विप्लव पार्टीको अर्को विज्ञप्तिः ‘कैलाली घटनामा संलग्नताबारे मौन’
काठमाडौं–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोडाघोडी नगरपालिकाका मेयरकाण्डबारे अर्को विज्ञप्ति जारी गरेको छ । मंगलबार साँझ नेपाल कम्युनिष्ट पार्टी कैलाली जिल्ला संगठन समितिको लेटरप्याडमा विज्ञप्ति जारी भएपनि घटनामा संलग्नता वा असंलग्नताबारे केही उल्लेख गरेको छैन ।
जिल्ला इञ्चार्ज महान र सेक्रेटरी अमरको संयुक्त दस्तखतमा जारी विज्ञप्तिमा मध्यरातमा अपहरण शैलीमा गिरफ्तार गरेको र अन्य नेता तथा कार्यकर्ताको घरमा समेत सादा पोशाकको प्रहरी पठाएर घर छाड्न बाध्य बनाएको भन्दै आपत्ति जनाएको छ ।
बोक्सी काण्ड ओझेल पार्न हामीमाथि धरपकड
राष्ट्रियरुपमै बद्नाम कैलालीको बोक्सी काण्डलाई ओझेलमा पार्न आफ्ना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै बिना शर्त रिहाई गर्नसमेत माग गरेको छ । घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको सम्बन्धमा यसअघि ‘जनकारवाही गर्ने’ पार्टीको विज्ञप्तिलाई नै आधार मानी नेकपाका कार्यकर्तालाई पक्राउ गर्नु राजनैतिक पूर्वाग्रह मात्रै भएको विज्ञप्तिमा उल्लेख छ । साथै पक्राउ परेकाहरुलाई तत्काल रिहाई नगरे कडा संघर्ष गर्ने पनि चेतावानी दिएको छ ।
सोमबार सााझ ८ बजे घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको थियो । त्यसलगत्तै सोमबार राती प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेताहरु कमल क्षेत्री, भरत शाह र हृदय बोगटीलाई पक्राउ गरेको थियो ।
हेर्नुहोस् विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार जारी गरेको विज्ञप्ति
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार