बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सभापति देउवाको निर्देशन : ‘कम्युनिष्टसँग लड्न तयार रहनुस्'

आइतबार, ०६ साउन २०७५, १२ : १०
आइतबार, ०६ साउन २०७५

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिनायवादी सरकारको नेतृत्व गरेको कम्युनिष्टसँग लड्न तयार रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अधिनायवादी कम्युनिष्ट शासन विरुद्ध लड्न तयार रहन निर्देशन दिएका हुन् ।

उनले डाक्टर केसीका माग जायज रहेकाले पुरा नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिदै चिकित्सा शिक्षा विधेयक हुबहु पास हुनुपर्ने बताए ।

देउवाले कम्युनिष्ट सरकारको अधिनायवादी शैलीको प्रतिकार गर्न सबैलाई एकजुट हुन पनि निर्देशन दिए । 

‘प्रजातन्त्रका लागि हिजो पञ्चायतसंग लड्यौ, राणासंग लड्यौ, भोली कम्ष्युनिष्टसंग लड्न परे लड्छौ । यही हो आज विपि कोइराला प्रतिको श्रद्धाञ्जली’ देउवाको भनाई छ । 

शान्तिपुर्ण विरोध गर्न पाउने जनताको अधिकार रोक्नका लागि काठमाडौमा विभिन्न क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेर पहिलो पल्ट जनताको अधिकार कुण्ठित पार्ने काम गरेको भन्दै उनले एकदलीय तानाशाही सर्वसत्तावादी शासन विरुद्ध एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए ।

प्रजातन्त्र विरोधी, मानवअधिकारविरोधी सरकारको निर्णयको कडा प्रतिकार गर्नुपर्नेमा उनको जोड थियो ।

कम्युनिष्टहरुलाई विपिले पहिले नै चिनेको तर आफुहरुले अहिले मात्रै चिन्दै आएको भन्दै उनले जनताको खिलाप र प्रजातन्त्रको खिलापमा स्थापना गर्न खोजिएको एकदलीय सर्वसत्तावादी शासनको कडा प्रतिवाद गर्नुपर्ने बताए ।

‘तथाकथित निषेधित क्षेत्र घोषणा गरेर जनताको अधिकार कुष्ठित गर्न खोजिरहेका छन् । आज उनीहरुले जुलुश गर्न दिदैनन्, भोली बोल्न दिन्नन्, लेख्न दिन्नन् ,सच्चा मानेमा कम्युनिष्टहरु प्रजातन्त्रवादी हुदै होइनन्’ देउवाको आरोप छ ।

सरकारको दमन धेरै समय टिक्दैन : रामचन्द्र पौडल

 वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार निरंकुश र दमनकारी शैलीमा अघि बढेको बताए ।

संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सरकारको दमन धेरै समय नटिक्ने चेतावनी दिए ।

उनले डाक्टर गोविन्द केसीको माग बारे समस्या समाधान गर्न भन्दा निरंकुशता र दमन तर्फ सरकार उन्मुख हुदै गएको टिप्पणी थियो  ।

उनले  समाजवाद उन्मुख भनेर संविधानमा लेख्न बढी सक्रिय भएका कम्युनिष्टहरुनै अहिले समाजवादको नाममा नया शोषक बर्ग जन्माउन उद्धत रहेको बताए ।

त्यसको शसक्त खबरदारी गर्नुपर्ने आवश्यकता औल्याए ।

काङग्रेसले निरंकुशता, सर्वसत्तावादी र अधिनायवादी सरकारी शैली रोक्न कडा प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।

सरकार सामाजिक फासिवाद तर्फ गईरहेको भन्दै उनले सरकारलाई चेतावनी दिनका लागि एक दिने विरोध कार्यक्रम घोषण गरिएको भन्दै सरकारको रबैवामा सुधार नआए थप कार्यक्रम गरिने बताए । 
 

पार्टी एकता र वीपीको मार्गदर्शनका सम्बन्धमा

वीपीको सपनालाई साकार पार्ने काममा पार्टी अघि बढिरहेको भन्दै विपिलाई सत्तोसराप गर्नेहरुनै अहिले पार्टीले विपिको सिद्धान्त छोड्यो भनेर प्रचार गरेकाले त्यसमा अतिरञ्जित नहुन कार्यकर्तालाई निर्देशन पनि दिए । ‘विरोधीले बढी प्रचार गर्छन् हामी पनि त्यसैमा लागिरहेका छौ’ पौडेलको भनाई थियो ।

‘वीपीका सपनालाई साकार गर्ने काममा थोर बहुत काम गरेकै छौ । त्यसकारण अहिलेका पुस्ता अहिलेका नेता काम नलाग्ने भनेर नभन्नुहोला । तपाईहरुलाई म भन्छु गरेका छौ धेरै कुरा । केही कुरा कमि छन् होला तिनलाई हाम्ले विश्लेषण पनि गर्नुपर्छ । नेताले कार्यकर्ताको मुल्यांकन गर्ने हो भने कार्यकर्ताले पनि नेताको मुल्यांकन गर्न सक्नुपर्छ  ।’

उनले पैसाको राजनीतिलाई पार्टीले निरुत्साही गर्ने काम गर्न सक्ने हो भने विपिप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप