आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डः १५ दिनदेखि गुफामा फसेका बच्चाहरुलाई निकाल्ने मिसन सुरु

आइतबार, २४ असार २०७५, १२ : ०१
आइतबार, २४ असार २०७५

बीबीसी

पन्ध्र दिनदेखि उत्तरी थाइल्याण्डको एउटा गुफामा फसेका १२ बच्चा र उनका फुटबल कोचलाई बाहिर निकाल्ने ‘मिसन’ सुरु भएको छ ।

बचाउ दलका अधिकारीले स्थानीय समयानुसार बिहान १० बजे २३ गोताखोरको एक दल बच्चालाई बाहिर निकाल्नका लागि पठाइएको जानकारी दिए ।

थाइल्याण्डबाट आइतबार बिहान पाइएको जानकारीः

– आइतबार बिहान थाइल्याण्डका अधिकारीले बचाउ कार्यमा आवश्यकता नभएकाहरुलाई गुफाको प्रवेशद्वारबाट हटाउन आदेश दिए ।

– त्यसपछि गुफाको प्रवेश द्वार वरिपरिको इलाका खाली गरियो । आइतबार नै कथित रुपमा ‘सबैभन्दा ठूलो रेसक्यु अपरेशन’ सुरु भइसकेको छ ।

– यसबारे बचाउ दलले बच्चाको परिवारलाई सूचना दिइसकेको छ ।

– गुफाको प्रवेश द्वार नजिकै एउटा सानो बजार जत्तिकै भीडा थियो । यस्ीमध्ये धेरैजसो आफ्नो स्वेच्छाले बचाउ कार्यमा मद्दत गर्न आएका थिए ।

– मिडियाकर्मीलाई पनि प्रवेशद्वारबाट टाढा बस्न आग्रह गरिएको छ । अत्यधिक भीडका कारण बचाउ कार्यमा समस्या भइरहेको पुलिसले बताएको छ ।

– बचाउ कार्यमा संलग्न थाइल्याण्डकी नेवीले गुफाभित्रको पानीको स्तर पहिले भन्दा निकै कम भइसकेको जानकारी दिइन् । उनले भनिन्, ‘थुप्रै हजार लिटर पानीलाई गुफाबाट बाहिर निकालिसकिएको छ ।’

– गुफाभित्र बच्चासम्म पुग्नका लागि एउटा वैकल्पिक बाटो पनि खन्ने काम भइरहेको छ ।

ठूलो चुनौतीः

बीबीसी संवाददाता जोनथन हेडका अनुसार बचाउकर्मीका लागि सबैभन्दा ठूलो चुनौती बच्चालाई पानीभित्र गोताखोरीका लागि काम लाग्ने उपकरणसँग पौडी गराउनु । यीमध्ये कुनै पनि बच्चाले पहिले गोताखोरी गरेका छैनन् ।

अधिकारीका अनुसार सबैलाई बाहिर ल्याउन तीनदेखि चार दिन लाग्नसक्छ । जबकी सुरुवातमा एक अनुमानपछि यो बताइएको थियो कि बच्चालाई बाहिर निकाल्न चार महिनापनि लाग्न सक्छ ।

शनिबार पानी पर्योः

शनिबार पानी परेपछि गुफाभित्र पानीको स्तरमा वृद्धि हुने हो कि भन्ने चिन्ता छाएको छ ।

चियांग राई प्रान्तका गभर्नर र यो बचाउ कार्यमा नेतृत्व गरिरहेका नारोंग्साकले बच्चाको स्वास्थ्य अहिलेसम्म ठिक भएको जानकारी दिँदै भने, ‘दुई दिनसम्म पानी पर्ने सम्भावना छैन र गफाबाट धेरै पानी बाहिर निकालिसकिएको छ । त्यसकारण बच्चालाई बाहिर निकाल्ने मिसन सुरु गर्ने यो सही समय हो । हामीले चाँडै नै अन्तिम निर्णय गर्नुपर्छ ।’

अहिलेको गुफाको स्थितीः

गुफाको मुखबाट करिब चार किलोमिटर भित्र बच्चाको यो समूह फसेको छ ।

त्यहाँ नै उनीहरुका लागि खाना, पानी, औषधी र अक्सिजन पुर्याइएको छ ।

तर जुन च्याम्बरमा उनीहरु बसेका छन्, त्यस नजिकै पानीको बहाव अत्यधिक छ ।

यो कति खतरनाक छ, यसको अन्दाज शुक्रबार एक गोताखोर समन गुननको मृत्युपछि गर्न सकिन्छ ।

बच्चाहरुको सन्देशः

यसअघि थाई नेवी सीलले बच्चाले लेखर पठाएका केही सन्देश सोसल मिडियामा सेयर गरेका थिए ।

केही बच्चाले लेखेका थिए, ‘तपाईंहरु चिन्ता नगर्नुहोस्... हामी सबै बहादुर छौं ।’ कतिले गुफाभित्र आफूलाई मनपर्ने खाना मगाएका थिए ।

बच्चाका साथै उनका २५ वर्षीय कोच इक्कापोल चांतावांगले पनि एक लिखित सन्देश पठाएका थिए । उनले लेखेका थिए, ‘जे भयो त्यसका लागि म हरेक बच्चाको परिवारसँग माफी माग्छु । मलाई माफ गर्नुहोला ।’

बच्चा कसरी फसे ?

यी सबै बच्चा र उनका कोच जून २३ तारिखको बेलुका फुटबलको अभ्यास गरेपछि यो गुफा हेर्न गएका थिए तर बाढीको पानीका कारण सबैजना गुफाभित्र फसे ।

९ दिनपछि बचाउकर्मीका एक दलले उनीहरुको खोजी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप