आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘गुफामा फसेका थाइल्याण्डका बच्चा निकाल्न ‘सीमित समय’ वाँकी’

शनिबार, २३ असार २०७५, ११ : १९
शनिबार, २३ असार २०७५

एजेन्सी–थाइल्याण्डको उत्तरी प्रान्त चियाङराई गुफामा दुई सातादेखि फसेका १२ बच्चा र उनका कोचलाई निकाल्नका लागि बचाउ दलसँग सीमित समय बचेको छ । बचाउ दलका प्रमुखले शनिवार राती मिडिसाँग कुरा गर्दै भारी बर्षा अगाडि यो काम सक्नुपर्ने भन्दै समय सीमित भएको बताएका छन् ।

बचाउ अभियानका प्रमुख चियाङ राईका पूर्व गर्वनर नारोङगसिक ओसातानाकोर्नले मध्यराती मिडियालाई सम्बोधन गर्दै भने , ‘सवैभन्दा महत्वपूर्ण विन्दु यो हो कि बर्षा कहिले हुन्छ केही थाहा छैन् । त्यसैले हामीसँग सीमित समय छ ।’

थाइल्याण्डः किशोरहरुको उद्धारमा खटेका गोताखोरको मृत्यु

उनले आफुहरु कम खतरामा काम गर्न चाहेको बताए । गुफाभित्र अक्सीजन स्तर घटदै जानु ठूलो चिन्ताको विषय भएको छ । 

शुक्रवार बचाउ अभियानका बेला थाइल्याण्डका एक गोताखोरको मृत्यु भएपछि अभियान दलका प्रमुखको यस्तो चेतावनी आएको हो ।

बच्चालाई गुफामा लैजाने कोच ‘हिरो’ कि ‘जिरो’ ? थाइल्याण्डमा सुरु भयो बहस

बचाउ अभियानमा जुटेका थाइल्याण्डको नौसेना, सेना, प्रहरी र स्यमसेवक गुफामा भरिएको पानी निकाल्नमा व्यस्त छन् । गुफामा फसेका फुटवल टीमका सदस्य बच्चाको उमेर ११ देखि १६ बर्षको बीचमा छ । 
उनीहरु सवै पौडिन जान्दैनन् । अहिले उनीहरुलाई गुफाभित्रबाट बाहिर निकाल्ने गरी पौडिन सिकाइएको छ । 

बचाउ दलसँग गुफामा फसेका बच्चालाई बाहिर निकाल्ने सीमित विकल्प छन् । चार महिना अर्थात बर्षाको अवधि सकिएपछि बच्चा निकाल्ने एक विकल्प छ । अर्को विकल्पमा पहाड खोतलेर सुरुङ बनाएर बच्चा निकाल्नु पर्नेछ । 

गुफामा फसेका १२ किशोर भेटिए, उद्दारका लागि थाइ सेनाले गर्यो यस्तो तयारी

बच्चा २३ जूनको फुटवल म्यान खेलेपछि कोचसँगै गुफा हेर्न गएका थिए । त्यही बेला भएको बर्षाले गुफामा पानी पस्यो र प्रवेशद्धार बन्द भयो, अनि बच्चा गुफामै फसे ।

अहिले थाइल्याण्डमा मात्र होइन, अन्तराष्ट्रियजगतमै ती बच्चाको उद्दार कसरी गरिन्छ भनेर चासोसँग हेरिएको छ । 

गुफामा ९ दिनदेखि हराइरहेका फुटबल टीमका १३ सदस्य सकुशल भेटिएः अब बाहिर निकाल्ने चुनौती

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप