ट्रम्प–किमको भेटबारे के भन्छन् बडी ल्याङ्ग्वेज एक्सपर्ट ?
यदि बडि ल्याङ्ग्वेज एक्सपर्टलाई मान्ने हो भने सिंगापुरमा ट्रम्प र किम जोंग उनबीच भएको हाई प्रोफाइल मिटिङमा दुबै नेताले पहिलो ६० सेकेन्डमा एकअर्कामाथि हावी हुने कोसिस गरे । हात मिलाउने क्रममा दुबै नेता यसबारे निकै सतर्क देखिए । ट्रम्पको बडी ल्याङ्वेजले उनी एक लिडर भएको र भेटघाटको नेतृत्व उनैले गर्ने भन्ने दर्साइरहेको थियो ।
पूरा भेटघाटका क्रममा ट्रम्प बोलिरहेको र किम जोंगले उनलाई सुनिरहेको देखियो । यद्यपी, यो क्रममा किम जोंग उनले ट्रम्पको हात पनि थप्थपाइरहेका थिए ता कि उक्त कुराकानीमा उनको नियन्त्रण छ भन्ने लागोस् । त्यसपछि ट्रम्प नेतृत्व गर्ने बडी ल्याङ्ग्वेजसहित किम जोंगसँगै लाइब्रेरीतर्फ अगाडि बढेको देखिए । ट्रम्पले यतिबेला आफ्नो हात किम जोंग उनको पिठ्युँमा राखेका थिए ।
तर लाइब्रेरी पुगेर कुर्सीमा बसेपछि दुबै नेता नर्भस देखिएका थिए । ट्रम्पको अनुहारमा अचम्मको मुस्कान थियो । यस्तै, किम जोंग पनि भुइँतिर हेरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण