शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस संस्थापनको प्रष्टोक्ति : समानुपातिकमा एकलौटी गरियो भन्नेमा सत्यता छैन

मङ्गलबार, ११ असोज २०७९, १५ : ५०
मङ्गलबार, ११ असोज २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले  समानुपातिक उम्मेदवारको सूचीमा एकलौटी गरिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । मंगलबार केन्द्रीय पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले निर्वाचन आयोगले दिएको समय सीमाभित्र समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएको त्रुटि सच्याइने बताएका हुन् । 

उनले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणा पत्र तयारी समितिले समयमै  घोषणापत्र तयार गर्ने पनि बताए । 'सबै एकताका साथ निर्वाचनमा होमिनु पर्छ । ठूलो पार्टी सबैका आकांक्षा पुरा नहुन सक्छन् । समानुपातिकमा एकलौटी गरियो भन्नेमा कुनै सत्यता छैन । सहमतिमा बन्दसूची पेस गरिएको छ । पार्टीका सबै शीर्ष नेताबीच छलफल भएर नै टुंग्याइएको हो,' उनले भने, 'हामी यस्तो गर्छु, उस्तो गर्छु भन्नु वाञ्छनीय होइन । यो पक्ष र उ पक्ष भनेर कुनै पक्षपात भएको छैन ।'

उनले समानान्तर उम्मेदवारी दिनु पार्टीको अनुशासनभित्रको कुरा नभएको बताए । बहुमतबाट नभएर सर्वसम्मत निर्णय भएको भन्दै उनले अनुशासन उल्लंघन गरिए पार्टीले त्यसलाई नजिकबाट हेर्ने पनि बताए । यस्तै उनले आजभोलि नै पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लाग्ने पनि बताए । 'त्यसका लागि छलफल चलिरहेको छ । पार्टीभित्रका लोकप्रिय व्यक्तिलाई टिकट दिइने छ,' उनले भने ।

यस्तै कांग्रेसले राष्ट्रपतिबाट नागरिक विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लंघन भएको बताएको छ । तर नागरिकता को-कोलाई दिन थालियो भनेर अहिले नै भ्रम सिर्जना गरिएको उनले बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप