पारदर्शी पहिरनमा देखिइन् प्रियंका चोपडा, भद्दा कमेन्टको वर्षा
बलिउड अभिनेत्री प्रियंका चोपडा आजकाल कुनै न कुनै कारणसहित चर्चामा छाइरहन्छिन् । आफ्नो जन्मदिनको अवसरमा श्रीमान् निक जोनससँग खिचिएका निकै सुन्दर तस्बिर अहिलेसम्म पनि भाइरल भइरहेको छ । यस्तै, पछिल्लो दिनमा चुरोट तानिरहेको तस्बिरका कारण उनी निकै ट्रोल भइन् । यद्यपि, ट्रोल हुने सिलसिला प्रियंका भेकेसनबाट फर्किसकेपछि पनि समाप्त भएको छैन । अब एउटा पारदर्शी पहिरनका कारण प्रियंका चोपडा पुनः चर्चामा छाएकी छिन् ।
यही पहिरनका कारण सोसल मिडियामा उनी निकै ट्रोल भइरहेकी छिन् । ट्रोलरले उनका यी तस्बिरमा निकै भद्दा कमेन्टको वर्षा गरिरहेका छन् ।
प्रियंका आफ्नो कुकुर डायनासँगै निक जोनससँग घुम्न निस्किएकी थिइन् । उनले त्यतिबेला कालो रङको पारदर्शी पहिरन लगाएकी थिइन् । उनको यो पहिरनका कारण उनी सोसल मिडियामा नराम्रोसँग ट्रोल भइन् । प्रियंकाको इन्स्टाग्राम फ्यान पेजमा सेयर गरिएको यी तस्बिरमाथि मानिसहरुले निकै भद्दा कमेन्ट गरेका छन् ।
स्विम सुटसँग पञ्जा लगाएकोमा ट्रोल भइन् प्रियंका चोपडाः भनियो, ‘श्रीमानको चक्करमा फेशन सेन्स पनि बिर्सियौ ?’
एक प्रयोगकर्ताले लेखे, ‘योभन्दा राम्रो त नग्न हिँडेको भए नै हुन्थ्यो ।’
यस्तै अर्का प्रयोगकर्ताले ‘प्रियंकाले सार्वजनिक स्थानमा निकै नाइट ड्रेस लगाएको ?’ भनेर प्रश्नसमेत गरेका छन् ।
यस्तै, एकले ‘प्लाष्टिक सर्जरीको पसल’समेत भन्ने भ्याए । अर्का प्रयोगकर्ताले लेखे, ‘तिमीलाई त्यहाँकै संस्कृती सुहाउँछ, भारत फिर्ता नआउनु ।’
यद्यपि, कतिले प्रियंकाको समर्थन पनि गरेका छन् । एक प्रशंसकले प्रियंकालाई जे मन लागेको छ त्यो उनको रुची हो भनेका छन् । यस्तै अर्का प्रशंसकले लेखे, ‘यस्तो तस्बिर खिच्नु क्यामराको गल्ती हो, प्रियंकाको होइन ।’
आमा र श्रीमानको अगाडि चुरोट पिएका कारण प्रियंका चोपडा ट्रोल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबाट थाकेका हुन् पुटिन ? पहिलो पटक युक्रेनलाई दिए द्विपक्षीय वार्ताको प्रस्ताव
-
आमिर खान पनि घर सर्न थालेका हुन् ?
-
डा. अधिकारीको गीत ‘वाचा गरौँ’मा आकाश र करुणाको अभिनय
-
चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति
-
४० करोड अमेरिकी डलरको तयारी पोसाक निर्यात गर्ने उद्योग कसरी बन्द हुन पुगे ?
-
विश्व पृथ्वी दिवसको अवसरमा वर्ल्डलिंक बौद्ध शाखाद्वारा वृक्षारोपण