शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारको दमन धेरै समय टिक्दैन : रामचन्द्र पौडल

आइतबार, ०६ साउन २०७५, १३ : ३३
आइतबार, ०६ साउन २०७५

काठमाडौं– वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार निरंकुश र दमनकारी शैलीमा अघि बढेको बताएका छन् ।
संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सरकारको दमन धेरै समय नटिक्ने चेतावनी दिए ।
उनले डाक्टर गोविन्द केसीको माग बारे समस्या समाधान गर्न भन्दा निरंकुशता र दमन तर्फ सरकार उन्मुख हुदै गएको टिप्पणी थियो  । उनले  समाजवाद उन्मुख भनेर संविधानमा लेख्न बढी सक्रिय भएका कम्युनिष्टहरुनै अहिले समाजवादको नाममा नया शोषक बर्ग जन्माउन उद्धत रहेको बताए । त्यसको शसक्त खबरदारी गर्नुपर्ने आवश्यकता औल्याए । काङग्रेसले निरंकुशता, सर्वसत्तावादी र अधिनायवादी सरकारी शैली रोक्न कडा प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।
सरकार सामाजिक फासिवाद तर्फ गईरहेको भन्दै उनले सरकारलाई चेतावनी दिनका लागि एक दिने विरोध कार्यक्रम घोषण गरिएको भन्दै सरकारको रबैवामा सुधार नआए थप कार्यक्रम गरिने बताए । 
पार्टी एकता र विपिको मार्गदर्शनका सम्बन्धमा
विपिको सपनालाई साकार पार्ने काममा पार्टी अघि बढिरहेको भन्दै विपिलाई सत्तोसराप गर्नेहरुनै अहिले पार्टीले विपिको सिद्धान्त छोड्यो भनेर प्रचार गरेकाले त्यसमा अतिरञ्जित नहुन कार्यकर्तालाई निर्देशन पनि दिए । ‘विरोधीले बढी प्रचार गर्छन् हामी पनि त्यसैमा लागिरहेका छौ’ पौडेलको भनाई थियो ।
‘विपिका सपनालाई साकार गर्ने काममा थोर बहुत काम गरेकै छौ । त्यसकारण अहिलेका पुस्ता अहिलेका नेता काम नलाग्ने भनेर नभन्नुहोला । तपाईहरुलाई म भन्छु गरेका छौ धेरै कुरा । केही कुरा कमि छन् होला तिनलाई हाम्ले विश्लेषण पनि गर्नुपर्छ । नेताले कार्यकर्ताको मुल्यांकन गर्ने हो भने कार्यकर्ताले पनि नेताको मुल्यांकन गर्न सक्नुपर्छ  ।’
उनले पैसाको राजनीतिलाई पार्टीले निरुत्साही गर्ने काम गर्न सक्ने हो भने विपिप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप