शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आजभोलि नै सिट बाँडफाँटमा सहमति हुन्छ : डा.महत

मङ्गलबार, ११ असोज २०७९, १६ : ०२
मङ्गलबार, ११ असोज २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले सत्ता गठबन्धनमा सिट बाँडफाँट आज भोलिभित्रै टुंगिने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. महतले भने, ‘आज भोलिभित्रै पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँडको सहमति हुनेछ । त्यसका लागि छलफल चलिरहेको छ ।’ 

उनले पार्टीभित्रका लोकप्रिय व्यक्तिलाई टिकट दिइने पनि बताए । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लंघन भएको भन्दै नागरिकता दिन थालियो भनेर भ्रम सिर्जना गरिएकाले भ्रममा नपर्न डा. महतको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप