आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डको गुफाबाट चार बच्चालाई ‘सुरक्षित निकालियो’

सोमबार, २५ असार २०७५, ०७ : ५६
सोमबार, २५ असार २०७५

बीबीसी

उत्तर थाइल्याण्डको गुफामा फसेका १२ बच्चामध्ये कम्तीमा चार बच्चालाई सुरक्षित बाहिर निकालिएको छ ।

बाहिर निकालिएका चार बच्चालाई सुरक्षित अस्पताल पुर्याइएको छ । बचाउ अभियान आज पनि जारी छ ।

आइतबार के के भए ?

– आइतबार स्थानीय समयानुसार बिहान १० बजे बच्चालाई बचाउने अभियान सुरु गरियो ।

– स्थानीय समयानुसार बेलुका पाँच बजेर ४० मिनेटमा पहिलो बच्चालाई बाहिर निकालिएको हो ।

– अहिलेसम्म चार बच्चालाई बाहिर निकालिएको छ । सबैलाई नजिकैको चियांग राय अस्पतालमा भर्ना गरिएको छ ।

– १३ विदेश गोताखोर र थाइल्याण्डका पाँच नेवी सीले यी बच्चालाई गुफाबाट निकाले । बच्चाको स्वास्थ्य ठिक भएको बताइएको छ ।

९ दिनपछि सकुशल भेटिएका थाइल्याण्डका बच्चाहरु महिनौंसम्म गुफाभित्रै बस्नुपर्ने ?

– राती ९ बजे बचाउ कार्यलाई रोकियो । आज बाँकी बचेका ९ जनालाई निकाल्ने काम सुरु गरिनेछ ।

– गुफाभित्र अब ८ बच्चा र उनका एक कोच छन् ।

बचाउ अभियानका प्रमुख नारोंगसाकलाई उद्धृत गर्दै बीबीसी संवाददाता जोनाथन हेड भन्छन्, ‘चार बच्चालाई बाहिर निकालिएको छ र कोचसहित अन्य ९ जना त्यहि स्थानमा बसिरहेका छन् जहाँ उनीहरु फसेका थिए । उनीहरुलाई बाहिर निकाल्न थप एक दिन लाग्न सक्छ ।’

थाइल्याण्डः किशोरहरुको उद्धारमा खटेका गोताखोरको मृत्यु

बचाउ अभियानका प्रमुख अनुसार बच्चालाई बाहिर निकाल्ने अभियानमा कुल ९० गोताखोर समावेश थिए जसमध्ये ४० थाइल्याण्डका र ५० अन्य देशका हुन् ।

यसैबीच गुफा वरिपरि वर्षा सुरु भएको छ जसले बचाउ अभियानमा समस्या निम्त्याउन सक्छ ।

थाई बचाउकर्मीले आइतबार जलस्तरमा वृद्धि हुनसक्ने आशंकाका कारण यो जोखिमपूर्ण मिसनलाई सुरु गर्ने निर्णय लिएका थिए ।

बच्चालाई गुफामा लैजाने कोच ‘हिरो’ कि ‘जिरो’ ? थाइल्याण्डमा सुरु भयो बहस

यी दुई बच्चा दुई हप्तादेखि ‘ट्याम लंगू’ गुफामा फसेका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गरेर अमेरिका बचाउ अभियानमा थाइल्याण्डको मद्दत गरिरहेको बताएका छन् । उनले भने, ‘अमेरिका सबै बच्चालाई सुरक्षित गुफाबाट निकाल्न थाइल्याण्ड सरकारसँग मिलेर काम गरिरहेको छ । उनीहरु निकै बहादुर र प्रतिभाशाली व्यक्ति हुन् ।’

‘गुफामा फसेका थाइल्याण्डका बच्चा निकाल्न ‘सीमित समय’ वाँकी’

बीबीसीको भियतनाम सेवाले हेलिकोप्टर अस्पताल पुगेको भिडियो सार्वजनिक गरेको छ ।

थाइल्याण्डः १५ दिनदेखि गुफामा फसेका बच्चाहरुलाई निकाल्ने मिसन सुरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप