शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकतामा राजनीतिक रंग दिने कोशिस भयो : कांग्रेस

मङ्गलबार, ११ असोज २०७९, २२ : ५९
मङ्गलबार, ११ असोज २०७९

नेपाली कांग्रेसले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर निर्वाचनको मुखमा राजनीतिक रंग दिने प्रयास गरेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेश विज्ञप्तिमा नागरिकताको विषय केपी ओली नेतृत्वको सरकारकै पालमा अध्यादेशमार्फत अघि बढेको भन्दै त्यसबेला अदालतले संसदबाटै टुंगो लगाउनुपर्छ भनेकाले संसदमा लगिएको बताए ।

‘हाम्रो सरकार आएपछि संसदबाट पारित गरेर २ पटकसम्म राष्ट्रपतिसमक्ष नागरिकता विधेयक पु¥याउने काम भयो । तर राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लंघन भएको हाम्रो निष्कर्ष छ’, विज्ञप्तिमा भनिएको छ ।

उनले संविधानको व्यवस्थाअनुसार उमेर पुगेपछि नागरिकले नागरिकता पाउनु मौलिक हक भएको भन्दै नागरिकताको विषयलाई निर्वाचनको मुखमा राजनीतिक रंग दिने कोशिस भएको बताए । ‘भ्रमको खेती गर्ने कोशिस भएको छ यो दुर्भाग्यपूर्ण हो’, प्रवक्ता महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लोकप्रियले  चुनाव लड्ने
कांग्रेसले पार्टीमा लोकप्रिय रहेको नेताले चुनाव लड्ने बताएको छ । जो लोकप्रिय हुनुहुन्छ, जनताको प्रिय हुनुहुन्छ उहाँहरू नै चुनाव लड्नु हुन्छ’, कांग्रेसले भनेको छ ‘महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा चुनावी घोषणापत्र लेख्ने काम भइरहेको छ । लोकतान्त्रिक मूल्य र मान्यताको जगमा बीपीको सिद्धान्तलाई अंगीकृत गर्दै सबै क्षेत्रलाई समेटेर घोषणापत्र ल्याउन हामी कटिबद्ध छौँ ।’

कांग्रेसले निर्वाचन आयोगले मन्त्री र प्रधानमन्त्रीलाई निर्वाचन प्रचार प्रसारमा आचारसंहितामार्फत रोक लगाउने भनेर गरेको निर्णय जायज नभएको बताएको छ । ‘आयोगले आचारसंहिताको कुरा गरेको छ । सरकारमा भएकै कारण प्रचार अभियानमा मन्त्री र प्रधानमन्त्रीलाई रोक लगाउने कुरामा हामीले आयोगलाई गम्भीर ध्यानाकर्षण गराएका छौँ’, कांग्रेसले भनेको छ ।  

​त्यस्तै मंसिरको निर्वाचनमा  सम्पुर्ण कांग्रेसजन एक भएर कांग्रेसको नेतृत्वको गठबन्धनलाई जिताउन आवश्यक रहेको महतले बताएका छन् । ‘सबैका आकांक्षाहरू पुरा नहुन सक्छन् । तर मलाई विश्वास छ कांग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु हुनेछ । यसो भयो भने कांग्रेसको नेतृत्वमा फेरि सरकार बन्छ । यो नै लोकतान्त्रिक पद्दति हुनेछ’, कांग्रेसले विज्ञप्तिमा भनेको छ ।  

पक्ष विपक्ष हेरिएको छैन
कांग्रेसले समानुपातिक तर्फको बन्द सुची बनाउँदा पक्ष विपक्ष नहेरेको दावी गरेको छ । साथै उम्मेदवार छनोट गर्दा पदाधिकारी, पूर्व पदाधिकारी संसदीय बोर्ड, प्रदेशका सभापति, आमन्त्रित सदस्यहरू र सातै प्रदेशका नेताहरू सामेल भएर गरिएको कांग्रेसको भनाइ छ ।

‘एउटा पक्षलाई पक्षपोषण गर्ने अर्कोलाई नगर्ने केही पनि भएको छैन । छलफल नै नभएको होइन, पार्टीका सबै तहका नेतृत्व गरिरहेका साथीहरूलाई भन्न चाहन्छु–भ्रममा नपर्नुस्’, प्रवक्ता महतले भने, ‘यस्तो गर्छु, उस्तो गर्छु भन्ने अभिव्यक्ती आएको छ, केके न भएको भएको जस्तो गरेर बाहिर केही साथीहरू बोलिरहनु भएको छ ।’ उनले समानुपातिक उम्मेदवारका सवालमा जथाभावी अभिव्यक्ति दिनेहरूलाई पार्टीले मुल्यांकन गरिरहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप