आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाबाट माओवादी संसारभर देखियोस् : प्रचण्ड

बुधबार, १६ कात्तिक २०७९, २३ : ०१
बुधबार, १६ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाबाट माओवादी संसारभर देखिनेगरी जनमत बनाउन आग्रह गरेका छन् । गोरखा काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले अरु ठाउँमा माओवादी कति जित्छ टेन्सन नलिइ गोरखाबाट माओवादी संसारभर देखिनेगरी लाग्न निर्देशन दिए । 

‘माओवादीलाई पहिलाको भन्दा अझ ठूलो शक्तिका साथ अझै धेरै मेहनत गरेर जान पर्यो । अब धेरै दिन पनि छैन । १७/१८ दिन मात्रै छ । एउटा रेकर्डसहित हेर्दा माओवादी स्वाट्ट संसारबाट देखियोस् । गोरखाबाट माओवादी संसारभर देखियोस्’ प्रचण्डले भने, ‘अरु ठाउँमा माओवादी कति जित्छ तपाईंहरुले टेन्सन नलिनुस् । मैले टेन्सन लिन्छु । सातै प्रदेश गएँ राम्रो छ । गोरखाबाट संसारलाई माओवादी देखाइदिने संकल्प गर्नुपर्यो ।’

माओवादीले जुनसुकै संकल्प बोकेपनि असम्भवलाई समेत सम्भव तुल्याउने प्रचण्डले दाबी गरे । प्रचण्डले जनतालाई मतदाता शिक्षा दिनेदेखि मत पेटिकाको संरक्षण गर्ने र मतगणना गर्ने सम्म सबै ख्याल गर्न नेता कार्यकर्तालाई निर्देशन दिए । ‘प्रचण्ड गोरखा आउनु अवसर भन्नुभयो । चुनौती पनि हो । प्रचण्ड गोरखा आउनु झमेला छ । अस्ति बाजा बज्छ भन्ने पनि थाहा थिएन । गोरखा जाँदा तलैबाट देखे जनता स्वःस्फूर्त रुपमा आए । त्यसपछि बडो रमाइलो भयो’ प्रचण्डले भने- ‘निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो मैले जवाफ दिए । मलाई सबै थाहा भएन मनोनयन गर्दा २५ जना मात्रै गएको हो भन्ने जवाफ दिए । आज निर्वाचन आयोगले चित्त बुझ्दो भएन भन्ने समाचार आइसकेको छ ।’

निर्वाचन आयोगले बाजा कहाँबाट आएको हो भनेर स्पष्टीकरण सोध्ने गरेको प्रचण्डले बताए । ‘सिडियोलाई सोध्या छ निर्वाचन अधिकृतलाई पनि सोध्या छ, बाजा कहाँबाट आयो भनेर । मैले भन्या पनि होइन गोरखाली जनताले ल्याए’ उनले भने, ‘प्रचण्ड कता जान्छ ? के–के गर्छ ? भनेर माइक्रो स्कोप लगाएर हेर्ने गरिएको छ ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप