भोजपुर घटना : सत्ता गठबन्धनको सभास्थलमा बम पड्काउन खोज्ने युवक पक्राउ
भोजपुरमा सत्ता गठबन्धनले आयोजना गरेको सभास्थल नजिकै बम विष्फोट गराउन हिँडेका युवक आफैं घाइते भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैंले बोकेको बम विष्फोट भएर घाइते भएका हुन् ।
भोजपुरको अरुण गाउँपालिका–३ स्थित तिवारी भञ्ज्याङमा गठबन्धनको कार्यक्रम सुरु हुँदै थियो । कार्यक्रममा सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदै थिए । तर, अचानक कार्यक्रम स्थल नजिकै विष्फोट भयो ।

कार्यक्रम स्थलभन्दा करिब डेढ सय मिटर परको होटलमा सुमनले बोकेको बम आफैं पड्किएको भोजपुरका डीएसपी शरत थापा क्षेत्रीले रातोपाटीलाई बताए । डीएसपी क्षेत्री भन्छन्– ‘आरोपीलाई हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’
सुमन भोजपुरको चरम्बीका स्थानीय हुन् । उनले बोकेको ‘आइडी बम’ पड्किँदा उनैको खुट्टामा चोट लागेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुको अनुसार बमको कनेक्सनमा उनको मोबाइलमा गराइएको थियो । ताप्लेजुङको सभा सकेर प्रचण्ड भोजपुरमा सम्बोधन गर्न जाँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

