रेणु दाहाललाई विप्लव पार्टीको पत्र: अव राजीनामा देउ
काठमाडौं-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गठन गरेको जिल्ला जनपरिषद चितवनले सबै जनप्रतिनिधिलाई राजीनामा दिन पत्र पठाएको छ ।
यस्तो पत्र भरतपुर नगरपालिकाकी मेयर रेणु दाहालको नाममा पनि काटिएको छ ।
दाहालसहित जिल्लाका सबै स्थानीय प्रतिनिधिका कार्यालयमा पत्र पठाइएको छ ।
जिल्ला जनपरिषद् प्रमुख नवराज पौडेलले हस्ताक्षर गरेको पत्र शुक्रबार चितवनका सबै स्थानीय तहका जनप्रतिनिधिकहाँ पठाइएको सो पार्टीको दावी छ । 
बागगठबन्धनको सरकार गठनपछि सरकार र विप्लवको पार्टीवीच तनाव बढेको छ ।
एक पुरानो मुद्दामा विप्लवमाथि पक्राउ पुर्जी जारी गरिएको छ ।
विप्लव भूगित भैसकेका छन् ।
यस अघि पनि विप्लवको पार्टीले केही जिल्लामा स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन भन्दै पत्र पठाएको छ ।
घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई पनि विप्लवको पार्टीले राजीनामा नगरे कारवाही गर्ने पत्र पठाएको थियो ।
त्यसको केही दिनमा चौधरीमाथि गोली प्रहार भएको थियो ।
तर, विप्लवको पार्टीले भने यसको जिम्मा लिएको छैन् ।
मेयरमाथि गोली प्रहार : कारवाही गर्ने विप्लव पार्टीको यस्तो थियो विज्ञप्ती
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनाको जितमा विवादित बनेको भीएआर निर्णय, यस्तो बन्यो क्वाटरफाइनल समीकरण (भिडियो)
-
शैक्षिक परामर्श संस्थामा सरकारकाे कडाइ
-
सभामुखबाट छानबिन प्रतिवेदन कार्यान्वयनका लागि संसद् सचिवालयलाई प्राप्त
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण