट अघि बढाउने पनि बताए । उनले नेपाल ‘एक चीन नीति’प्रति स्पष्ट र दृढ रहेको पनि बताए । प्रधानमन्त्री ओलीले नेपाल चीनसँगको सहकार्यबाट विकास निर्माणको कामलाई अघि बढाउन सक्नेमा विश्वस्त रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण