ट्रम्पले भने, ‘किम अत्यधिक प्रतिभाशाली छन्, म उनको देशलाई निकै माया गर्छु’
मङ्गलबार, २९ जेठ २०७५, ११ : ५५
बीबीसी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनका प्रतिनिधिमण्डलबीच सिंगापुरको क्यापेला होटलमा बैठक सम्पन्न भइसकेको छ ।
अब दुबै नेताले एक संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरिरहेका छन् । उक्त सम्बोधनमा ट्रम्पले भने, ‘आज जे भयो, त्यसमा हामी गौरव महसुस गरिरहेका छौं । उत्तर कोरिया र कोरियाली प्रायद्वीपसँग पुराना दिनमा हाम्रो जुन सम्बन्ध थियो त्यसमा निकै ठूलो परिवर्तन आउनेछ ।’
ट्रम्पले किमसँग आफ्नो विशेष सम्बन्ध स्थापित भएको समेत बताए । उनले किमको तारिफ गर्दै भने, ‘उनी अत्यधिक प्रतिभाशाली व्यक्ति हुन् र म उनको देशलाई निकै माया गर्छु ।’
यस्तै, किमले संसारले अब ठूलो परिवर्तन देख्ने बताएका छन् । दुबै नेताले सम्झौतामा हस्ताक्षर गरे र मुस्कुराउँदै हात मिलाए ।
यो पनि पढ्नुहोस्
किमको घोषणा – ‘संसारले अब ठूलो परिवर्तन देख्नेछ’
जब पत्रकारले सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?
ट्रम्प–किमको भेटबारे के भन्छन् बडी ल्याङ्ग्वेज एक्सपर्ट ?
ट्रम्पले पत्रकारलाई भने, ‘अब हामी साइन गर्दैछौं’
ट्रम्प- किम वार्ता सम्पन्नः ट्रम्पले भने, ‘बैठक अत्यधिक सफल, उत्कृष्ट सम्बन्ध’
बैठकपछि किमले ट्रम्पलाई भने, नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’
ट्रम्प र किम पहिलोपटक भेट्दा जे देखियो (फोटो र भिडियोसहित)
ती तीन वार्ता, के ट्रप र किमले पाठ सिक्लान ?
किम-ट्रम्प वार्ताका लागि सिंगापुरले खर्चनेछ १ अर्ब ६१ करोड
जब पत्रकारले सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण