बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्पले पत्रकारलाई भने, ‘अब हामी साइन गर्दैछौं’

मङ्गलबार, २९ जेठ २०७५, ११ : २५
मङ्गलबार, २९ जेठ २०७५

बीबीसी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनका प्रतिनिधिमण्डलबीच सिंगापुरको क्यापेला होटलमा बैठक सम्पन्न भएको छ । बैठक पछि दुबै नेता लञ्च गरेर बाहिर निस्किएर केही बेर होटलको गार्डनमा घुमे ।

डोनल्ड ट्रम्पले आफूहरुको भेट निकै शानदार रहेको बताए । उनले भने, ‘कसैले सोचेभन्दा राम्रो दिशामा हामी अगाडि बढिरहेका छौं ।’

त्यसपछि ट्रम्पले भने, ‘अब हामी साइन गर्दैछौं ।’

यद्यपी, दुबै देशबीच के कुरामा सम्झौता हुँदैछ र कुन विषयमा साइन गरिँदैछ यसबारे अहिले स्पष्ट जानकारी छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप