व्यवसाय वा रोजगारी गर्दै हुनुहुन्छ भने प्यानको बारेमा यी जानकारी राख्नुस्
प्यान संसारभर कर पहिचान नम्बरका रुपमा परिचित छ । आर्थिक गतिविधिमा संलग्न जो कोही प्यानको दायरामा आउनु पर्छ भन्ने मान्यता छ । प्यान व्यक्तिगत र व्यावसायीक गरी दुई प्रकारका हुन्छन् । जागिर गर्ने, आफ्नो नामको व्यापार गर्ने, सेयर कारोबार गर्ने लगायतमा व्यक्तिगत प्यान प्रयोग हुन्छ । कुनै कम्पनी दर्ता गर्नुपरेमा व्यवसायीक प्यान प्रयोग हुन्छ । व्यक्तिको नामको प्यानबाट पनि व्यवसाय गर्न मिल्छ । त्यो निजी व्यवसाय हुन्छ ।
स्थायी लेखा नम्बर प्रत्येक करदातालाई पहिचान दिन दिइने स्थायी संकेत अंक हो । यो नौ अंकको हुन्छ । यो संकेत एकपटक लिइसकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा अन्य विवरण बदलिएपनि करदाताका लागि सधैँभरी सोही संकेत अंक कायम रहन्छ । यसैले स्थायी लेखा नम्बर भनिएको हो ।
व्यावसायिक प्यान लिन के गर्ने ?
व्यवसाय वा रोजगारी गरेपछि कुनै न कुनै रुपमा सरकारलाई कर बुझाउनै पर्ने हुन्छ । व्यवसाय दर्ता गरिसकेपछि कर कार्यालयबाट स्थायी लेखा नम्बर लिनुपर्दछ ।
प्यान लिन व्यवसाय र संस्था दर्ताको प्रमाणपत्र, संस्था वा व्यवसाय दर्ता गर्दा हस्ताक्षर गर्ने संस्थाको प्रमुख व्यक्तिको दुई प्रति पासपोर्ट साइजको फोटो, एकलौटी फर्मको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपि, यदि एकभन्दा बढी एकलौटी फर्महरू भएमा सबैको दर्ता प्रमाणपत्रका प्रतिलिपिहरू आवश्यक पर्छ । मूख्य कारोबारस्थलको नक्सा, सञ्चालक समितिको निर्णय, कम्पनीको हकमा अख्तियारवालाको फोटो समावेश गर्नुपर्छ ।
पचास लाखमाथिको कर्जामा प्यान अनिवार्य
प्यान किन अनिवार्य ?
प्यान लिनुभयो ? यदि लिनुभएको छैन भने तलब नपाउनुहोला
प्यानको संकेत संख्याबाट प्राकृतिक व्यक्ति वा कम्पनी भनेर छुटिदैन
व्यक्ति वा कम्पनीलाई स्थायी लेखा नम्बरको रुपमा त्यही नौ अंकको संकेत दिएको हुन्छ । यसबाट प्राकृतिक व्यक्ति वा कम्पनी भनेर छुटिदैन ।
प्यान लिएको केही वर्षमै व्यवसाय बन्द भए के गर्ने, पुन व्यवसाय गर्नुपरे के गर्ने ?
व्यवसाय बन्द भएमा वा आय आर्जन नभएमा सोको जानकारी कर कार्यालयमा दिनुपर्छ । कर कार्यालयले एक पेजको फर्म उपलब्ध गराउने छ सो फर्ममा आफ्नो व्यवसाय बन्द भएको जानकारी गराउनु पर्नेछ । तर, स्थायी लेखा नम्बर खारेजी हुँदैन । यदि उक्त व्यक्ति पुनः कारोबारमा संलग्न हुन चाहेमा सोही स्थगित भएको स्थायी लेखा नम्बरबाटै कारोबार गर्न सकिन्छ ।
सेयर बेच्नका लागि लिएको प्यान नम्बरले अरु कारोबार गर्न मिल्छ/मिल्दैन भन्ने प्रश्नहरु पनि सुनिने गरेका छन् । यही प्यान नम्बरको प्रयोग व्यवसायमा गर्न मिल्छ । जस्तै ए भन्ने व्यक्तिले सेयर कारोबारका लागि प्यान नम्बर लिएको छ र उसले त्यही प्यानले निजी आफ्नै नामको व्यवसाय गर्न चाहन्छ भने सो प्यानबाट गर्न मिल्छ ।
व्यक्तिले लिएको प्यान सो व्यक्तिको मृत्युपछि अर्कोले प्रयोग गर्न मिल्छ कि मिल्दैन ?
एउटा व्यक्तिले लिएको प्यान आर्थिक गतिविधि नभएको अवस्थामा स्थगित गर्न मिल्छ र फेरि आर्थिक गतिविधि हुन थाल्यो भने व्युताउन पनि मिल्छ । तर सो व्यक्तिको मृत्युपछि सोही नम्बरको प्यान अर्कोले चलाउन मिल्दैन । त्यो स्वत्तः प्रयोगमा आउँदैन । यस्तै नागरिकता त्यागी देश छोडेको अवस्थामामा पनि प्यान खारेज हुन्छ ।
प्यानको उल्लेख कहाँ कहाँ गर्ने ?
आफुले गर्ने कारोबार, विलबिजक, खातावही, आयविवरण लगायत बैंकिङ कागजात तथा कर सम्बन्धी सम्पूर्ण कागजात (आयकर, मुअकर, भन्सार, अन्तशुल्क समेत) मा प्यान उल्लेख गर्न अनिवार्य हुन्छ ।
व्यक्तिगत प्यानलाई व्यावसायीक प्यानमा कसरी रुपान्तरण गर्ने?
व्यवसाय दर्ता गरिसकेपछि व्यक्तिगत प्यानलाई व्यावसायीक स्थायी लेखानम्बरमा परिवर्तनका लागि व्यवसाय दर्ताको प्रमाणपत्रसहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा निवेदन दिएको अवस्थामा सजिलै रुपान्तरण हुन्छ ।
प्यान नलिइ कारोबार गरे के हुन्छ ?
प्यान नलिइ कारोबार गरे आयकर ऐनको अनिवार्य वयवस्था नमाने बापत एनेको दफा ११९ को क अनुसार ५ हजार देखि ३० हजारसम्म जरिवना हुनसक्छ । साथै आयात निर्यात गर्दा , बैंकिङ कारोबार गर्दा वा सरकारी सार्वजनिक निकायसँग सरोकार पर्ने कार्य गर्न नपाइने हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'