प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिक बम विस्फोट
बुधबार, ३० कात्तिक २०७९, १४ : ४९
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो ।
बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयका एसपी नवीनराज राईले जानकारी दिए । बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
बुधबार प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण