गृहमन्त्रीको खुलासा : नेपालमा अरबौँमा हुन्छ सुन तस्करी, नेपाल तस्करको स्वर्ग जस्तो छ (भिडियोसहित)
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले देशमा अरबौँमा सुन तस्करी हुने गरेको खुलासा गरेका छन् । आज बिहान नेपाल चेम्बर अफ कर्मसका प्रतिनिधीहरुसँगको कुराकानीमा गृहमन्त्री थापाले खास–खास नाकाबाट सुन र मानवतस्करी हुने गरेको पनि बताए ।
उनले हत्याकाण्डहरु भइरहेको र लागुऔषधको पनि अरबौँको कारोबार भइरहेको बताँउदै तिनीहरुलाई कसरी रोक्ने ? भन्दै प्रतिप्रश्न गरे ।
उनले भने, ‘नेपाल तस्करहरुको यस्तो स्वर्ग बनेको छ । नेपाल अपराधीहरुको सेल्टर बनेको छ । अरु देशको आन्तरिक सुरक्षामा पनि यसले असर पु¥याइरहेको छ ।’
मन्त्री थापाले नोपलको अर्को चुनौती भष्ट्राचारलाई निर्मुल पार्नु रहेको बताए । उनले कैयन ऐनहरु पुराना असान्र्दभिक भएको र कतिपय परिवर्तन गर्नुपर्ने अवस्थामा रहेको बताए ।
अहिले आइरहेका चुनौती हटाँउनका लागि नेपाल चेम्बरको पनि ठुलो भुमिका हुनुपर्नेमा जोड दिँदै ऐन संसोधन गर्नका लागि सहयोग गर्न आग्रह गरे ।
गृहमन्त्री थापाले पुराना ऐन कानुन, चन्दा आतंक र भष्ट्रचार अहिलेको चुनौति भएको बताएका छन् । उनले यी कुरा निर्मुल नगरेसम्म ब्यापार ब्यवसाय सुरक्षित नहुने बताएका हुन् ।
उनले कसैले धम्की दिइरहेको र आतंक मच्चाइरहेको छ भने उनीहरुको नाम दिन आग्रह गरे । व्यवसायीहरुले सूचना दिए कठोरतापूर्वक कारबाही गर्ने उनले स्पष्ट पारे ।
उनले भने–‘कुनै न कुनै आवरणमा, क्रान्तिको नाममा चन्दा माग्नेहरुले देशको अर्थतन्त्र चौपट पारेका छन् । तिनीहरु पनि दलाल पुँजीपति नै हुन् । लुमप्येङ भनिन्छ, तिनीहरुलाई हाम्रो रानीतिक भाषामा । तिनीहरु डाँका चोर जस्तै हुन । लुट्ने ठग्ने खाने । त्यसकारण त्यो तत्वलाई परास्त गर्नुपर्छ ।’
गृहमन्त्रीले भने : अब बुद्धतन्त्र स्थापना गर्ने हो
उनले आर्थिक क्षेत्र मात्र नभई अरु क्षेत्रमा पनि नेपाल एउटा खतरनाक पोइन्टको रुपमा विकास भइरहेका उल्लेख गरे । यो सबैलाई ठिक पार्ने जिम्मेवारी गृह मन्त्रालयको रहेको बताँउदै जनताको स्तरबाट पनि सहयोग गर्न आग्रह गरे ।
उनले भने–‘नेपाल भष्ट्राचार तस्करबाट मुक्त होस, त्यसपछि मात्र ब्यापार ब्यवसाय फस्टाँउछ, विकास र समृद्धी हासिल हुन्छ । यहाँ कोही पनि लगानी गर्न चाँहदैन, लगानी गर्न त सुरक्षा देख्नुपर्यो नि त ? आज बिहान एउटा अष्टेलियाबाट आएको थियो । उसले भन्यो यहाँ लगानीको सुरक्षा नै छैन, कर्मचारी सबै ठाँउमा पैसा बुझाँउनुपर्छ । यस्तो जंजालमा कसरी लगानी गर्ने ।’
उनले ब्यापार क्षेत्रका लागि केही ऐन संसोधन गर्न आवश्यक रहेको बताँउदै भएका ऐन कडाईका साथ लागु गर्न जरुरी रहेको बताए ।
र, उठेको प्रश्न, यति धेरै सूचना पाएपछि अब गृहमन्त्री थापाले कस्तो एक्सन लिन्छन् ? यो चाहिँ भविष्यमा मात्र थाहा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँको यो साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा