आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

संवेदनशील सूचनामा गृहमन्त्रीको ‘हल्का’ टिप्पणी !

सोमबार, १९ चैत २०७४, १५ : १२
सोमबार, १९ चैत २०७४

काठमाडौं–निकै संवेदनशील सूचनामा गृहमन्त्री रामबहादुर थापा बादलले ‘हल्का’ टिप्पणी गर्न थालेका छन् । 

गृहमन्त्री थापाले एकपछि अर्को गरी धेरै महत्वपूर्ण कुरा खुलासा गरेका छन् तर त्यहीँ अनुसारको कारवाही चाहिँ गरेका छैनन् । 

गृहमन्त्रीले बोलेका संवेदनशिल मुद्दा

सोमबार गृह मन्त्रालयमा आयोजित ‘गृह प्रशासन सुधार कार्ययोजना–२०७४’ सार्वजनिक गर्दै मन्त्री थापाले अपराधको ग्राफ बढ्दै गएको बताए । 

नेपालमा तस्करी र दुई नम्बरी धन्दा बढेको उल्लेख गर्दै मन्त्री थापाले हुण्डीबाजहरुसँग पैसाको गोदाम नै भएको दाबी गरे । 

थापाले त्यस्ता हुण्डीबाज माफियाका सञ्जाल ध्वस्त पार्नका लागि ‘लोहारको एक चोट भनेझैं’ घन हान्न जरुरी भएको बताए । 

सन् २०२५ सम्ममा नेपालमा मठ मन्दिर भत्काएर चर्च निर्माण गरिँदैछ रे : गृहमन्त्री

थापाले भने–जेलमा पनि तस्करी, हिंसा र गुण्डागर्दी छ, अपराधको सजाय काट्न जेल बसेका चौकीदारहरु मर्सि्डिजमा घुम्छन् रे । मैले सूचना पाएको छु, एकजना जेलरले चौकीदारलाई हरेक दिन नेवारी खाजा खुवाउन जेल बाहिर लैजाने गर्छन् रे !’

यति मात्र होइन उनले थपे, ‘जेलरले चौकीदारबाट हप्ता बुझ्ने गरेका छन् रे, हप्ता नखाए किन नेवारी खाजा खुवाउन लैजान्छन् ? नेपालमा हिन्दी फिल्म ‘सोले’को भन्दा कम्ति डनहरु रहेनछन् ।’ 

अर्को विषय पनि बोले, ‘मैले सूचना पाएको छु, सन् २०२५ सम्ममा नेपालमा मठ मन्दिर भत्काएर चर्च निर्माण गरिँदैछ रे, स्वतन्त्र मधेशको कुरा पनि सुनेको छु । यस्तो अवस्थामा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्नका लागी नयाँ कार्ययोजना आवश्यक छ ।’ 

सुन तस्करीवारे भने, ‘नेपालमा अहिले पनि अर्बौंको तस्करी हुन्छ, सीमा नाका र विमानस्थलबाट अहिले पनि तस्करी भईरहेको छ,’ गृहमन्त्री थापाले भने, ‘नेपालको अध्यागमनबाट तस्करहरुले मानव तस्करी पनि गरिरहेका छन् । त्यस्ता तस्करमाथि आक्रमण गरेर मात्र सु–शासन र आर्थिक सम्बृद्धि हासिल गर्न सकिन्छ ।’

यस अघि गृहमन्त्री थापाले देशमा अरबौँमा सुन तस्करी हुने गरेको खुलासा गरेका थिए । नेपाल चेम्बर अफ कर्मसका प्रतिनिधीहरुसँगको कुराकानीमा गृहमन्त्री थापाले खास–खास नाकाबाट सुन र मानवतस्करी हुने गरेको बताएका थिए । यो चैत्र ११ गतेको कार्यक्रम थियो । 

गृहमन्त्रीको खुलासा : नेपालमा अरबौँमा हुन्छ सुन तस्करी, नेपाल तस्करको स्वर्ग जस्तो छ (भिडियोसहित)

यहाँ उनले उनले हत्याकाण्डहरु भइरहेको र लागुऔषधको पनि अरबौँको कारोबार भइरहेको बताँउदै तिनीहरुलाई कसरी रोक्ने ? भन्दै प्रतिप्रश्न गरेका थिए ।

तस्करवारे टिप्पणी गर्दै उनले भनेका थिए, ‘नेपाल तस्करहरुको यस्तो स्वर्ग बनेको छ । नेपाल अपराधीहरुको सेल्टर बनेको छ । अरु देशको आन्तरिक सुरक्षामा पनि यसले असर पु¥याइरहेको छ ।’

उनले भने–‘कुनै न कुनै आवरणमा, क्रान्तिको नाममा चन्दा माग्नेहरुले देशको अर्थतन्त्र चौपट पारेका छन् । तिनीहरु पनि दलाल पुँजीपति नै हुन् । लुमप्येङ भनिन्छ, तिनीहरुलाई हाम्रो रानीतिक भाषामा । तिनीहरु डाँका चोर जस्तै हुन । लुट्ने ठग्ने खाने । त्यसकारण त्यो तत्वलाई परास्त गर्नुपर्छ ।’

नेपाल एउटा खतरनाक पोइन्टको रुपमा विकास भइरहेका उल्लेख गरेका थिए । उनले भनेका थिए–‘नेपाल भष्ट्राचार तस्करबाट मुक्त होस, त्यसपछि मात्र ब्यापार ब्यवसाय फस्टाँउछ, विकास र समृद्धी हासिल हुन्छ । यहाँ कोही पनि लगानी गर्न चाँहदैन, लगानी गर्न त सुरक्षा देख्नुपर्यो नि त ? आज बिहान एउटा अष्टेलियाबाट आएको थियो । उसले भन्यो यहाँ लगानीको सुरक्षा नै छैन, कर्मचारी सबै ठाँउमा पैसा बुझाँउनुपर्छ । यस्तो जंजालमा कसरी लगानी गर्ने ।’

यस अघि फागुन १६ गते पनि गृहमन्त्री थापाले कठोर अभिव्यक्ति दिएका थिए । मन्त्रीको पदभार ग्रहण गरेको तेस्रो दिन नेपाल प्रहरी हेड्क्वाटर पुगेका थिए  

गृहमन्त्रीको बयान : केही पश्चिमा शक्ति परिवर्तनप्रति असन्तुष्ट र उत्तेजित, विप्लवमाथि पनि बोले

यहाँ पुगेर उनले भनेका थिए, ‘शान्तिको समस्या अझै हल हुन सकेको छैन, देशभित्र र बाहिरका केही शक्तिले परिवर्तनको विरोध गरेका छन् । केही पश्चिमा शक्ति नेपालको परिवर्तन प्रति असन्तुष्ट र उत्तेजित छन् नयाँ सुरक्षा रणनीति अपनाएर हिंसा चाहने शक्तिसँग मुकाविला गर्न सक्नुपर्छ, नयाँ स्तरबाट सुरक्षा संयन्त्रलाई पुनर्सरचित गर्नुपर्छ ।’ 

व्यापारीलाई आश्वस्त पार्दै गृहमन्त्री, 'कसैले चन्दा मागे मलाई भन्नु'

गृहमन्त्रीले भने : अब बुद्धतन्त्र स्थापना गर्ने हो

अपराधी  र तस्करविरुद्धको अभियानमा सहयोग गर्न  गृहमन्त्रीको आग्रह

देश विकासका लागि भ्रष्टहरुमाथि प्रहार जरुरीः गृहमन्त्री

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप