बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्डमाथि देउवाको हमला : ‘पैसा उठाउँदै खाँदै गरेका छन्’ (भिडियो)

आइतबार, ०६ साउन २०७५, १५ : ०३
आइतबार, ०६ साउन २०७५

काठमाडौं–डा.गोविन्द केसी प्रकरणमा विपक्षी काँग्रेस झन् पछि झन् आक्रामक देखिएको छ । 

सदनदेखि सडकसम्म आन्दोलन गरेको काँग्रेसले पछिल्लोपटक आर्थिक लेनदेनको मुद्दा पनि उठान गरेको छ । 

काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डको नामै नलिइ मेडिकल कलेजबाट पैसा उठाएको आरोप लगाएका छन् । 

आइतबार काँग्रेस संस्थापक नेता वीपी कोइरालाको ३६औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालयमा काँग्रेस सभापति देउवाले मेडिकल माफियासँग पैसा खाएकैकारण सत्तारुढ दलका नेता डा. गोविन्द केसीका माग पुरा गर्नतर्फ नलागेको दावी गरे ।

‘त्यो आफ्नो मनपरी गर्न, भ्रष्टाचार गर्न, तथाकथित प्राइभेट कलेजहरुलाई सम्बन्धन दिनका लागि सारा पैसा उठाउँदै खाँदै गरेका छन् यिनीहरुले’ देउवाले आफ्नो सम्बोधनमा भने । 

डा.गोविन्द केसीले राखेका माग पुरा गर्न विज्ञ र कम्युनिष्टहरुसमेतको छलफलपछि आफ्नो नेतृत्वको सरकारले चिकित्सा शिक्षा अध्यादेश ल्याएको भन्दै देउवाले अहिलेको सरकारले मनपरी गरेको बताए । 
हिजोमात्रै काँग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसँग भेट गरि वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेका थिए ।

कम्युष्टिलाई चर्को गाली गर्दै काङ्ग्रेसले मनायो विपि स्मृति दिवस

सभापति देउवाको निर्देशन : ‘कम्युनिष्टसँग लड्न तयार रहनुस्'

सरकारको दमन धेरै समय टिक्दैन : रामचन्द्र पौडल

बानेश्वरमा काँग्रेस कार्यकर्ता र प्रहरीबीचको झडपलगत्तै देउवा प्रधानमन्त्रीलाई भेटन बालुवाटार गएका थिए । 

सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताएका थिए । 

यसअधि एक जना मेडिक कलेज संचालकले स्वास्थ्यमन्त्री हुँदा गगन थापाले १४ करोड घुस खाएर सम्बन्धन दिएको आरोप लगाएका थिए । 

काँग्रेस सभापति शेरबहादुर देउवाले विकसित राजनीतिक घटनाक्रम देखाएर आफ्नो विदेश भ्रमण रद्द गरेका छन् ।

काँग्रेस मुख्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा केहि दिन यता विकसित राजनैतिक परिस्थितिलाई मध्यनजर राखी देउवाले आफ्नो ७ दिनको विदेश भ्रमण स्थगित गरेको उल्लेख छ । 

देउवा जापान र सिंगापुर भ्रमणका लागि आज त्यसतर्फ प्रस्थानगर्ने कार्यक्रम थियो । 

सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेपनि वार्ता हुन सकेको छैन् । 

यसबीचमा वार्ता टोलीले तीन पटक डा केसीका पक्षसँग वार्ता गरिसकेको छ । 

वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले हिजो विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गरेका थिए ।

उनले डा केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै वार्ताका लागि आह्वान गरेको बताएका थिए । 

सरकारले असार ३२ गते शिक्षा सचिव बरालको संयोजकत्वमा डा केसीका पक्षसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको थियो । 

साउन ३ बोलाइएको संसद बैठक सूचना टाँसेर ११ गतेसम्मका लागि स्थागित गरिएको थियो । काँग्रेसले संसदमा यो मुद्दा जोडतोडले उठाएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप