शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युष्टिलाई चर्को गाली गर्दै काङ्ग्रेसले मनायो विपि स्मृति दिवस

आइतबार, ०६ साउन २०७५, १३ : ४३
आइतबार, ०६ साउन २०७५

काठमाडौ– काङ्ग्रेसले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । 

आफ्ना संस्थापक नेता विपिको स्मृति दिवसका दिन नेपाली काँग्रेसले आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा विपिको सालिकमा माल्यार्पण सहितको विशेष कार्यक्रम गरेको हो । 

कार्यक्रममा बोल्दै नेताहरुले विपिको आर्दश र मार्गदर्शनलाई नेतृत्वले अनुसरण गर्न नसकेको गुनासो गरे ।

विपिको संघर्ष, योगदान र आदर्श चरित्रबारे पार्टीले नयाँ पुस्तालाई जानकारी दिन नसकेको भन्दै उनीहरुले त्यसतर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।

त्यतिमात्रै होइन, उनीहरुले कम्युनिष्ट सरकार कम्युनिष्टविरुद्ध लड्न निर्देशन नै दिए । 

कार्यक्रममा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता राचन्द्र पौडेलल बाहेक महामन्त्री डाक्टर शशांक कोइराला धारणा राखे ।

महामन्त्री कोइरालाले विपिले लिएको बाटोलाई अनुसरण गर्दै उहाँकै मार्गचित्रमा हिड्नुपर्ने आवश्यकता रहेको बताए ।

‘पार्टी एक हुनैपर्छ यसैमा हामी सबैको भलो हुन्छ । पार्टी एक हुनका लागि के गर्नुपर्छ त्यो हामी सबै गर्छौ ।’

पुर्व सहमहामन्त्री डाक्टर रामशरण महतले कांग्रेसले विपि दर्शन र उहाँको प्रजातान्त्रिक समाजवादलाई नर्बिसेको बताए ।

उनले विपिको आर्दशको धरातल, नैतिकता तथा त्याग र तपस्याको अवस्था अहिले नरहेको भएपनि पार्टी सिद्धान्तबाट विच्चालित नभएको स्पष्ट पारे ।

भौतिकवादी व्यक्तिवादी चरित्र बढेको कुरा सत्य भएपनि नीतिगत विषयमा कांग्रेस पछि नपरेको भन्दै उनले कम्युनिष्टका पछि लागेर कांग्रेसले प्रजातान्त्रिक समाजवाद विर्सियो भन्दै नहिँड्न कार्यकर्तालाई सचेत गराए ।

उनले  सामुहिक नेतृत्व भन्दा व्यक्तिवादी नेतृत्व र चरित्रको हावीले पार्टीलाई आक्रान्त पारेको भने स्वीकार गरे ।

तात्कालिन नेपाली कांग्रेसको सरकारले मेडिकल शिक्षाका लागि दिएको अनुमति सही भएको दाबी पनि गरे ।

सभापति देउवाको निर्देशन : ‘कम्युनिष्टसँग लड्न तयार रहनुस्'

नियममन र अनुगमन गर्न नसकेर निर्णय नै गलत भयो भन्न नमिल्ने तर्क गर्दै महतले गुटबन्दीबाट माथि उठेर राष्ट्रनिर्माणमा एकजुट हुन आग्रह गरे ।

पछिल्लो समयमा मुलुकमा सरकारको अधिनायकवादी, अंहकारकारी र स्वइच्छाचारी प्रवृति बढ्दै गएको भन्दै उनले त्यसविरुद्ध एकढिक्का भएर प्रतिकार गर्नुपर्नेमा जोड दिए । 

संघीय संसदका प्रमुख सचेत बालकृष्ण खाँडले विपिका विचारधारालाई नया पुस्तामा पुर्याउने दाहित्व नेपाली कांग्रेसको रहेकाले जनताको माझ लैजान जनसमक्ष लैजान संकल्प गर्नुपर्ने बताए ।

उनले वर्तमान सरकारले संसददेखि सडकसम्म अधिनायवादी शैली देखाएको, संविधानमा निहित प्रावधान उलंघन गरी दलिय अस्तित्वलाई स्वीकार गर्न छोडेको तथा प्रधानमन्त्रीका हरेक कदम संविधान, सरकार र समग्र मुलुकका लागि प्रत्युत्पादक भएकाले त्यसको सामानाका लागि कांग्रेसले कार्यकर्तामा आधारित जुझारु जत्था तयार गर्नुपर्नेमा जोड दिए ।

सरकारको अधिनायवादी शैलीको प्रतिकारका लागि कांग्रेसले हदै सम्मको शक्ति प्रयोग गर्नुपर्ने तर्फ उनले पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।

सरकारको दमन धेरै समय टिक्दैन : रामचन्द्र पौडल

महिला संघकी अध्यक्ष उमा रेग्मी विपिले देखाएको बाटोमा पार्टी नेतृत्व हिड्न नसक्दा कांग्रेसको साख  गिर्दै गएको बताइन् ।

पार्टी भित्रको अन्तरघात र बेमेलका कारण पनि नेपाली कांग्रेस तेस्रो दलमा सिमित भएको भन्दै उनले गुमेको अस्तित्व प्राप्तिका लागि विपिको सिद्धान्त र मार्गदर्शन अनुसरण गर्दे एकढिक्का हुनुपर्नेमा जोड दिइन् ।

उनले शिर्ष नेतानै गुटवन्दी र व्यक्ति केन्द्रीत स्वार्थमा हिड्दा त्यसको असर तल्लो तहसम्म पुग्ने भन्दै नेतृत्वमा रहेका नेताको आचरण सुद्धिकरणको आवश्कता औल्याइन् ।

उनले भात्तृ संगठन पनि पार्टीकै शिर्ष नेताका कारण विभाजित भएको भन्दै गुटबन्दी र व्यक्तिवादी चरित्रबाट माथि उठेर सरकारको अधिनायवादी र सर्वसत्तावादी शैली विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा ललितपुर जिल्ला सभापति मदन अमात्यले महान नेता विपीको मार्गनिर्देशन र सिद्धान्तलाई पार्टीले आत्मसाथ गरेर अघि बढ्न नसकेको बताए ।

विपीले संस्कार दिएको तर त्यो संस्कारलाई पार्टीले स्थापित गर्दै अघि बढाउन नसकेको भन्दै दुख व्यक्त गरे ।

मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि आजिवन संघर्ष गरेका आफ्ना संस्थापक नेता विपि कोइरालाको २०३९ साल साउन ६ गते निधन भएकाले नेपाली काँग्रेसले वर्षेनि साउन ६ गतेको दिनलाई विपि स्मृति दिवसको रुपमा मनाउने गरेको छ ।

तीन पटक नेपाली काँग्रेसको सभापतिको जिम्मेवारी सम्हालेका विपि कोइरालाले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो सम्पूर्ण जीवन नै संघर्षमा विताएका थिए । 

प्रजातन्त्र प्राप्तिका लागि जीवन नै संघर्षमा हामेका विपि २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा विराटनगरबाट विजयी भइ नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । त

र, तत्कालिन राजा महेन्द्रले वीपीलाई धेरै समय टिक्न दिएनन् । तत्कालिन राजा महेन्द्रले विपिको सरकारलाई २०१७ साल पुस १ गते अपदस्थ गरे ।

विपि निर्वासनमा रहेर प्रजातन्त्र प्राप्तिमा आफ्नो जीवन अर्पण गरे ।

वीपीलाई नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले मात्र नभई फरक राजनीतिक पार्टीका नेताले पनि जननायक नेता मानि आदर गर्छन् ।

अरुले पनि आदर गर्ने आफ्ना संस्थापक नेताको विचार पार्टी नेतृत्वले पूरै अनुसरण नगर्दा नै कांग्रेसको अवस्था कमजोर हुदै गएको टिप्पणी कार्यकर्ताले गर्दै आएका छन् ।

साहित्यिक रचनाका कारण पनि विपि उतिकै अमर हुनुहुन्छ । उहाँका सुम्निमा, दोषी चष्मा, मोदी आइन, तीन घुम्ती, नरेन्द्र दाइ, बाबु, आमार छोरा, हिटटर र यहुदी, श्वेत भैरवी, मेरो कथा लगायतका कृति उतिकै चर्चित छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप