शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो महिला सीईओको सङ्घर्ष : मेरो स्ट्रेन्थ नै मेरो टिम

शुक्रबार, २९ असार २०७५, १० : ५९
शुक्रबार, २९ असार २०७५

कुनै समय थियो महिलालाई दोस्रो दर्जाको मानिन्थ्यो । आज उनीहरू पुरुषसँग बराबरीमा उभिइसकेका छन् । समाज र सोच परिवर्तन भएको छ, हरेक क्षेत्रमा महिलाहरू पनि समान हैसियतमा आफूलाई उभ्याउन सफल छन् । पदराष्ट्रपति, सभामुख, प्रधान न्यायाधीशजस्ता सर्वोच्च पदमा महिलाले नेतृत्व गरिसकेका छन् ।

हाल बैङ्क तथा वित्तीय क्षेत्रमा पनि महिलाहरू उच्च तहमा पुगेका छन् । सामान्यतः महिलाप्रतिको कमजोर सोचको उपज महिलालाई नेतृत्वमा जान नदिने प्रवृत्ति हो, जुन समाजमा अद्यपि हावी छ तर क्षमता देखाउने अवसर पाए असम्भव केही पनि छैन भन्ने तथ्य मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको सफलताले देखाउँछ । 

सानामा लाग्थ्यो, किन पढ्नु परेको होला ? पढ्न नपरे पनि कस्तो हुन्थ्यो ? पढ्नु त आमा बुबाको लागि हो जस्तो लाग्ने । स्कुलमा पनि कहाँ कहिले गेम होला र खेल्न जाने होला भन्दै दाउ खोज्ने थिइन् अनुपमा । स्कुल होस् कि घर कसरी खेल्न भाग्ने होला भन्ने उपाय नै खोजिरहन्थिन् उनी । 

पढाइमा भन्दा ज्यादा ध्यान उनको खेलकुदमा हुन्थ्यो । अझ फुटबल निकै मन पर्ने खेल । खेलाडी त बनिनन् तर अनुपमालाई समयले बैङ्कको यस्तो व्यावसायिक खेलाडी बनाइदियो, जसले आज उनलाई कमैले ताक्न सक्ने पदमा पुर्याइदिएको छ ।

खेलमा रुचि भएर नै होला खेलभित्रका नियम र अनुशासनले उनलाई व्यावसायिक जीवनमा पनि अनुशासित र मेहनती हुन उत्प्रेरित गर्यो । उनले जीवनमा सिकेको पाठ नै के हो भने नियमभित्र रहेर अनुशासित ढङ्गले काम गर्ने हो भने टपमा पुग्न कसैले रोक्न सक्दैन । 

काठमाडौंको मध्य भाग ठमेलमा जन्मे हुर्केकी अनुपमासँग दुःखको अनुभव छैन । हुनेखाने परिवार, त्यो पनि राणा खानदान । शानमानमै उनको बाल्यकाल बित्यो । काठमाडौंकै सेन्टमेरिज स्कुलबाट सन् १९८५ मा एसएलसी उत्तीर्ण गरेकी खुञ्जेलीले भारतको नयाँ दिल्लीस्थित सीएसकेएम पब्लिक स्कुलबाट १२ कक्षा सकिन् । घर परिवारबाट टाढा बसेर पढ्दा बल्ल उनलाई पढाइको महत्व थाहा भयो । काठमाडौं आएर शङ्करदेव क्याम्पसबाट स्नातक गरेपछि सुरु भयो बैङ्कको जागिर, जुन जागिरले नै उनलाई आज वाणिज्य बैङ्कको सीईओको यात्रातपर्m डोहोर्यायो । एक दशक जागिरमा भिजेपछि मात्र उनले सन् २०१० मा एस इन्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तर गरिन् ।

सधैँ समय सहज पक्कै हुँदैन । सपmल हुन कहीँकतै भाग्यले पनि साथ दिनुपर्छ, यस्तै लाग्छ अनुपमालाई । भगवानप्रति आस्था छ र त हरेक दिन पूजा गरेर मात्र उनको दैनिकी सुरु हुन्छ । अनुपमाको कार्यकक्ष प्रवेश गर्दैगर्दा देब्रेपट्टि राखिएका मूर्तिहरू देखेर नै थाहा हुन्छ, उनी भगवानमाथि कति आस्था राख्छिन् । 

अनुपमा भन्छिन्, ‘सीईओ धेरै छन् तर महिला सीईओ भएर उभिँदा वी ह्याभ लट्स अफ रेस्पोन्सिबिलिटी । सीईओ भन्ने पद सहज पक्कै छैन । हिजो टेलर (असिस्टेन्ट लेभल)मा रहेर काम गर्दा कसरी सिक्ने भन्ने हुन्थ्यो, आज सीईओ भएर काम गर्दा कसरी सिकाउने र संस्थालाई कसरी माथि लैजाने भन्ने हुन्छ । पहिले कुनै पनि निर्णयका लागि प्रस्तावहरू सिफारिस गर्नु पर्थ्यो भने अहिले सिफारिस गरिएका विषयमा निर्णय लिनुपर्ने हुन्छ । 

हामी पूरै ‘हाइटेक’ बैङ्क भइसकेका छौँ :  लिलाप्रकाश सिटौला, सीईओ, कृषि विकास बैङ्क

अनुपमालाई आफ्नो चार वर्षे कार्यकालमा सफल बन्नु छ ता कि भोलिका दिनमा आफूजस्तै महिला यो पदमा जान सकून् र केही आपmूलाई प्रमाणित गर्न सकून् । उनलाई आफूबाट अरूले प्रेरणा लिएर माथिल्लो तहमा आउनेछन् भन्ने विश्वास छ । 

चुनौतीले घेरिएको पद त्यसमा पनि महिला । हुन त अनुपमाले कहिले पनि आफूलाई महिला हुँ भन्ने फिल गराइनन् । प्रोफेसनल लाइफमा महिला पुरुषको वर्गीकरण हुँदैन । यहाँ काम र क्षमताका आधारमा वर्गीकरण हुन्छ । जसले राम्रो पर्फम गर्छ, ऊ माथि जान्छ । कडा मिहिनेत र अवसर दुवै भयो भने सफलता हात पार्न कठिन छैन । 

२७ वर्षको बैङ्किङ करिअरमा धेरै तलमाथि भएको देखेकी छिन् अनुपमाले । लक्ष्यमा पुग्नको लागि धैर्य रहन सक्नुपर्छ । अनुपमाको सफलताको कडी कडा मिहिनेत र धैर्यता हो । धैर्यता राख्न सकिएन भने सफलता हासिल गर्न कठिन छ । उनले आफ्नो प्रोफेसनल जीवनको उतारचढावमा नछोडेको एउटै कुरा हो धैर्यता ।

बैङ्कमा काम सुरु गर्दाको सुरुवाती दिनलाई सम्झिँदै अनुपमा भन्छिन्, ती दिन निकै कठिन थिए तर धेरै रमाइलो पनि । पारिवारिक वातावरण थियो कार्यालयमा, घण्टौँ वितेको पत्तै हुँदैन थियो रे उनलाई । काम गर्दा प्रमोसनका कुरा आउँथे । प्रमोसन नहुँदा निराशा छाउँथ्यो । मरीमरी काम गर्दा स्यावासी पनि नपाउँदा दुःख लाग्थ्यो । कहिलेकाहीँ त छोडुँ छोडुँ लाग्थ्यो रे । सायद त्यो दिन फेस गर्न नसकेर जागिर छोडेको भए, यो दिन अनुपमाको जीवनमा कहिल्यै आउँदैन थियो । 

स्ट्यान्डर्ड चाटर्ड बैङ्कमा हुँदा भएको चेक काण्ड उनी सम्झनँ पनि चाहन्नन् । निकै पीडा भएको थियो रे उनलाई । एउटा फ्रड चेकले उनीसहित पाँच—छ जना साथीको करियरमा दाग लाग्यो । एकजना छोराले बाबुको चेक चोरेर प्रयोग गरेको रहेछ तर फसे अनुपमा सहितका साथीहरू । त्यो क्षणलाई उनले कहिल्यै भुल्न सकिनन् । यस्तै रिस्कहरू सामना गर्न सक्ने सामथ्र्य थियो र त सफलता दिलायो । आपmू गलत नभएपछि उनको कम्फिडेन्स लेभल ह्वात्तै बढ्यो । कुराकानीकै क्रममा अनुपमामा एउटा भिन्दै जोश बाहिर आउँथ्यो त्यो देखेर मैले सोधेँ बैङ्कमा नआउनु भएको भए अनुपमालाई कहाँ देख्न पाइन्थ्यो ? उनले जोसिँदै जफाव दिइन्, ‘म त खेलाडी बन्थेँ ।’ उनको हाउभाउ पनि कुनै खेलाडीको भन्दा कम थिएन ।

ग्रिनलेज बैङ्क (हालको स्ट्यान्डर्ड चाटर्ड बैङ्क), नविल बैङ्क हुँदै अनुपमा मेगामा प्रवेश गरेकी हुन् । स्ट्यान्डर्ड चाटर्डमा उनले १३ वर्ष विताइन् । त्यो बखत उनले दुई पटकसम्म डबल प्रमोसन पाएकी थिइन् । त्यसले पनि उनलाई माथि आउन ठूलो मद्दत गर्यो । उनी स्ट्यान्डर्ड चाटर्डमै हुँदा म्यानेजर लेभलमा पुगिसकेकी थिइन् । त्यसपछि नविल बैङ्कमा ६ वर्ष सिनियर म्यानेजमेन्ट लेभलमा काम गरिन्, जसले उनको कार्य दक्षतामा बल मिल्यो । मेगा बैङ्कमा उनी डीजीएम लेभलबाट प्रवेश गरेकी हुन् । सुरुवाती चरणमा नै प्रवेश गरेका कारण मेगाको हरेक नीति निर्माणदेखि सबै तहमा सामेल हुन पाइन् खुञ्जेली । 

२७ वर्षको करियरमा उनले कमाएको सबैभन्दा ठूलो सफलता र खुशी भनेकै साथीहरू हुन् । उनका थुप्रै साथी छन्, जसले उनलाई हरेक पाइलामा साथ दिए, सधैँ अगाडि बढ्न प्रेरित गरे । जीवनमा आर्जेको सबैभन्दा ठूलो धन नै साथीलाई मान्छिन्, उनी जसको साथ र सहयोगले उनलाई यहाँसम्म ल्याइपुर्यायो । अनुपमा भन्छिन् दुःख पर्दा सहयोगी हात मिल्यो भने त्यसले मल्हमपट्टी गरिहाल्छ नि । 

अनुपमालाई पुरुष र महिला भनेर छुट्याउन नपरोस् जस्तो लाग्छ । नेपालमा रहेका २८ वटा वाणिज्य बैङ्कहरूमा २७ वटामा पुरुष सीईओ नै छन् भने एक मात्र महिला सीईओ अनुपमा छिन् । धेरैजसो स्थापित भइसकेका सीईओ छन्, धेरै त उनीसँगै काम गरेका साथीहरूनै छन् । ‘मेरो पर्फर्मेन्सले नै मेरो स्थायित्व जनाउने पक्का छ । त्यसैले म सबैसँग फाइट गर्न सक्षम छु’, अनुपमाको खेलाडी आवाज हो यो, जुन असाध्यै बोल्ड सुनिन्छ ।

अबको २५ वर्षसम्म जहाँजहाँ नागरिकको चाहाना, त्यहाँ नर्भिक पुग्छ : कार्यकारी निर्देशक राजेन्द्र सिंहसँगको अन्तरवार्ता

सन् १९९१ मा बैङ्किङ क्षेत्रमा प्रवेश गरेकी खुन्जेली लेटेलर (असिस्टेन्ट लेभल) बाट काम सुरु गरेको हुनाले बैङ्कको सबै युनिट जस्तोः अपरेसन, विजनेशदेखि सबै डिपार्टमेन्टमा काम गर्ने र अनुभव सँगाल्ने मौका पाइन् । २७ वर्षको अनुभवमा उनी बैङ्कको सबै युनिटसँग जोडिन पाइन्, जसले गर्दा बैङ्कभित्रका सबै तहलाई सूक्ष्म  रूपमा अध्ययन गर्ने अवसर मिल्यो । हुन पनि बैङ्किङ करियरको सर्वोच्च पद भनेको बैङ्क प्रमुख हो, जुन पद हासिल गर्नु चानचुने कुरा पनि होइन । लिडर बन्नका लागि हरेक सेक्टरको ज्ञानको जरुरत छ । उनले त्यो ज्ञान हासिल गरिन्, जसको उपज नै आज उनी सीईओ जस्तो पदमा पुगिन् । 
६३ जिल्लामा फैलिएको मेगा बैङ्कलाई नेपालको नम्बर वान बैङ्क बनाउने लक्ष्य अनुपमाको छ । १२ सय कर्मचारीको अविभावकत्व ग्रहण गरेकी अनुपमाले आफ्नो संस्थालाई उकास्न कुनै पनि कसर बाँकी नराख्ने पक्षमा छिन् । 

मध्यम वर्गीयको बैङ्क भनेर स्थापित बैङ्कले ‘हलोदेखि हाइड्रोसम्म’को नारा अघि सारेर आएको छ । मुख्यत बैङ्किङ साक्षरतालाई हरेक क्षेत्रमा पुर्याउन लागिपरेको दाबी उनको छ । सबै नेपालीलाई बैङ्किङ सेवा दिन लागिपरेकी छन् उनी । साथै माइक्रो बैङ्किङलाई विस्तार गर्न बलियो टिमको निर्माण गरिसकेकी छन् अनुपमाले । रिटेल, एसएमई, मिट कोअपररेट बैङ्किङ, कोअपरेट बैङ्किङ र इन्फ्रास्ट्रक्चर बैङ्किङलाई मेगाले प्राथमिकतामा राखेको छ । सबै क्षेत्रलाई मेगामा आएर बैङ्किङ सुविधा लिन उनी स्वागत गर्छिन् । सबै क्षेत्रको साझा बैङ्कको रूपमा मेगालाई अगाडि लैजाने सोच छ अनुपमाको । ब्रान्चलेस बैङ्किङलाई प्राथमिकतामा राखेर उनको टिम अघि बढेको छ । उमेरले बल्ल ८ वर्षको भयो मेगा बैङ्क । टुरिजम डेभलपमेन्ट बैङ्कर पश्चिमाञ्चल डेभलपमेन्ट बैङ्कलाई मर्ज गरेर मेगाले आफ्नो क्यापिटल बढाइसकेको छ । १० अर्ब ५० करोडको पुँजी पुर्याएको बैङ्क आफ्ना समकालीन बैङ्कमा अग्रस्थानमा रहेको छ । बैङ्कको पञ्च वर्षे योजना सुनाउँदै अनुपमा थप्छिन्, सुरक्षित बैङ्कको छवि विकास गर्ने र बैङ्कलाई देशकै सर्वोत्कृष्ट बैङ्कको सूचीमा सूचीकृत गर्नुछ । 

चीन भ्रमणमा प्रधानमन्त्रीले निजी क्षेत्रलाई बेवास्ता गरे : एफएनसीसीआई उपाध्यक्ष किशोर प्रधानको अन्तरवार्ता

बैङ्किङ हिरोका रूपमा चिनिएका अनिल केशरी शाहको टिमभित्रकी एक पात्र थिइन् अनुपमा । आज आपmै सीईओ पदमा पुगेर लिडरसिप लिएकी छिन् । 

अनुपमालाई राजनीति पनि मन पर्ने रहेछ । उनी भन्छिन्, आफ्नो अनुभवलाई फैलाउने क्रममा राजनीतिक क्षेत्रमा केही गर्ने मौका मिल्यो भने तयार छु । 

धेरै समय कार्यालयमा नै विताउने भएर पनि होला अनुपमाले घरलाई त्यति समय दिन भने भ्याउँदिनन् । भन्छिन्, “इफ यू डन्ट इन्जोय योर जब यु विल नट प्रड्युस रिजल्ट द्याट इज रिक्वाएर्ड ।” संस्थाले उनीबाट केही आशा गरेर नै यो पद दियो जसको गहिराइमा पुगेर मोती त टिप्नु छ, उनलाई त्यसैले काम उनको पहिलो प्राथमिकतामा पर्यो । लक्ष्यमा पुग्नुछ भने कामप्रतिको लगावलाई उच्च प्राथमिकतामा राख्नुपर्छ नै । काम गर्दा मोटिभेसन लेभल हाई हुनुपर्छ । उनी भन्छिन् बिहान घरबाट काममा आउँदा खुशी भएर आउनुस् न अनि पो आउँछ बेस्ट रिजल्ट ।

इम्प्लोयर र इम्प्लोईबीचको तालमेलमा गज्जबको रसायन हुनुपर्छ, जसले काममा उत्साह थपिदिन्छ । सानासाना तहदेखिका सबै लेभल पार गरेर लिडर बनेकाले नै होला अनुपमा हरेक कर्मचारीको कार्यसम्पादन हेरेर निर्णय लिने बताउँछिन् । अनुपमा भन्छिन्– मेरो कार्य देखेर बोर्डले मलाई विश्वास गर्यो भने मैले पनि कर्मचारीमाथि अन्याय गर्न सुहाउँदैन । उनी थप्छिन्, मेरा कर्मचारी मेरा सन्तान हुन्, जसको मैले चिन्ता नगरे कसले गर्छ । 

घर उनको फेबराइट प्लेस हो रे । अफिसबाट बचेको समय उनी परिवारलाई दिन्छिन् । शनिबार एक दिन माइतीमा आमाले उनको बाटो हेरेर बस्दा समय दिन पाए हुन्थ्यो भन्ने लाग्छ तर पनि कहिले काहीँ नभ्याउँदा दुःख लाग्नु स्वभाविक हो । महिलाहरूलाई विवाहपछि करियर अघि बढाउन समस्या पर्छ तर उनको परिवार यति सहयोगी परिदियो कि उनका हरेक पाइलामा हौसला दियो । भन्छिन्, परिवारको साथ थिएन भने यो सफलता हासिल गर्न सम्भव थिएन । काम गर्ने छोरी बुहारीलाई प्रोत्साहन गर्नै पर्छ, अनि मात्र पूरा हुन्छ ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना । पारिवारिक सहयोग र साथ पाउने हो भने हरेक महिलामाथि आउन सक्ने विश्वास उनमा छ । सासूससुरा अनि बुहारीको सम्बन्धमा उनले कहिल्यै पनि बुहारीको परम्परागत भूमिका निभाउनु परेन । सासू आफै पनि जागिरे भएको हुनाले उनलाई कामलाई पहिलो प्राथमिकतामा राख्न नै सुझाव दिनुहुन्थ्यो । श्रीमान अनि एक छोरीकी आमा अनुपमालाई आफ्नो सन्तान देशको सरकारी ओहोदामा पुगेको हेर्न मन छ । पढाइका लागि उनले पनि आपm्नो आमा बुबाले जस्तै आपm्नी छोरीलाई विदेश पठाइन् । छोरी भोलि नेपाल फर्केर सरकारी सेवामा प्रवेश गरोस् भन्ने उनको अपेक्षा छ । 

अनुपमाले स्नातकोत्तर २०१० मा मात्रै लिएकी हुन् । जब प्रोमोसनको समय आउँथ्यो, त्यहाँ शैक्षिक योग्यताको कुरा आउने भएकाले मास्टर्स त गर्नैै पर्ने रहेछ भन्ने महसुस भएर उनले लामो समयको ग्यापपछि पढाइलाई पूरा गरिन् । स्नातक सकिना साथै बैङ्कमा प्रवेश गरेकी अनुपमाले परिवार अनि जागिर गर्दा आफ्नो पढाइलाई थाँती राख्नुपर्यो । 

करियरको लास्ट इनिङमा छु : अनिलकेशरी शाहसँगको अन्तरवार्ता

भाग्य नै भन्नुपर्छ एक दिन आमा बुबासँग ग्रिनलेज (हालको स्ट्यान्डर्ड चाटर्ड) बैङ्कमा खाता खोल्न पुग्दाएकजना आफन्त दिदी (भावना राणा)ले उनलाई बैङ्कमा जागिर खुलेको छ भन्दै निवेदन हाल्न सुझाइन् । उनै दिदीलाई उनी आपm्नो बैङ्किङ रोल मोडल मान्छिन्, जसको कारण उनको जीवन बैङ्कतिर मोडियो । 

मेगा बैङ्क मात्र यस्तो एउटा बैङ्क हो, जहाँको मुख्य दुई पदमा महिला छन् । अनुपमा गर्र्वका साथ भन्छिन् हामी सबैभन्दा पृथक् यसकारण छौँ कि हाम्रो बैङ्कले ग्लास सिलिङ ब्रेक गरेको छ । सेकेन्ड पर्सन पनि महिला, अनि सिनियर म्यानेजमेन्ट लेभलमा पनि महिला नै हुनुहुन्छ, साथै म्यानेजर लेभलमा पनि हाम्रो बैङ्कमा महिला नै धेरै हुनुहुन्छ । त्यसैले उनी गर्व गर्छिन्, ‘हामी अरुभन्दा फरक छौं ।’

हामीकहाँ पुरुष र महिला छुट्याइँदैन, जसले राम्रो काम गर्छ उसलाई रिवार्ड दिइन्छ । पर्पmर्मेन्स नै हाम्रो प्यारामिटर हो । जसले राम्रो पर्पmर्म गर्छ, ऊ माथि जान्छ । अनुपमा भन्छिन्, ‘महिलामा धैर्यता र सहनशीलताको अथाह खानी छ, त्यसैले पनि पुरुषभन्दा महिला शक्तिशाली हुन्छन् र उनीहरूलाई सपोर्ट गर्न म हरदम तयार छु ।’

नयाँ पुस्ताका लागि बैङ्किङ क्षेत्रमा धेरै अवसरहरू छन् । बजारमा जति प्रतिस्पर्धा भयो उति धेरै अवसरहरू सिर्जना हुन्छन् । शिक्षामा आमूल परिवर्तन भएको छ । अबको पुस्ता टेक्नोलोजीमा पोख्त छन्, जसलाई अवसरहरूले पछ्याइरहेको छ । नयाँ आइडियामा काम गर्न सक्नुपर्छ । उनी भन्छिन्– ‘लर्निङ नेभर इन्डस्, सिक्ने भनेको कहिल्यै नसकिने चिज हो, अन्तिम अवस्थासम्म पनि सिकाइ जारी रहन्छ । नयाँ पुस्ताका लागि त झनै यो सिक्ने थलो पनि हो । नयाँ पुस्ताले नयाँ नयाँ इनोभेसन लिएर आउने हो भने यहाँ अवसरको कुनै कमी छैन ।’

सार्क राष्ट्रहरूमै सबैभन्दा सस्तो नुन हामी बिक्री गर्छौँ : साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरको अन्तर्वार्ता

अनुपमाको एउटा फर्मुला छ, ‘सक्सेज इज इक्वेल टु हार्ड वर्क प्लस अपच्र्युनिटिज ।’ आफ्नो कामप्रतिको समर्पण र मेहनत भयो भने सफलता हासिल गर्न कसैले पनि रोक्न सक्दैन । गोल निर्धारण गरेर अगाडि बढ्नुपर्छ । निरन्तरको प्रयासले हामीलाई सफलता दिलाउँछ । असफलतामा निरास हुने हो भने सफलता कहिल्यै मिल्दैन । हरेक परिस्थितिममा खुसी रहन सक्नु नै सार्थक जीवन जिउनु हो । उनलाई लाग्छ, खुशी हामीभित्रै छ ।

सबै प्रकारको भूमिका निर्वाह गर्न सकोस् भनेर नै भगवानले महिलालाई शक्तिको केन्द्रमा राखेका छन् । त्यसैले पनि हामीले सबैै भूमिका सहजै निभाउन सक्छौं । अनुपमाको आवाजमा त्यही शक्ति सुनिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप