गोरखाका माओवादीबाट पीडित कांग्रेस नेतासँग भेटेर संवाद गर्न चाहेको छु : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाका माओवादीबाट पीडित भएका नेपाली कांग्रेसका नेता, कार्यकर्ता र समर्थकलाई भेटेर संवाद गर्न चाहेको बताएका छन् । गोरखा काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले माओवादीबाट पीडित भएका कांग्रेस नेता,कार्यकर्ता र समर्थकलाई भेटाइ दिन आग्रह गरेको बताए ।
‘हिजो गोरखामा सबैभन्दा बढी द्धन्द्ध भएकै हो । मैले गोरखामा गएर भनेको छु । कांग्रेसका नेताहरुसँग कुरा गर्दै गर्दा दुई दिन हिँड्दा पनि माओवादीबाट सबैभन्दा पीडित भएका कांग्रेसका नेता कार्यकर्ता, समर्थकसँग मलाई भेटादिनुस भनेको छु । म उनीहरूसँग कुरा गर्न चाहन्छु’ प्रचण्डले भने, ‘हामीले नीतिगत रुपमा के माओवादी, के कांग्रेस, के नेपाली सेना, के सशस्त्र प्रहरी, के प्रहरी सबैलाई समान रुपले परिपुरण गर्नुपर्छ । उनका परिवारलाई राज्यले हेर्नुपर्छ भन्ने नीति बनाएका छौं ।’
द्वन्द्व पीडित परिवारलाई सम्बोधन गर्न बनाएको विधेयक नयाँ आउने संसदले पारित गर्ने प्रचण्डले बताए । द्वन्द्व पीडित कसैलाई विभेद नगरिकन शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने पक्षमा रहेको बताए । देशमा राष्ट्रिय एकता, सामाजिक एकता र सद्भाव कायम गराउन खोजिएको प्रचण्डको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ मिनेटको अन्तरमा फ्रान्सको दुई गोल, चम्किए एम्बाप्पे र डेम्बेले
-
एम्बाप्पेको सानदार गोल, फ्रान्सलाई १–० को अग्रता
-
खुलेन गोलको खाता, पहिलो हाफमा मोरोक्कोविरुद्ध अग्रता लिन चुक्यो फ्रान्स
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण