मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

स्विम सुटसँग पञ्जा लगाएकोमा ट्रोल भइन् प्रियंका चोपडाः भनियो, ‘श्रीमानको चक्करमा फेशन सेन्स पनि बिर्सियौ ?’

सोमबार, १३ साउन २०७६, ०८ : ३६
सोमबार, १३ साउन २०७६

बलिउड नायिका प्रियंका चोपडा जोनसले हालै श्रीमान् निक जोनाससँग केही तस्बिर इन्स्टाग्राममा सेयर गरिन् । यी फोटोमा उनी श्रीमान् निकसँग निकै रोमान्टिक अन्दाजमा देखिएकी छिन् तर यी तस्बिरमा उनले गुलाबी स्विम सुटसँग गुलाबी पञ्जा लगाइरहेको देख्न सकिन्छ । यो गुलाबी पञ्जाका कारण प्रियंका निकै ट्रोल भइरहेकी छिन् ।

फेसन सेन्सका लागि प्रयोगकर्ताले गरिरहेका छन् ट्रोलः

उनका प्रशंसक यो थाहा पाउन खोजिरहेका छन् कि आखिर स्विमिङको क्रममा उनले किन पञ्जा लगाइरहेकी छिन् । एक प्रयोगकर्ताले उनको फोटोमा कमेन्ट गर्दै सोधेका छन्, ‘पौडी खेल्दा कसले पञ्जा लगाउँछ ?’

यस्तै अर्काले लेखेका छन्, ‘स्विम सुटसँग पञ्जा लगाउनु कहाँको फेसन हो भनेर मलाई कसैले बुझाउन सक्छ ? त्यो पनि नीजि समारोहमा । तपाईं आफ्नो श्रीमानमा यति हराइरहनुभएको छ कि सबैकुरा बिर्सिनुभएको छ ।’

यस्तै एक अन्यले लेखे, ‘पञ्जा लगाउनु फेसनको हिसाबले अति नै भएको छ ।’

मियामीमा मनाइन् प्रियंकाले ३७ औं जन्मदिनः

यो फोटो नायिकाको ३७ औं जन्मदिनको सेलिब्रेसन र मियामीको भेकेसनको हो । तर यी फोटोका लागि नायिकाको मज्जाले ट्रोल भइरहेको छ । सोसल मिडियामा उनका प्रशंसकको नजर उनको गुलाबी पञ्जामा टिकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप