देश विकासका लागि भ्रष्टहरुमाथि प्रहार जरुरीः गृहमन्त्री
काठमाडौं– गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले देश विकासका लागि भ्रष्टहरुमाथि प्रहार जरुरी भएको बताएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले सञ्चार माध्यमले भ्रष्टाचारीहरुलाई एक्सपोज गर्नुपर्ने बताए । उनले भने, ‘भ्रष्ट र तस्करहरुको सुचना मलाई दिनुस्, गृह मन्त्रालयले तिनीहरुमाथि एक्सन लिन्छ ।’
नेपालको सुरक्षा संयन्त्र अस्तव्यस्त रहेको र उल्लेख गर्दै मन्त्री थापाले पुरै सुरक्षा संयन्त्रको सुधार जरुरी भएको बताए । ‘मुठ्ठीभरले बद्मासी गरिरहेका छन्, सिपाहीहरु सड्कछाप जस्तै ब्यारेक बिहीन छन्’ मन्त्री थापाले भने, ‘यो अवस्थालाई पूरै रिफर्म गर्न जरुरी छ ।’
मुलुकमा ब्याप्त भ्रष्टाचार नियन्त्रणका लागि गृह मन्त्रालयले कानुको सीमामा रहेर काम गर्ने उद्घोष गर्दै उनले ‘हुण्डीबाज’ अहिलेको गृह मन्त्रालयको मुख्य निशाना रहेको बताए ।
गणतन्त्र स्थापना भैसकेपछि पनि देशमा अस्थिरता पैदा गर्ने षड्यन्त्र भैरहेको उल्लेख गर्दै मन्त्री थापाले पूर्ण शान्ति, जनताको जिउधनको सुरक्षा र मुलुकको कु–शासनको अन्त्य आफ्नो कार्यकालको मुख्य लक्ष्य रहेको बताए ।
‘तस्कर र भ्रष्टाचारी शान्ति र विकासका बाधक हुन्’ उनले भने, ‘यहाँ खरबौंको अबैध धन्दा चल्छ, राजस्व नतिर्नेको हातमा अर्थतन्त्र छ, राजस्व नतिर्नेहरुको हातबाट अर्थतन्त्रलाई मुक्त गरेर राष्ट्रवादीको हातमा ल्याउन जरुरी छ ।’
यसैबीच विप्लव माओवादी बारे सोधिएको जिज्ञासामा गृहमन्त्री थापाले देशमा राजावादीहरुले समेत अस्थिरता ल्याउन खोजेको भन्दै विधीको शासन स्थापीत गर्दै त्यस्ता शक्तिहरुसँग ट्याकल गरिने बताए ।
उनले भने, ‘कतिपय राजनितीक मुद्दाहरुपनि छन्, तिनीहरुलाई राजनीतिक रुपमा समाधान गर्नुपर्छ अन्य अस्थिरता ल्याउने तत्वहरुसँग विधिको शासनमा कडाई गरेर नै ट्याकल गर्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण