सुदन किराँती भन्छन् – विप्लवलाई प्रयोग गरेर एमालेले बम विस्फोट गरायो
नेकपा माओवादी केन्द्रका प्रस्तावित पोलिटब्यूरो सदस्य सुदन किरातीले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको आरोप लगाएका छन् । भोजपुरको तिवारी भन्ज्याङमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम राखिएको स्थानमा बम विस्फोट भएपछि किरातीले यस्तो बताएका हुन ।
‘हामीले तिवारी भन्ज्याङमा चुनावी सभा राखेका छौं । कार्यक्रम नजिक एक जना भाइले बोकेको बम विस्फोट भयो । विचरा भाइ अहिले घाइते भएपछि प्रहरीले पक्राउ गरिसक्यो’ रातोपाटीसँग कुरा गर्दै किरातीले भने,‘चुनावमा हार्ने भएपछि एमालेले जहिलै यस्तै यस्तै घटना घटाउँछ । त्यस्ता क्रियाकलापको घोर भर्त्सना गर्दछु ।’
अहिले ताप्लेजुङको चुनावीसभा सकेर प्रचण्ड सहितको नेताहरु भोजपुरको तिवारी भन्ज्याङ प्रचण्डसहित गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्न आउने भएका छन् । भोजपुरबाट किराँती गठबन्धनबाट उम्मेदवार भएपछि एमालेका शेरधन राईबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
