स्विम सुटसँग पञ्जा लगाएकोमा ट्रोल भइन् प्रियंका चोपडाः भनियो, ‘श्रीमानको चक्करमा फेशन सेन्स पनि बिर्सियौ ?’
बलिउड नायिका प्रियंका चोपडा जोनसले हालै श्रीमान् निक जोनाससँग केही तस्बिर इन्स्टाग्राममा सेयर गरिन् । यी फोटोमा उनी श्रीमान् निकसँग निकै रोमान्टिक अन्दाजमा देखिएकी छिन् तर यी तस्बिरमा उनले गुलाबी स्विम सुटसँग गुलाबी पञ्जा लगाइरहेको देख्न सकिन्छ । यो गुलाबी पञ्जाका कारण प्रियंका निकै ट्रोल भइरहेकी छिन् ।
फेसन सेन्सका लागि प्रयोगकर्ताले गरिरहेका छन् ट्रोलः
उनका प्रशंसक यो थाहा पाउन खोजिरहेका छन् कि आखिर स्विमिङको क्रममा उनले किन पञ्जा लगाइरहेकी छिन् । एक प्रयोगकर्ताले उनको फोटोमा कमेन्ट गर्दै सोधेका छन्, ‘पौडी खेल्दा कसले पञ्जा लगाउँछ ?’
यस्तै अर्काले लेखेका छन्, ‘स्विम सुटसँग पञ्जा लगाउनु कहाँको फेसन हो भनेर मलाई कसैले बुझाउन सक्छ ? त्यो पनि नीजि समारोहमा । तपाईं आफ्नो श्रीमानमा यति हराइरहनुभएको छ कि सबैकुरा बिर्सिनुभएको छ ।’
यस्तै एक अन्यले लेखे, ‘पञ्जा लगाउनु फेसनको हिसाबले अति नै भएको छ ।’
मियामीमा मनाइन् प्रियंकाले ३७ औं जन्मदिनः
यो फोटो नायिकाको ३७ औं जन्मदिनको सेलिब्रेसन र मियामीको भेकेसनको हो । तर यी फोटोका लागि नायिकाको मज्जाले ट्रोल भइरहेको छ । सोसल मिडियामा उनका प्रशंसकको नजर उनको गुलाबी पञ्जामा टिकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण