किम-ट्रम्प वार्ताका लागि सिंगापुरले खर्चनेछ १ अर्ब ६१ करोड

बीबीसी
सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने ऐतिहासिक शिखरवार्ताका लागि उनको देशले करिब दुई करोड सिंगापुर डलर खर्च गर्ने जनाएका छन्।
यो रकम नेपाली १ अर्ब ६१ करोड रुपैयाँ हो ।
सो रकमको झण्डै आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च हुने बताइएको छ।
सिंगापुरको हितमा रहेको एउटा अन्तर्राष्ट्रिय प्रयासका लागि उक्त खर्च बेहोर्नु उचित भएको लीले बताएका छन्।
साथै सो शिखरवार्तामार्फत् आफ्नो देशलाई राम्रै प्रचार मिल्ने पनि उनले बताएका छन्।
उत्तर कोरियाली नेता किमसँग भेट गर्नुपूर्व सिंगापुरका प्रधानमन्त्रीको त्यस्तो प्रतिक्रिया आएको हो ।
उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने उनको बहुप्रतीक्षित शिखरवार्ताका लागि सिंगापुर पुगिसकेका छन्।
बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुन लागेको भेटवार्ता यो नै पहिलो हो।
सिंगापुरतर्फ जाँदै गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले दुई जनाबीचको भेटबाट कस्तो प्रतिफल आउने भन्ने थाहा पाउनलाई उनलाई एक मिनेट मात्रै लाग्ने जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्नुपर्छ : प्रदेश प्रमुख भट्ट
-
भारत-पाकिस्तान तनाव : दुवै पक्षको आ-आफ्नो दाबी
-
पहिलो उपाधिको खोजीमा चेल्सी र रियल बेटिस
-
फिल्म ‘महाराजाधिराज’ मा वर्षाको इन्ट्री
-
काश्मीरी जनताको न्यायपूर्ण मागलाई समर्थन गर्छौँ : चित्रबहादुर केसी
-
विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्था जानकारी गराउन माग