हलो साझा चुनाव चिह्न हो, राप्रपा पहिलो पार्टी बन्छ : राजेन्द्र लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिरमा हुने निर्वाचन आवधिक र सामान्य चुनावमात्रै नभएको बताएका छन् । बुधबार राष्ट्रियसभा गृहमा रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याउँदै अध्यक्ष लिङ्देनले आगामी निर्वाचन तीन दशकदेखि सिमित नेताहरूको बन्धकबाट मुक्त गर्ने अवसर पनि भएको बताए ।
रवीन्द्र मिश्र राप्रपामा जोड्न सक्नु आफ्ना लागिमात्रै नभएर सर्वधर्म र संघीयता खारेजी पक्षधरका लागि खुसीको दिन भएको भन्दै उनले राप्रपा आगामी निर्वाचनमा ठुलो पार्टी मात्रै नभएर पहिलो पार्टी बन्न सक्ने बताए । ‘राप्रपा आउँदो निर्वाचनमा पहिलो पार्टी बन्न सक्छ’, लिङ्देनले भने, ‘नयाँ शिलशिलाको प्रारम्भ भएको छ । राप्रपा नविन राप्रपाका रुपमा जनतामा लैजाने अठोटमा थप गति प्राप्त गर्नेछ । राप्रपा अघि बढ्यो, यसको गति कसैले रोक्न सक्दैन ।’
उनले आफूहरूले पदको राजनीति नगरेको भन्दै गणतन्त्रका नाममा लुटतन्त्र चलेकाले त्यसको विकल्प खोज्ने मतदाताका लागि राप्रपा आशाको केन्द्र बनेको दाबी गरे । उनले काठमाडौ र धरानले मतदाता परिवर्तनको पक्षमा रहेको देखाएको भन्दै बाकस खोल्दा ठूला दलले बल्ल थाहा पाएको बताए । उनले कांग्रेस माओवादीमा रहेका नेताहरू नसुध्रने भन्दै ती पार्टीका कार्यकर्ताहरूलाई त्यही पार्टीमा बसेर पनि राप्रपामा मत हाल्ने छुट भएको र गरिखाने वर्गका लागि हलो साझा चुनाव चिह्न भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


