आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

विप्लव पार्टी पनि कठोर : ओली र प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी

मङ्गलबार, १३ चैत २०७४, २१ : ५९
मङ्गलबार, १३ चैत २०७४

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

केही दिन अगाडि सरकारले विप्लवका विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको जवाफमा विप्लवको पार्टीेले ओली र प्रचण्ड विरुद्ध पनि पक्रा पुर्जी जारी गर्ने बताएको थियो । 

दुई नेताका नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ । प्रधानमन्त्री केपी ओलीका विरुद्ध जारी गरिएको वारेन्ट पत्र आजै प्रधानमन्त्रीको भक्तपुरस्थित निजी निवास र सुकेधारा स्थित पार्टी कार्यालयमा टाँसिएको सो पार्टीको दावी छ । 

सो पार्टीको रोल्पमा रहेको ‘जनअदालत’ का प्र्रकाशको नामबाट जारी गरि पुर्जीमा १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुन उर्दी जारी गरिएको छ । वारेन्टमा १५ दिनभित्र हाजिर नभएमा जनपरिषद नेपालको नीति नियम अनुसार हुने चेतावनी पनि दिइएको छ । तर, त्यस्तो नियम के छ भन्ने खुलाइएको छैन् । 

दुबै नेताका विरुद्धमा फरक फरक मुद्दा परेको जनअदालतले जनाएको छ । प्रचण्डका विरुद्ध जारी पुर्जीमा क्रान्तिप्रति विश्वासघात गरेकोदेखि राष्ट्रहित विरुद्ध कार्य गरेकोसम्मको आरोप छ । 

विप्लव पार्टीको यस्तो कदले राज्य र सो पार्टीबीच तानव बढ्न सक्छ ।

यस अघि सम्भावित तनाववारे रातोपाटीले यस्तो समाचार लेखेको थियो । 

यसरी सरकार र विप्लव पार्टीबीच तनाव बढ्दैछ

रेणु दाहाललाई विप्लव पार्टीको पत्र: अव राजीनामा देउ

विप्लवलाई प्रधानमन्त्रीको चेतावनी : आतंककारी क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे हुन्छ

विप्लव पार्टीको अर्को विज्ञप्तिः ‘कैलाली घटनामा संलग्नताबारे मौन’

विप्लवका नाममा जारी भयो पक्राउ पुर्जी, अब के हुन्छ ?

विप्लव पक्राउ पुर्जी प्रकरण : गृहमन्त्री बादलका अगाडि दुई विकल्प

गृहमन्त्रीको बयान : केही पश्चिमा शक्ति परिवर्तनप्रति असन्तुष्ट र उत्तेजित, विप्लवमाथि पनि बोले

विप्लवको पार्टीले भन्यो–ओली र प्रचण्डकहाँ पनि पुर्जी टाँसिन्छन्

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप