आमा र श्रीमानको अगाडि चुरोट पिएका कारण प्रियंका चोपडा ट्रोल

प्रियंका चोपढा एकपटक पुनः ट्रोलर्सको निशानामा परेकी छिन् । प्रियंकाको एउटा फोटो अहिले चर्चाको विषय बनेको छ । यो फोटोमा प्रियंका चुरोट पिइरहेको देख्न सकिन्छ । फोटो भाइरल भएपछि मानिसहरुले उनको दम रोगमाथि ट्रोल गरिरहेका छन् ।
प्रियंका चोपडाको यो फोटो उनको मायामी भ्रमणको हो । फोटोमा प्रियंकासँग उनका श्रीमान् निक जोनस र आमा मधु चोपडा पनि देखिएकी छिन् । फोटोमा निकको हातमा सिगार देखिएको छ भने प्रियंका चोपडा चुरोट पिइरहेको देख्न सकिन्छ । प्रियंका चोपडाकी आमा मधु चोपडाको हातमा पनि सिगार छ ।
प्रियंकाको एउटा फोटोमा एक प्रयोगकर्ताले लेखे, ‘प्रियंका चोपडाले दिवालीमा पटाका बाल्दा प्रदुषण हुने बताएकी थिइन् । उनका अनुसार यसले दम रोग लाग्छ अब प्रियंका चुरोट पिइरहेकी छिन् ।
यस्तै अन्य प्रयोगकर्ताले लेखे, ‘तपाईं दमको औषधी खाइरहनु भएको हो ?’
प्रियंकाको यो फोटो सार्वजनिक भएपछि मानिसहरुले यसलाई उनको दोहोरो चरित्र बताएका छन् ।
विवाहमा पनि ट्रोल भएकी थिइन् प्रियंका चोपडाः
प्रियंका चोपडालाई विवाह पछि पनि ट्रोल गरिएको थियो । प्रियंका चोपडा र निक जोनसको विवाहपछि जोधपुरको उम्मेद भवन प्यालेसमा आतिशबाजी भएको थियो । उक्त आतिशबाजी लगभग तीन मिनेटसम्म चलेको भारतीय मिडिया टाइम्स नाउ न्यूजले बताएको छ । सोसल मिडिया प्रयोगकर्ताले उनी स्थानीयसँग असंवेदनशील भएको आरोप लगाएका थिए ।
सोसल मिडियामा एक प्रयोगकर्ताले लखेका थिए, ‘अब कहाँ गयो सर्वोच्च अदालत । दिवालीमा पटाका नबाल्न आदेश जारी गरेको थियो । अब उनीहरुलाई कसैले किन रोक्दैन । ’
यस्तै, अन्य प्रयोगकर्ताले लेखे, ‘यी सेलिब्रिटीलाई पटाका पड्काउन कसले अनुमती दियो ? अब सर्वोच्च अदालत कहाँ गयो ?
के लेखेकी थिइन् प्रियंकाले ?
प्रियंकाले सेप्टेम्बर १७ सेप्टेम्बर २०१८ मा एउटा ट्वीट गरेकी थिइन्, ‘मलाई राम्रोसँग चिन्नेहरुलाई थाहा छ कि म एक दमको रोगी हुँ । यसमा लुकाउनु पर्ने कुरा नै के छ र ? मलाई थाहा छ कि मैले दमलाई नियन्त्रण गर्नुपर्छ । मसँग जबसम्म इनहेलर छ दमले मलाई रोक्न सक्दैनँ ।’
Photo: Screenshot of Priyanka's tweet
प्रियंका चोपडा अघि माहिरा खान र रणबीर कपुर पनि चुुरोट पिएका कारण ट्रोल भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा