भोजपुर घटना : सत्ता गठबन्धनको सभास्थलमा बम पड्काउन खोज्ने युवक पक्राउ

भोजपुरमा सत्ता गठबन्धनले आयोजना गरेको सभास्थल नजिकै बम विष्फोट गराउन हिँडेका युवक आफैं घाइते भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैंले बोकेको बम विष्फोट भएर घाइते भएका हुन् ।
भोजपुरको अरुण गाउँपालिका–३ स्थित तिवारी भञ्ज्याङमा गठबन्धनको कार्यक्रम सुरु हुँदै थियो । कार्यक्रममा सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदै थिए । तर, अचानक कार्यक्रम स्थल नजिकै विष्फोट भयो ।
कार्यक्रम स्थलभन्दा करिब डेढ सय मिटर परको होटलमा सुमनले बोकेको बम आफैं पड्किएको भोजपुरका डीएसपी शरत थापा क्षेत्रीले रातोपाटीलाई बताए । डीएसपी क्षेत्री भन्छन्– ‘आरोपीलाई हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’
सुमन भोजपुरको चरम्बीका स्थानीय हुन् । उनले बोकेको ‘आइडी बम’ पड्किँदा उनैको खुट्टामा चोट लागेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुको अनुसार बमको कनेक्सनमा उनको मोबाइलमा गराइएको थियो । ताप्लेजुङको सभा सकेर प्रचण्ड भोजपुरमा सम्बोधन गर्न जाँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चिया प्रमुख निर्यातजन्य बाली हो : मन्त्री अधिकारी
-
सप्तरी कारागारबाट कैदी फरार
-
कमल थापाले आयोजना गरेको विरोध सभामा राजेन्द्र लिङ्देन सहभागी
-
गभर्नर नियुक्ति मापदण्डसम्बन्धी रिट आज पनि हेर्न नभ्याइने
-
माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन
-
लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव